गोसाँईकुण्ड बिशेष मेला तयारी , यसवर्ष उल्लेख्य भक्तजन आउने

हेमनाथ खतिवडा

रसुवा, भदौ १ गते । एकपटक पुग्नै पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा परिचित रसुवाको गोसाँईकुण्डमा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) का दिन मेलाको तयारी थालिएको छ । यस वर्ष जनैपूर्णिमा भदौ १० गते पर्दछ ।  वर्षेनी जनैपूर्णिमा र दशहरा अवसरमा धार्मिक तथा पवित्र तीर्थस्थल गोसाईकुण्डमा लाग्ने मेलाको व्यवस्थापनका लागि तयारी सुरु भएको छ । हरेक वर्ष पुत्रदा एकादशीदेखि साउन शुक्लपूर्णिमा अर्थात् जनै पूर्णिमाका दिनसम्म लाग्ने गोसाईकुण्ड मेलाको व्यवस्थापनका लागि यस वर्ष पनि तयारी सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी मेला व्यवस्थापनका लागि नौ वटा उपसमिति गठन गरी आवश्यक तयारी पुरा सुरु गरिएको गोसाईकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष संजीव डिएमले बताउनुभयो । गोसाईकुण्ड मेलामा टाढाबाट आउने भक्तजनलाई यात्रासहज बनाउन खानेपानी तथा सरसफाई, स्वास्थ्य , प्रचारप्रसार , वातावरण , स्वयम् सेवक , आर्थिक व्यवस्थापन, अनुगमन , यातायात व्यवस्थापन , र दररेट निर्धारण उपसमिति गठन गरिएको छ । उहँले यस वर्ष १५ हजार भक्तजन आउने अनुमान गरिएको बताउनुभयो । gosaikunda

उपसमितिले कार्ययोजना बनाई गोसाईकुण्ड क्षेत्र विकास समितिमा पेस गर्ने र त्यस लगत्तै सबै टोली परिचालन गरिने अध्यक्ष डिएमले जानकारी दिनुभयो । सबै समितिलाई मेला अवधिभर गर्ने कार्ययोजना बनाई पेश गर्न भनेका छौँ, उहाँहरूले मेला अवधिभर गर्ने कार्ययोजना हामीलाई बुझाएसँगै सबै टोली परिचालन हुनेछ । यसवर्ष भदौ १० गतेसम्म गोसाईकुण्डमा मेला लाग्दैछ । त्यस्तै विगतको वर्ष जस्तै यस वर्ष पनि तीर्थालुलाई सहज यात्रा गर्न सकिने गरी गोसाईकुण्ड जाने गोरेटो तथा घोरेटो बाटो मर्मत भएको पनि उहाँले बताउनुभयो ।

मेलाको तयारी भैरहेको जानकारी दिंदै सडक वरीपरी निर्माण सामग्री तथा अन्य सामान राखेको हटाउन सुचना गरिसकेको र राम्चे मुलखर्क लगायतका ठाउँमा सडक अवरुद्ध हुन सक्ने भएकोले स्क्याभेटर र डोजरहरु तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो । पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानवबीच लडार्इंमा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त गर्न हिमालयखण्डको काखमा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पति भई त्रिशूल धाराको पानीबाट जम्मा भएर गोसाईकुण्ड बनेको भन्ने जनविश्वास छ । कुण्डमा स्नान गरी गोसाई बाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृले मोक्षमिल्नुका साथै आफूले चित्ताएको सबै मनोकांक्षाहरू पुरा हुने जनविश्वासका साथ वर्षेनी हजारौ भक्तजनहरू कण्ुडमा स्नान गर्न आउने गर्दछन् ।

काठमाडौँको बालाजुबाट नुवाकोटको बिदुरहुँदै रसुवाको सदरमुकाम धुन्चे (१सय १८ किमी टाढा ) पुग्न सकिन्छ । धुन्चेबाट बिस्तारै यात्रा गर्दा डेढदेखि २ दिनको पैदलयात्रा गरी चन्दनबारी , चौलाङपाटी, लौरिविनायकका रमणीय दृष्यावलोकन गर्दै गोसाईकुण्ड पुग्न सकिन्छ । रसुवाको हिमाली क्षेत्रमा १०८ कुण्ड रहेको विश्वास गरिएको छ । समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको गोसाईकुण्ड २०६३ सालमा विश्व सम्पदा सूचि तथा सिमसार क्षेत्रमा सूचिकृत गोसाँइकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित क्षेत्र र अत्यन्त आकर्षक र मनमोहक स्थान पनि मानिन्छ । एकादशीदेखि पूर्णिमासम्म यहाँ नुहाउनेहरूको भीड् लागेको थियो । जैविक विविधताको धनी यस क्षेत्रमा वर्षेनी हजारौं विदेशी तथा स्वदेशी पर्यटक आउँने गर्दछन् ।
समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मीटरको उचाईमा रहेको गोसाइँकुण्डको लम्बाई ६ सय मीटर छ भने चौडाई ३ सय ७० मीटर छ र १८ दशमलव ३ मीटर गहिरो छ । भगवान् श्री शंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएकोले वर्षेनी हजारौँ भक्तजनहरूको आगमन हुने गरेको छ । कुण्डमा हरेकवर्ष गंगादशहरा र जनैपूर्णिमा गरी दुई पटक मेला लाग्ने गर्दछ ।
यसवर्ष १० हजार बढि यात्री आउने अनुमान रहेको गोसाँईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिव डिएमले बताउँनुभयो । धार्मिक पर्यटकीय क्षेत्र गोसाईकुण्डमा आजभोलि मेलाको समय भन्दा अन्य समयमा आउने नेपाली पर्यटक आउने क्रम बढेको पर्यटन व्यवसायीहरू बताउछन् । यात्रीहरूको सुविधाका लागि कुण्ड मार्गमा २ दर्जन जति स्थायी घरहरूमा पर्यटक लक्षित होटल तथा लज रहेका छन् भने मेलाका लागि सयबढि थर्पू (अस्थायी टहर) हरू रहेका थिए ।
लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित कुण्ड अत्यन्तै आर्कषक छ । धार्मिक आस्था हिमाली प्राकृतिक सौन्दर्यका दृश्यहरू यहाँ निकै पाईन्छ । पैदल यात्राका सौखिन धर्ममा आस्था राख्नेहरू आन्तरिक तथा बाहिरी पर्यटकको संख्या बर्षेनी आउने गर्दछन् । यस क्षेत्रको अझ विकास गर्न सरकारले उच्च प्राथमिकतामा पार्न आवश्यक रहेको स्थानीय बुद्धिजिवीहरू बताउनुहुन्छ । प्राकृतिक सुन्दरतामा रमाउने र धार्मिक आस्था राख्नेहरूका लागि प्रकृतिको अनुपम देन नै मान्नु पर्छ ऐतिहाँसिक धार्मिक एबं पर्यटकिय गन्तब्य गोसाँईकुण्डलाई । घट्टेखोला,देउराली,चन्दनवारी स्थित सिङ्गोम्पाको बुद्धको बिशाल मूर्ति, दिम्सा,चोलाङपाटी, लौरीबिनायक, जस्ता मनोरम दृश्यहरू देखिने स्थानहरू यस मार्गमा पर्दछन् ।
भगवान् श्री शंकरको वासस्थानको रुपमा रहेको हिमालयको काखमा रहेको गोसाँईकुण्ड स्नान गर्नाले जीवनभरको पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने जनविश्वास रहेकोले वर्षेनी भक्तजनहरूको आउने गरेका छन् । सदरमुकाम धुन्चेसम्मको बसको यात्रा पछि २ दिनको पैदल यात्राबाट पुग्न सकिने गोसाँईकुण्ड समुन्द«मन्थनबाट उत्पन्न भएको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान शिवले कालकुट नामक विष पिएर पृथ्वीको नास हुनबाट बचाएको पौराणिक मान्यता छ । कालकुट नामक विष पिएर भगवान शिवले विषको डाह सान्त गर्न त्रिशूल प्रहार गरी सो स्थानमा जलधारा (गंगाजल) उत्पन्न गराई त्याहाबाट आएको पानीले प्यास मेटाएको पौराणिक मान्यता छ ।
त्रिशूल प्रहारबाट उत्पत्ती भएको हुनाले त्रिशूल धाराको नामले परिचित छ त्यही सोही पानी जमेर गोसाँईकुण्ड बनेको हो यस्ता पौराणिक धार्मिक ग्रन्थहरूमा समेत उल्लेखित रहेको कालिका गाउँपालिका ३ का पुरोहित बासुदेब ढकाल बताउनुहुन्छ । भैरब , सरस्वती , सुर्य , रक्त, आमालगायत १०८कुण्ड रहेको रसुवाको गोसाँईकुण्ड त्रिशूली हिमनदीको उद्गम् बिन्दुका पनि हो । जनैपुर्णिमाका दिन सबै देवी देवताहरूको सो कुण्डमा जमघट हुने हुनाले यहाँ पुजाआजा स्नान गरी आनन्द प्राप्त तथा पुन्य मिल्ने तीर्थयात्रीहरू बताउनुहुन्छ । नेपालका चार धाम मध्ये एक धामको रुपमा परिचित गोसाँईकुण्डमा रहेक बर्ष दशहरामा र साउन शुक्ल पुर्णिमा (जनैपुर्णिमा) का दिन भदै १० गते विशेष मेला लाग्दछ ।
मेला सुरु हुनु केही दिन पहिले कुण्ड अगाडिको शिव मन्दिर परिसरमा ध्वजापतकाले सिंर्गादछन् । जनैपूर्णिमाको ४ र ५ दिन अगाडी स्थानीय तथा टाढादेखि आएका तमाङ तथा ह्योल्मोहरू आ–आफ्ना परम्परागत आर्कशक भेषभूषामा सजिएर आउने गर्दछन् । गाउँगाँउबाट समुहगत रुपमा गाउँगाउँबाट आएर लामाझाँक्रीहरूसँग कुण्ड अगाडीको शिव मन्दिर परिसरमा तामाङ तथा तिब्बेतियन तथा सांस्कृतिक गीन नेत्य गरी ध्वजापतकाले सिंगार्ने गर्दछन् । मेलामा वैकल्पिक र्मागको रूपमा राजधानीबाट सुन्दरीजलको र शिन्धुपाल्चोक र यार्साको लेकहुँदै तीर्थयात्रीहरू हजारौंको सख्यामा गोसाईकुण्ड आउने गर्दछन् । बृद्धबृद्धाहरू र कतिपय हिड्न नसक्नेहरू घोडामा सयर गरेर यात्रा पुरा गर्ने गर्दछन् ।
त्यसैगरी धार्मिक मान्यता मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि सो ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकहरू देउराली, ढिम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीविनायक बुद्ध मन्दिरलगायतका स्थानहरूको मनोरम प्राकृतिक दृश्यावलोकन गरी रमाउँदै ऐतिहाँसिक, साँस्कृतिक, धार्मिक तथा जैविक विविधता संरक्षणको गन्तव्यका रूपमा परिचित गोसाइँकुण्ड पुग्दछन् । यस पदमागमा प्रजातिका फूलहरू, लोपोन्मुख वन्यजन्तु, वनस्पत्ति, चराहरू रमणीय दृष्यहरु देखिन्छ । वैकल्पिक र्मागको रूपमा राजधानीबाट सुन्दरीजलको बाटो भएर पनि तीर्थयात्रीहरू गोसाइँकुण्ड पुग्दछन् । मेलाको समयमा हुने फोहोरको उचित व्यवस्थापन गरी प्राकृतिक सुन्दरता र जौविक विविधता बचाई राख्न सरसफाइमा ध्यान दिनुपर्ने स्थानीय बुद्धिजिवीहरू बताउनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना