शीर्ष नेताको उद्घाटन मन्तव्यः भाषाको समस्यादेखि चुनावी भाषणसम्म

गोरखापत्र समाचारदाता

काठमाडौं, भदौ १५ गते । विहीबारबाट शुरु भएको बिमस्टेक चौथो शिखर सम्मेलनका क्रममा भाषाका कारण सञ्चारकर्मीले समस्या भोग्नु प¥यो ।
सम्मेलनको उद्घाटन सत्रमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद , प्रधानमन्त्री के.पी. शर्मा ओली र भूटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ्ग वानचुकले अंग्रेजीमा सम्बोधन गर्नु भएको थियो भने अन्य सरकार प्रमुख तथा राष्ट्र प्रमुखले आआफ्नो राष्ट्रिय भाषामा सम्बोधन गर्नुभएको थियो ।  bimstec sammelan P M addresing_bikash dware
सम्मेलनको सभाहल भित्र दोभाषेको प्रयोग गरिएको भए पनि मिडिया सेन्टरमा बसेका पत्रकार तथा प्रत्यक्ष प्रशारण हेरि रहेका दर्शकलाई भने भाषाले निकै समस्या बनायो ।
परराष्ट्र मन्त्रालयले पनि सम्बन्धित देशका प्रतिनिधिसँग उहाँहरूको मन्तव्यको अंग्रेजी अनुवाद माग्दा पछि उपलब्ध गराउने जानकारी गराएको मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिनुभयो ।

सार्कलाई धेरैले सम्झिएनन्
विमस्टेकको शिखर सम्मेलन भई रहेका बेला अर्को क्षेत्रीय संगठन दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को कसैले स्मरण गरेनन् । तर प्रधानमन्त्री के.पी शर्मा ओलीले भने सार्कको स्मरण गर्नुभयो । शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “विमस्टेक सार्कको विकल्प होइन यो पर्याय बन्न सक्छ ।”

शेख हसिनाको चुनावी भाषण
विमस्टेक शिखर सम्मेलनमा मन्तव्यको क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले मन्तव्यमा विमस्टेकसँग सम्बन्धि विषयवस्तु निकै कम थियो ।
उहाँले अधिकांश समय बंगलादेशमा के भई रहेको छ र के गर्ने सोच छ भन्ने कुरामा बिताउनुभयो ।
मन्तव्यको शुरुमा उहाँले शिखर सम्मेलन अगष्ट महिनामा परेको र १९७५ को अगस्टमा पितासहित परिवारका १७ जनाको हत्या भएको स्मरण गर्दै निकै भावुक हुनुभयो ।
साथै मन्तव्यका क्रममा आफूहले बंगलादेशमा समाजिक सुरक्षाको रकम छुट्याएको कुरादेखि देशभर इन्टरनेको पहुँच वितारको चर्चा गर्नुभयो । बंगालदेशमा हुन लागेको निर्वाचनका कारण पनि उहाँको भाषण आन्तरिक विषयमा केन्द्रित भएको अनुमान गर्न सकिन्थ्यो ।

मोदीका अफरै अफर
शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमस्टेकसँग जोडेर आगमी दिनमा भारतले गर्न लागेका झण्डै एक दर्जन कार्यक्रमको सूची प्रस्तुत गर्दै ती कार्यक्रममा सहभागी हुन सबैलाई निमन्त्रणा गर्नुभयो ।
बिमस्टेकका युवा पुस्तालाई प्रोत्साहन गर्न बिमस्टेक युवा सम्मेलन, बौद्ध धर्मलम्वीको अन्तर्राष्ट्रिय सम्मेलन, बिमस्टेक वाटर स्र्पोटदेखिे खाडी क्षेत्रको कला, संस्कृति कानुनका विषयमा अध्ययन अनुसन्धान गर्न भारतमा सेन्टर फर बे अफ बंगाल स्टडिज स्थापना गरिने जानकारी दिनुभयो । त्यस्तै उहाँले यस क्षेत्रका महिला सांसदहरूको भेला पनि आयोजना गर्ने योजना सुनाउनुभयो ।
वानचुकले बाजपेयीलाई सम्झिए
शिखर सम्मेलनलाई सम्बोधन गर्दै भूटनी अन्तरिम सरकारका प्रमुख सल्लाहाकार छिरिङ्ग वानचुकले भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी शिखर सम्मेलन गरिरहँदा भारतका महान नेता तथा यस क्षेत्रका उच्च राजनेता अटल विहारी बाजपेयीजीको निधन भएको छ ।’ ‘उहाँले आफ्नो देशको सेवाका साथै यस क्षेत्रमा मित्रता र सहयोग अभिवृद्धिमा योगदान दिनु भएको थियो ।’

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना