लसुनले मूल्य पाएन

सुरेन्द्र खत्री

रुकुम (पश्चिम), साउन ३० गते । मुसिकोट नगरपालिका–१० चौखावाङका किसानले उत्पादन गरेको लसुनले उचित मूल्य नपाउँदा किसानरू मर्कामा परेका छन् । करिब तीन सय क्विन्टल लसुनले बजार नपाएपछि कुहिएर बिग्रिन थालेको बताइएको छ ।
लसुन बिक्री नभएर बिग्रिने अवस्थामा पुग्दा पनि घरमै थन्किनुपरेको किसानहरूले बताएका छन् । अघिल्ला वर्षमा प्रतिकिलो १२० रुपियाँसम्म मूल्य पाएका किसानले यो वर्ष ८० रुपियाँभन्दा बढी नपाउने भएपछि लसुन बिक्री नै नगरेका हुन् । बजारसम्म पु¥याउन सडकको समस्या भएको बोरामा राखेर ल्याउँदा झन् बढी खर्चिलो हुने वडा सदस्य वसन्त खड्काले बताउनुभयो । यहाँका कृषक खम्बुबहादुर खड्का र झुपलाल खड्कासँंग मात्र सय क्विन्टल लसुन रहेको बताइएको छ । लसुनले उचित बजार मूल्य नपाउने भएपछि बिक्री नगरेको झुपलालले बताउनुभयो । अहिलेको बजार भाउमा बिक्री गर्दा खर्चसमेत नउठ्ने उहाँको भनाइ छ । आफूहरूले उत्पादन गरेको लसुन बिक्रीका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । दस नम्बर वडाका करिब ४० घरधुरीले उत्पादन गरेको लसुन बिक्री हुन नसकेको र अझै केही दिनसम्म पनि बिक्री नभएमा काम नलाग्ने अवस्थामा पुग्ने बताइएको छ । lasun
आफ्नो वडामा करिब ३० लाख बराबर मूल्यको लसुन बिक्री हुन नसकेको वडा सदस्य खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिघर दुई क्विन्टलदेखि ५० क्विन्टलसम्म लसुनले बजार नपाएर थन्किएको छ । सडक समस्याले बजारसम्म पु¥याउन नसक्दा मूल्य पनि नपाएको हो, उहाँले भन्नुभयो, बजारसम्म पु¥याउने हो भने व्यापारीहरू सम्पर्कमा हुनुहुन्छ, हामीहरू समाधानका लागि सोचिरहेका छौँ । चाँडै नै नगरपालिकाको जेसीबी लिएर सडक सफा गर्ने र गाउँदेखि गाडीबाट ढुवानी गर्ने व्यवस्था मिलाउने उहाँको भनाइ छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना