आत्मीय सम्पर्क माध्यम बिमस्टेक

ram p gautamरामप्रसाद गौतम

 


मल्टी सेक्टर टेक्नोलोजी (बहुक्षेत्रीय प्रविधि) र आर्थिक सहयोगका लागि बङ्गालको पहल बिमस्टेक एक महŒवपूर्ण अन्तर्राष्ट्रिय सङ्गठन हो । यसको सुरुवात ६ जुन १९९७ मा भएको हो । यो सङ्गठन बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्यान्डले सुरुमा स्थापना गरेका हु्न् ।
त्यसै वर्ष २२ डिसेम्बरमा म्यानमार थपियो । सन् २००४ मा भएको पहिलो शिखर सम्मेलनमा नेपाल र भुटान संलग्न भई यसको कुल सदस्य सङ्ख्या सात पुगेको छ । यसको प्रधान कार्यालय २०१४ मा बङ्गलादेशको ढाकामा बनाइएको छ । हाल बिमेस्टेकको सेक्रेटरी जनरलको नाम सहिदुल इस्लाम हो । विश्वको प्रभावी इकोनोमिक जोन (आर्थिक क्षेत्र) बन्नका लागि बिमस्टेकले अझै लामो सङ्क्रमण तय गर्न बाँकी छ । त्यसका लागि म्यानमार बङ्गलादेश, भुटान, भारत र नेपालबीचको सिधा सडक कनेक्टिभिटी (सम्पर्क) र श्रीलङ्का थाइल्यान्डबीच सामुद्रिक चक्रपथको निर्माण गरी एक स्वतन्त्र व्यापार क्षेत्रको निर्माण गर्नु पनि हो । यसरी सडक बनाउँदा व्यापारका लागि द्विपक्षीय सीमा व्यवस्थापन र पर्यटनका लागि इच्छाअनुसारका देशको सीमा प्रयोग गर्ने र थोरै भए पनि भिसा शुल्क तोकेर सडक तथा जलमार्गबाट थोरै समय र खर्चमा सात देशका प्रमुख स्थान घुम्ने व्यवस्था गरिनुपर्दछ ।
बिमस्टेकका सात देशमध्ये सबैभन्दा बढी एक अर्ब ३२ करोड जनसङ्ख्या र दुई दशमलव ३०८ खर्ब डलरको कुल गार्हस्थ उत्पादनसहित भारत एक प्रभावशाली सदस्य हो । यसले बिमस्टेकको ३३ प्रतिशत खर्च बहन गर्दछ । यसैगरी, जनसङ्ख्यामा बङ्गलादेश दोस्रोमा पर्दछ । यहाँ १६ करोड २९ लाख मानिस बसोबास गर्दछन् । विश्वमै सबैभन्दा बढी जनघनत्व भएको देश बङ्गलादेश हो । यसको क्षेत्रफल नेपालजत्रै छ तर जनसङ्ख्या नेपालको भन्दा पाँच गुणा बढी छ ।
यसैगरी, बिमस्टेकमध्ये सम्पन्न र व्यवस्थित राष्ट्रमध्ये थाइल्यान्ड पनि एक हो । यहाँको जनसङ्ख्या ६ करोड ८८ लाख छ । जीडीपी (कुल गार्हस्थ उत्पादन) चार सय नौ दशमलव ७२४ अर्ब डलरसहित यस क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्र हो । जनसङ्ख्यामा तेस्रो पाँच करोड २८ लाख जनतासहित म्यानमार हो । जीडीपीमा तेस्रो बङ्गलादेश हो । यसले दुई सय पाँच अर्ब डलर कमाएको थियो । दुई करोड सात लाखको हाराहारी जनसङ्ख्या भएको श्रीलङ्काको जीडीपी तीन करोड हाराहारी जनसङ्ख्या भएको नेपालको भन्दा चार गुणा बढी छ । नेपालले २१ अर्ब कमाउँदा श्रीलङ्काले ८० अर्ब डलर बराबर उत्पादन गर्दछ । शिक्षा र पर्यटनबाट नागरिकलाई सन्तुष्ट पारेको भुटानको ८० लाख हाराहारी जनसङ्ख्या र दुई दशमलव दुई र म्यानमारको ६८ अर्ब डलर जीडीपी छ ।
सन् २००४ मा थाइल्यान्ड, २००८ मा भारत र २०१४ मा म्यानमारमा शिखर सम्मेलन भएको थियो । बिमस्टेकको चौथो शिखर सम्मेलन यही महिनामा नेपालमा हुन गइरहेको छ । नेपालको छवि विश्वसमक्ष परिचित गर्ने यो अवसरलाई नेपालले भरपुर उपयोग गर्न सक्नुपर्दछ ।
बिमस्टेकले आफ्नो कार्यक्षेत्रका १४ वटा विषयहरू छुट्ट्याएको छ । जसमध्ये सबैभन्दा महŒवपूर्ण व्यापार र लगानी तथा मौसम परिवर्तनको नेतृत्व बङ्गलादेशले गरेको हो । यसैगरी, यातायात र सञ्चार, पर्यटन, पर्यावरण र विपत् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय अपराध र दुव्र्यवहारवाद क्षेत्रको नेतृत्व भारतले गरेको हो । माछापालन, सार्वजनिक स्वास्थ्य, जनसम्पर्कको नेतृत्व थाइल्यान्डले गरेको हो । कृषि र ऊर्जा विकासको नेतृत्व म्यानमारले, प्रविधि विकासको नेतृत्व श्रीलङ्काले, सांस्कृतिक सहयोगको नेतृत्व भुटानले र गरिबी निवारणसम्बन्धी महŒवपूर्ण विषयको नेतृत्व नेपालले गरेको छ । यसमा शिक्षा, स्वविकास, ग्रामीण विकासको माध्यमबाट गरिबी निवारण गर्ने अवधारणा नेपालले प्रस्तुत गरेको छ । बङ्गलादेशमा सफल भएको माइक्रोक्रेडिट र थाइल्यान्डले प्रयोगमा ल्याएको आत्मनिर्भरताको उदाहरणलाई समेत जोडेर महिला, ग्रामीण जनता र गरिबको घरमा जसरी हुन्छ, बैङ्क ऋण पु¥याएर मानिसलाई स्वाबलम्वी बनाउनुपर्ने कुरा नेपालले पेस गरेको छ । यी १४ क्षेत्रमध्ये केही कार्यक्रमको आर्थिक भार एसियाली विकास बैङ्कले पनि वहन गरेको छ । जेहोस् विश्व आर्थिक विकासमा टेवा पु¥याउने महŒवपूर्ण क्षेत्रहरूलाई बिमस्टेकले समेटेको छ ।
कुनै पनि सङ्गठनको स्थापना निश्चित उद्देश्य प्राप्तिका लागि गरिएको हुन्छ । तर, प्रत्येक सदस्यले त्यो सङ्गठनबाट ‘म्युचुअल बेनिफिट’ अर्थात् पारस्परिक हितको साथसाथै आफ्नो हित पनि हेरी रहेको हुन्छ । बिमस्टेकका प्रत्येक सदस्यले सामूहिक हितको साथसाथै आफ्नो हितका लागि सामूहिक धारणासमेत माग्ने मञ्चका रूपमा विकास गर्न सक्नुपर्दछ । विचारमा बन्देज हुनुहँुदैन ।
बिमस्टेक मुलुकका एक अर्ब ६४ करोड जनतालाई नेपालले के दिन सक्छ र ? यसबापत उनीहरूले कति खर्च गर्न सक्दछन् ? यसबारे सोच्न जरुरी छ । के बिमस्टेकमा एउटा सात देशदर्शन ‘टुरिजम प्याकेज’ बनाउन सकिँदैन, जसमा लाखौँ मानिसले सहुलियतपूर्ण तरिकाले सात देशको भ्रमण गर्न सकून् । दुई दिनभित्र सीताको जन्मस्थल जनकपुर, कर्मस्थल अयोध्या, बन्दीस्थल श्रीलङ्का घुम्ने मौका । त्यसैगरी, बुद्धको जन्मस्थल लुम्बिनी, कर्मस्थल गया, सारनाथ र अनेक गुम्बा रहेका थाइल्यान्ड र म्यानमारमा घुम्ने अवस्था किन नबनाउने बिमस्टेकले ? यद्यपि, त्यसका लागि सीमा व्यवस्थापन गर्न आवश्यक छ । किनकि प्रत्येक पर्यटकलाई आफू कुन देशमा छु भन्ने थाहा हुनुपर्छ । अर्को, प्रत्येक बिमस्टेक सदस्यले सात देशको भ्रमण गर्दा त्यो देशको आर्थिक विकासका लागि थोरै भए पनि योगदान गर्न पाओस् भिसा शुल्कका रूपमा ।
भदौको १४ र १५ मा काठमाडौँमा हुने बिमस्टेकले अलग भूगोल र देशका तर एउटै विचारशील मानव जाति हौँ भन्ने सन्देश दिन सक्नुपर्छ । यसले सातै देशका नागरिक–नागरिकबीच पारिवारिक सम्बन्ध पनि बढाउन सक्नुपर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना