विवादका कारण पनौती–खोपासी सडक बन्न सकेन

मधुसुधन तिमल्सिना

काभ्रे, भदौ १७ गते । सडकको पुनर्निर्माण कसले गर्ने भन्ने विवादका कारण पनौती–खोपासी सडक निर्माण हुन नसकेको स्थानीयहरुको गुनासो छ ।
पनौती नगरपालिका या सडक विभाग कसले सडक बनाउने भन्ने विवादका कारण सामान्य सडक मर्मतको कार्य समेत हुन नसकेको स्थानीयको गुनासो छ ।
जिल्लाको दक्षिणभेगलाई जोड्ने मुख्य सडककारुपमा रहेको पनौती–खोपासी सडकमा बर्षौदेखि स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताउँछन् । दशकौं अघिदेखि पटक पटक कालोपत्रे गरिए पनि उक्त सडक खण्डमा महिना दिन नपुग्दै भत्किने गरेको छ । panauti-khopasi sadak kavre
नाम मात्रको कालोपत्रे गरेकैकारण भत्किने गरेको स्थानीयहरु बताउँछन् । जिल्लाको डाँडापारि क्षेत्र प्रवेश गर्ने मुख्य सडक तथा ललितपुर, मकवानपुर जिल्लासम्म यो सडकबाट यातायातका साधन ओहोरदोहोर हुने गर्छन् ।
खोपासीको उर्वर फाँटको बीचबाट बनेको उक्त सडकमा कतै खेतमा लगाइएको पानीले बाह्रै महिना हिलाम्मे हुने गरेको छ भने कतै धुलाम्मे हुने गरेको छ । धुलो तथा हिलो सडकका कारण उक्त सडकको यात्रा थप कष्टकर भएको यात्रुहरु बताउँछन् ।
स्थानीय बालकृष्ण फुयाँलले पटक पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत चासो नदिएको गुनासो गर्नुभयो । नगरपालिकामा गएर भन्दा हामीले गर्ने होइन, सडक विभागले गर्ने हो कर्मचारीले भन्नेगरेको उहाँले भन्नुभयो, “सडक विभागलाई भन्यौ भने हुँदैछ ठेक्का भएको छ भैइहाल्छ नी भन्ने जवाफ पाइन्छ, तर काम केही हुँदैन ।” सो सडकखण्डको करिब चार किलोमिटर सडकमा खाल्डाहरु छन् ।
समय समयमा टिप्परले केही टिप माटो मिसिएको ढुङ्गा सडकमा हालेर खाडल पुरेपनि त्यसले सडक झनै विगारेको स्थानीयको भनाई छ । स्थानीय कृष्णप्रसाद तिमल्सिनाले चार किलोमिटर बाटो भएपनि विरामीलाई पनौतीसम्म पुग्न एम्बुलेन्समै आधा घण्टा समय लाग्नेगरेको बताउनुभयो ।
पनौती ९ र १० मा पर्ने उतm सडक मर्मतमा नगरपालिकाले ध्यान नदिएको वडाका जनप्रतिनिधिहरुको गुनासो छ । वडा ९ का एक सदस्य मकुन्द सापकोटाले नगरपालिकाले सडक मर्मतका लागि चासो नदिएको बताउनुभयो ।
पनौती नगरप्रमुख भीम न्यौपानेले ९पनौती–खोपासी सडक० सडक विभागको जिम्ममा रहेको र त्यस सडककालागि नगरपालिकाले साधारण मर्मतभन्दा बढी काम गर्न नसक्ने बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना