अफगानिस्तानमा २२ लडाकू मारिए

कलात, अफगानिस्तान, भदौ २ गते । अफगानिस्तानको जाबुल प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा २२ लडाकू मारिएका छन् ।

अफगान हवाई बलले शुक्रबार गरेको कारबाहीमा उनीहरु मारिएका स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् ।

“तालिबान लडाकू भेला भएर बसेका थाहा पाएपछि सुरक्षा फौजले शुक्रबार दिउँसो सो हवाई कारबाही सुरु गरेका थिए,” प्रान्तीय प्रहरी प्रमुख मोहम्मद मुस्ताफा मायरले भन्नुभयो ।

मारिएका तालिबान लडाकूमा स्थानीय कमाण्डर मुल्लाह ताटिफ, असाडुल्लाह, असिर र बार्याली पनि रहेको उहाँले बताउनुभयो ।

आक्रमणका क्रममा लडाकूले प्रयोग गर्ने गरेको ११ ओटा मोटरसाइकल पनि नष्ट भएको प्रहरी प्रमुख मायरले जानकारी दिनुभयो । रासस/सिन्ह्वा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना