नेपाल—भारत मैत्री धर्मशाला सञ्चालन गर्न समय लाग्ने

गोरखापत्र समाचारदाता

dharmasalaकाठमाडौँ, भदौ १९ गते । नेपाल–भारत मैत्री धर्मशाला सञ्चालनमा आउन समय लाग्ने भएको छ । धर्मशालाको माथिल्लो तलाको भित्री केही भागमा निर्माणका काम जारी छ ।
धर्मशालाको यो निर्माण कार्य सकिएपछि कोठाको शुल्क तोक्ने र सञ्चालन विधि तयार भएपछि मात्र धर्मशाला सञ्चालनमा आउने भएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार भित्री साजसज्जाका केही सामान्य कार्य बाँकी छन् ।
तत्कालीन राष्ट्रिय सभाका अध्यक्ष वेनीबहादुर कार्की, भारतका आदि शङ्कराचार्य जयेन्द्र सरस्वती र भारतीय राजदूत शिवशङ्कर मुखर्जीले तीन पटक शिलान्यास गर्नुभएको थियो । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै धर्मशालाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना