आत्मनिर्भर बन्न लक्ष्यको दुई वर्ष बाँकी

सुरेशकुमार यादव

काठमाडौँ, भदौ ७ गते । स्याउमा आत्मनिर्भर हुन सरकारले दस वर्षे कार्यक्रम ल्याए पनि आठ वर्ष बितिसक्यो तर लक्ष्यमा पुग्ने सम्भावना एकदमै न्यून छ । नेपालमा उत्पादन भएको स्याउने बजारको मागको झण्डै आधा धान्न सक्ने भए पनि उत्पादनको झन्डै आधा कुहिएरै नास हुन्छ ।
नेपालमा वार्षिक ४३ हजार ५०२ मेट्रिक टन स्याउ उत्पादन हुन्छ तर त्यसमध्ये ४४ प्रतिशत स्याउ खेर जान्छ । बगैँचाबाट बजारसम्म पु¥याउने प्याकेजिङ र ग्रेडिङमा ध्यान नदिँदा स्याउ खेर जाने गरेको हो । एक तथ्याङ्क अनुसार ९० हजार मेट्रिक टनभन्दा बढी स्याउ नेपालमा खपत हुने गरेको छ । apple
सरकारी तथ्याङ्क अनुसार नेपालमा चीन, भारत, अमेरिका र न्युजिल्यान्डबाट वार्षिक दस अर्बभन्दा बढी मूल्य बराबरको ४६ हजारभन्दा बढी मेट्रिक टन स्याउ आयात हुन्छ ।
स्याउ उत्पादन हुने क्षेत्रफल विस्तार गरी दस वर्षमा स्याउको आयात प्रतिस्थापनका साथै निर्यात प्रवद्र्धन गर्ने उद्देश्य सरकारको छ । आर्थिक वर्ष २०६८/६९ देखि सञ्चालित आत्मनिर्भर हुने कार्यक्रममा आव २०७३÷७४ मा २७५ हेक्टर थप स्याउको क्षेत्रफल विस्तार गर्ने लक्ष्य लिइएको थियो तर त्यो लक्ष्य पूरा हुन नसकेको बागवानी अनुसन्धान महाशाखा खुमलटारले जनाएको छ ।
कर्णालीका पाँच जिल्ला (जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोट) र मनाङ तथा मुस्ताङमा सञ्चालन हुँदै आएको स्याउ आत्मनिर्भर कार्यक्रमलाई रुकुमसम्म विस्तार गरिएको छ । नयाँ लगाइएका बगैँचाले आठ वर्षपछि प्रतिहेक्टर नौ मेट्रिक टनका दरले दिने उत्पादनबाट आव २०७९/८० सम्म वार्षिक ४० हजार मेट्रिक टन स्याउ थप उत्पादन हुने लक्ष्य लिएको फलफूल निर्देशनालय कीर्तिपुरले जनाएको छ । नेपालमा ११ हजार १६६ हेक्टरमा स्याउ खेती भए पनि पाँच हजार छ सय हेक्टरमा मात्र राम्रो उत्पादन हुने गरेको महाशाखाका स्याउ वैज्ञानिक गिरधारी सुवेदीले जानकारी दिनुभयो ।
सरकारले स्याउको पकेट क्षेत्रका रूपमा रसुवाको ब्रावल, प्राप्चे, ठूलो स्याप्रु, मनाङको पिसाङ, चोम, बगरछाप, मुस्ताङको टुकुचे, कोवाङ मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ, मुगुको हिउँदे फलफूल विकास आयोजनाअन्तर्गत ताल्चा, टोप्ला, ढुम्वाली लेक, पिपलेडी, हुम्लाको डाडुफायाँ, खगलगाउँ, बरागाउँ, जुम्ला चन्दननाथ, तातोपानी, बाजुराको जुकोट, पाण्डुसेन, जग्गनाथ, कोल्टी, काँग, जयबागेश्वरी छतारालाई छनोट गरेको छ ।
फलफूल विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ सम्म स्याउको बगैँचाको क्षेत्रफल २० हजार १४७ र उत्पादन एक लाख २५ हजार मेट्रिक टन पु¥याउने छ ।
नेपालमा उत्पादन हुने स्याउले नेपालको बजार एकदिन पनि धान्न नसकिने नेपाल फलफूल थोक व्यवसायी सङ्घका अध्यक्ष अमर बानियाँले दाबी गर्नुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना