पुनःनिर्माणमा राम्रो प्रगति

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २९ गते । भूकम्पपछिको पुनःनिर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण नेतृत्वविहीन भएको करिब दुई महिना हुँदै छ । प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुँदा नीतिगत निर्णयमा समस्या परेको गुनासो बढिरहे पनि पुनःनिर्माणमा भने राम्रो प्रगति भइरहेको दावी सरकारको छ ।
प्रधानमन्त्री कार्यालयले सोमबार सार्वजनिक गरेका सरकारका पाँच महिने उपलब्धिको गत फागुनयता भूकम्पपछिको पुनःनिर्माणमा ठोस उपलब्धि भएको दावी गरेको हो ।
सरकारले फागुनयता थप ३९ हजार ७८१ जना लाभग्राहीसँग अनुदान सम्झौता भएको र थप ३४ हजार सात परिवारलाई पहिलो किस्ता रकम उपलब्ध गराइएको उल्लेख गरेको छ ।
त्यस्तै, यसै अवधिमा दुई लाख ५६ हजार ३९९ जना थप लाभाग्राहीलाई दोस्रो किस्ता र एक लाख ७१ हजार ७७४ जना लाभग्राहीलाई तेस्रो किस्ता वितरण गरिनुलाई सरकारको उपलब्धि मानेको छ ।
सरकारले भूकम्पपछि जोखिमयुक्त बस्तीमा रहेका एक हजार १८० परिवारलाई अनुदानमार्फत सुरक्षित स्थानमा जग्गा खरिद गराइएको पनि उपलब्धिको सूचीमा समावेश गरेको छ । वर्तमान सरकार आउनुअघि २०६ परिवारलाई मात्रै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । NRA.jpg
त्यस्तै, ११६ सम्पदा र साढे तीन हजार विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भइसकेको बताएको छ । त्यस्तै भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक वसन्तपुर दरबार गद्दी बैठक पुनःनिर्माण सकिएको छ ।
भूकम्पबाट क्षति भएका नेपाली सेनाका ९० वटा ब्यारेकहरू मध्ये वर्तमान सरकार आएपछि ४५ वटाको निर्माण भएको जानकारी दिइएको छ । यसअघि ४५ वटाको निर्माण सम्पन्न भइसकेको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना