प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार उजुरी

गोरखापत्र समाचारदाता

om-prakashकाठमाडौँ, भदौ २१ गते । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन् । समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो । उक्त समयसीमा बुधबार सकिएको हो । सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चारवटा उजुरी दर्ता भएका हुन् ।
सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन । उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका सह–सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबारको बैठकले उजुरी सार्वजनिक गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “तोकिएको १० दिनको समयसीमामा चारवटा उजुरी दर्ता भएका छन् । शुक्रबार बिहान बैठक बोलाइएको छ । सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ ।’
उजुरी सार्वजनिकपछि समितिले पहिले उजुरीकर्तासँग छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ । सुनुवाइ सकिएपछि समितिले अनुमोदन हुने वा नहुनेबारे निर्णय लिनेछ ।
यसअघि संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई सुनुवाइ समितिले अस्वीकृत गरेपछि मिश्रलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो । सुनुवाइबाट अस्वीकृत भएपछि दोस्रोपटक प्रधानन्यायाधीश सिफारिस गरिएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना