बेंसीसहर–चामे सडकमा पहिरो गएपछि यात्रु अलपत्र

लमजुङ समाचारदाता

Chyamche Pahiro 1लमजुङ, भदौ ८ गते । लमजुङ–मनाङको चामे नजिकै कोतोमा पहिरो गएर एकसाता बन्द भई तीन दिन अघि मंगलबारबाट संचालनमा आएको बेंसीसहर–चामे सडक फेरि बन्द हुन पुगेको छ ।
अविरल बर्षाका कारण गए रातिको भीषण बर्षाले मस्र्याङ्दीको बहाव बढ्दा मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चे र घट्टेखोलाको बीचमा पर्ने बुङ छहरा नजिकै सडक भासिनुका साथै पहिरो गएको छ । करिव ७० मिटर सडक भासिनुका साथै सडक माथिको जंगलको जमिन समेत भासिएपछि सवारी आवागमन ठप्प भएको स्थानीय पञ्चबहादुर गुरुङले बताउनुभयो ।
सवारी साधनमा हिँडेका यात्रु, स्थानीय तथा पर्यटक अलपत्र परेका छन् । मस्र्याङ्दी गाउँपालिका–४ का अध्यक्ष सुमन गुरुङले बाटो खुलाउने विषयमा सम्बन्धित निकायलाई जानकारी गराएको बताउनुभयो । प्रहरी नायव उपरीक्षक यावद ढकालले घटनास्थलमा प्रहरी पठाएको र सो सडकको म्यार्दी भीर लगायत ठाउँमा पनि समस्या आएकाले खुलाउन प्रयत्न भइरहेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना