प्रदेश ५ को जिल्लामा नेकपाको सर्वसम्मत नेतृत्व


दाङ समाचारदाता

दाङ, भदौ २ गते ।  नेपाल कम्युनिस्ट पार्टीले दाङसहित प्रदेश पाँचका सम्पूर्ण जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका लागि गठित कार्यदलले सर्वसम्मत रूपमा नेतृत्वको टुङ्गो लगाएको हो । कार्यदलले पूर्वएमाले र माओवादी केन्द्रका बीचमा जिल्ला भागवण्डा गरेर नेतृत्व टुङ्गो लगाएको हो ।
प्रदेशका सात जिल्लामा पूर्व  एमाले र पाँच जिल्लामा पूर्व माओवादी केन्द्रले नेतृत्व लिने गरी सहमति कायम गरेको कार्यदलले जनाएको छ । कार्यदलले जिल्ला नेतृत्वको सर्वसम्मत टुङ्गो लगाएर केन्द्रीय कमिटिलाई सिफारिस गरिसकेको नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार पूर्व एमालेले दाङ, प्यूठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा जिल्लाको नेतृत्व गर्नेभएको छ, भने पूर्वमाओवादी केन्द्रले बर्दिया, बाँके, पूर्वी रुकुम, रोल्पा र नवलपरासीको नेतृत्व गर्नेभएको छ । pradesh-5
नेतृत्व पूर्वएमालेले पाएका जिल्लामा सचिव माओवादी  केन्द्रले र माओवादी केन्द्रले नेतृत्व पाएका जिल्लामा सचिवको नेतृत्व एमालेतर्फका नेताले गर्ने सहमति भएको छ ।
केन्द्रीय सदस्य चौधरीका अनुसार दाङमा शिव आचार्य, प्यूठानमा तुलसीराम शर्मा, कपिलवस्तुमा छविलाल पोख्रेल, अर्घाखाँचीमा पीताम्बर आचार्य, रूपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बाला काउत्छा, पाल्पामा राधाकृष्ण कँडेलले नेतृत्व गर्नुहुनेछ । यी सबै पूर्वएमालेका नेता हुनुहुन्छ ।
त्यस्तै बर्दियामा भुवन थारू, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ, रोल्पामा सुरेन्द्र घर्ती र नवलपरासीमा घनश्याम यादवले नेतृत्व गर्दैहुनुहुन्छ । यी नेता भने पूर्वमाओवादी केन्द्रका हुनुहुन्छ । त्यसैगरी कार्यदलले प्रदेश ५ कमिटीको अध्यक्षमा दुईजना नेताको नाम सिफारिस गरेको छ । कार्यदलले पूर्व एमालेका नेता दलबहादुर राना मगर र माओवादी केन्द्रका नेता गणेशमान पुनमगरको नाम सिफारिस गरेको छ ।
प्रदेश अध्यक्षमा सिफारिस भएका दलबहादुर रानामगर पाल्पा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा तत्कालीन एमालेका प्रदेश ५ सहसंयोजक हुनुहुन्छ । त्यस्तै गणेशमान पुन तत्कालीन माओवादी जनमुक्ति सेनाका डिभिजन कमान्डर तथा पूर्वमन्त्री हुनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना