थारू र अवध संस्कृति अब पुस्तकमा

देउखुरी समाचारदाता

देउखुरी, भदौ १८ गते । थारू र अवधी समुदायभित्र फरक–फरक परम्परा, संस्कृति छन् । भाषा साहित्य र संस्कृतिमा यी समुदाय आफैँमा समृद्ध छन् तर, नयाँ पुस्ताले आफ्नो समुदायको भाषा, साहित्य र संस्कृति भुल्दै जान थालेका छन् । जसले गर्दा अगुवाहरूलाई चिन्तित बनाएको छ ।
नयाँ पुस्तालाई भाषा, साहित्य र संस्कृतिको बारेमा जानकारी दिन पुस्तक लेखिएको छ । थारू र अवधी समुदायको लोकगाथा, जीवन दर्शन पुस्तकमा समेटिएको हो । ‘थारू चिन्हारी ओ गुरुबाबाक जल्मौटी’ र ‘नेपाली अवधी लोकगाथाको सङ्कलन तथा विश्लेषण’ कृति दाङको गढवामा विमोचन गरिएको छ ।
देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना, गढवा गाउपालिका अवधी सांस्कृतिक विकास परिषद्को संयोजनमा कार्यक्रम भएको हो । थारू चिन्हारी पुस्तकको लेखन एवं अनुवाद भगवतीप्रसाद चौधरी र नेपाली अवधी लोकगाथाको सङ्कलन तथा विश्लेषण कृतिको लेखन जगतराम यादवले गर्नुभएको हो । गुरुबाबाको जल्मौटी पुस्तकको समीक्षा साहित्यकार शेरबहादुर चौधरी र नेपाली अवधी लोकगाथाको समीक्षा साहित्यकार विन्तिराम यादवले गर्नुभएको थियो ।
‘थारू चिन्हारी ओ गुरुबाबाक जल्मौटी पुस्तकमा सृष्टिको वर्णन गरिएको छ । मानव र प्रकृतिको सम्बन्धको व्याख्या छ । यो गीति पुस्तक हो, पुस्तकका सम्पादक उदयराज आलेले भन्नुभयो । अवधी भाषा साहित्यको सङ्कलन अध्ययनबाट भाषाको तत्कालीन अवस्था, शब्द, रचना र स्तरको मापन गर्न बल पुग्ने नेपाली अवधी लोकगाथाको सङ्कलन तथा विश्लेषणकर्ता जगतराम यादवले विश्वास व्यक्त गर्नुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना