संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन

kofi

गोरखापत्र अनलाइन-
काठमाडौँ, भदौ २ गते । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो ।

सामान्य बिरामकै क्रममा उहाँको शनिबार निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नानको निधन भएको जनाएको छ ।

उहाँ संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन हुनुहुन्छ । । उहाँले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व गर्नुभएको थियो।

उहाँले  सिरियाको शान्ति स्थापनाका लागि राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना