पुरातात्त्विक वस्तु संरक्षण गरौँ (सम्पादकीय)

रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाभित्र पर्ने वनकट्टा क्षेत्रमा बुद्धकालीन अवशेष भेटिने गरेका छन् । हालै बुटबल र सैनामैनाको सीमा क्षेत्रमा रहेको बौराहा खोलामा एक योगीको ठूलो मूर्ति भेटियो । यो मूर्ति बुद्धकालीन वा बौद्ध धर्मसँग सम्बन्धित हो वा होइन भन्ने अझै स्पष्ट हुन सकेको छैन तर पनि समयसमयमा पुराना मूर्ति, सिक्कालगायतका सामग्री भेटिने गरेकाले यो बुद्धकालीन नै हुनसक्ने अनुमान छ । केही समयअघि स्थानीयले यसै क्षेत्रमा पाँचवटा साना मूर्ति भेटेर सङ्ग्रहालयमा बुझाएका थिए । भेटिएका सबै मूर्ति योगमुद्रामा छन् । कैयन् यस्ता मूर्ति र सामान भने स्थानीयबासीले घरमै लगेर पूजा गर्ने गरेका छन् । यसअघि बुद्धकालीन इँटा, औजार, पुराताìिवक महìवका वस्तु, राजा र रानीले नुहाउने कुवा फेला परेको थियो । 

सैनामैना क्षेत्र गौतम बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धले बाल्यकाल बिताएको कपिलवस्तुको आसपासको क्षेत्र हो । शाक्य वंशीय राजा शुद्धोधनको राजधानी र गौतम बुद्धको क्रीडास्थल रहेको कपिलवस्तु प्राचीन कपिलवस्तु राज्यको भौगोलिक क्षेत्रभित्र पथ्र्यो । यसलाई त्यसबेला सामगाम भनिने गरेको ऐतिहासिक दस्ताबेज र पुस्तकहरूमा पाइन्छ । भगवान् बुद्धको समयमा सैनामैना क्षेत्रमा राजाको दरबार थियो भन्ने भनाई पनि पाइन्छ । सैनामैना क्षेत्रमा प्रशस्तै पुरातात्विक अवशेष पाइने भएकाले खुला सङ्ग्रहालयकै रुपमा छ । यो क्षेत्रमा पुराताìिवक महìवका वस्तु यत्रतत्र भेटिने गरेका छन् । वनकट्टा क्षेत्रमै प्राचीन पोखरी पनि भेटिएको छ । ३० वर्षअघि फेला परेको यो पोखरीमा पुराना सिक्का समेत भेटिएको थियो । ती सिक्का अहिले कहाँ छन् भन्ने स्पष्ट छैन । ऐतिहासिक र पुराताìिवक महìवको यो क्षेत्रको उचित संरक्षण र संवद्र्धन नहुँदा पुराताìिवक महìवका वस्तु लोप हुने खतरा छ ।
गौतम बुद्ध शान्तिका अग्रदूत, एसियाका तारा र बौद्धधर्मका प्रणेता हुन् । उहाँका जन्म साढे दुई हजार वर्षअघि लुम्बिनीमा भएको थियो । उहाँले विस्तार गर्नुभएको बौद्धधर्म र शान्तिको सन्देश अहिले विश्वभर फैलिएको छ र विश्वका करिब ३० करोड मानिसले यसलाई धर्मका रुपमा लिन्छन् । त्यसैले विश्वभरका बौद्धधर्मावलम्बीका लागि लुम्बिनी महìवपूर्ण तीर्थस्थल हो । लामो समयसम्म पहिचान र संरक्षणविहीन अवस्थामा रहेको यो क्षेत्रले करिब पाँच दशक अघिदेखि मात्रै सबैको ध्यान तान्न थालेको हो । लामो सयमसम्म लुप्त अवस्थामा रहेको यो पवित्र भूमिबारे धेरैपछि मात्रै अध्ययन हुन थाल्यो । नेपाल सरकारले भने सन् १९६० को दशकदेखि मात्रै अध्ययन, उत्खनन् र संरक्षणको थालनी ग¥यो । १९७५ मा लुम्बनी विकास समिति र १९८५ मा लुम्बिनी विकास कोषको स्थापना भएपछि भने लुम्बिनी क्षेत्रको उत्खनन्, संरक्षण र प्रवद्र्धनमा ठोस काम हुँदै आएको छ । ऐतिहासिक, धार्मिक तथा पुराताìिवक महìव बोकेको लुम्बिनीलाई सन् १९९७ मा विश्व सम्पदा सूचीमा समावेश गरियो ।
लुम्बिनी र कपिलवस्तु मात्रै नभई त्यसका आसपासका क्षेत्रमा पनि बुद्ध, बौद्धधर्म र बुद्धकालीन ऐतिहासिक तथा पुराताìिवक महìवका अवशेष भटिने गरेका छन् । यी ऐतिहासिक र पुराताìिवक अवशेषले भगवान् बुद्ध, बौद्धधर्म र त्यसबेलाको आर्थिक–सामाजिक पक्षबारे ज्ञान दिन्छन् । कपिलवस्तु, रामग्राम, देवदह यसैसँग जोडिएका छन् । तर यी क्षेत्रको उत्खनन्, संरक्षण, सम्बद्र्धन र प्रचारप्रसार पर्याप्त हुन सकेको छैन । अहिलेसम्म भएका प्रयास खासगरी लुम्बनी, कपिलवस्तुलगायतका क्षेत्रमा मात्रै सीमित छ । आसापासका क्षेत्रमा बुद्धकालीन सभ्यताबारे ठोस अध्ययन हुनसकेको छैन । सैनामैनामा पनि बुद्धकालीन अवशेष फेला परे पनि त्यसको उचित संरक्षण, सम्बद्र्धन र प्रचारप्रसार हुन सकेको छैन । पुराताìिवक महìवको सम्पदा संरक्षणका लागि सैनामैना नगरपालिकाले सिरानटोलमा सैनामैना पुराताìिवक सङ्ग्रहालय स्थापना गरेको प्रयास सकारात्मक छ । तर आर्थिक अभावमा यसले पनि काम गर्न सकेको छैन । त्यसैले यी क्षेत्रको उत्खनन् र संरक्षणमा सबैको ध्यान जानुपर्छ । वृहत् गुरुयोजना बनाएर उत्खनन्, संरक्षण र प्रचारप्रसार गर्नुपर्ने आवश्यकता छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना