निवृत्तिभरणको काम आधा घन्टामा

सरोज आचार्य

काठमाडौँ, भदौ २३ गते । नेपाल आदर्श स्कुलकी इन्दु आचार्यलाई पेन्सनको काम प¥यो भने दिक्क लाग्थ्यो । राजधानीका टेकुस्थित निवृत्तिभरण व्यवस्थापन कार्यालयमा घन्टौँ लाइनमा बस्नुपर्ने भएकोले उहाँलाई त्यस कार्यालयमा दिक्क लाग्नु स्वाभाविक थियो । तर अब भने उहाँलाई काम गर्न सजिलो काम नै पेन्सन लिनु भएको छ ।
‘म त अचम्मै परे । निवदेन दिएको केही समयमै काम सम्पन्न भयो । बिगत जस्तौ घण्टौँ लाइनमा बस्नु परेन,’उहाँले सुनानुभयो । आचार्य भन्नुहुन्छ, ‘ अरू सरकारी कार्यालय पनि यसै गरी सजिलै र चाँडो काम भइदिए सेवाग्राहीले झन्झट पाउने थिएनन् । समयको पनि बचत हुने थियो ।’ pension
अवकाश प्राप्त निजामती, सैनिक, प्रहरी र शिक्षक कर्मचारीको निवृत्तिभरणसम्वन्धी कार्य अब आधा घण्टा भित्रै हुन थालेपछि इन्दु आचार्य जस्तै सेवाग्राही दङ्ग पर्न थालेका हुन् ।
निवृत्तिभरण कार्यालयले कार्यालयका कामलाई प्रविधिमैत्री बनाएपछि काम चाँडो हुन थालेको हो । निवृत्तिभरण व्यवस्थापन कार्यालय प्रमुख हेमन्त निरौला भन्नुुहुन्छ,‘ विगतमा प्रविधिको राम्ररी उपयोग गर्न सकिएको थिएन । ढिला हुन्थ्यो । कम्प्युटरको उपयोग गरी कार्यालयलाई प्रविधिमैत्री बनाएपछि कुनै पनि सेवाग्राहीले बढीमा आधा घण्टाभित्र सेवा पाउने छन् ।’
निवृत्तिभरण कार्यालयबाट दुईलाख ५२ हजार कर्मचारीको निवृत्तिभरण विवरण हुन्छ । निजामती कर्मचारी, सैनिक, प्रहरी र शिक्षकको निवृत्तिभरणसम्वन्धी कार्य यही कार्यालयबाट हँुँदै आएको छ । पेन्सन लिने देशभरिकै पूर्व राष्ट्रसेवक यसै कार्यालयमा आउनुपर्ने हुन्छ ।
हालसालै अवकाश पाएर कर्मचारी कितावखानाबाट पट्टा बनाएका नयाँका हकमा भने झनै चाँडो काम हुन थालेको छ । त्यस्ता कर्मचारीको काम त दश मिनेट भित्रै निवृत्तिभरण (पेन्सन)को रकम फरफारक मिलाउने र बैङ्क तोक्ने कार्यको व्यवस्था हुन थालेको छ ।
प्रमुख निरौलाका अनुसार पुराना सेवाग्राहीको हकमा विवरण सच्याउनुपर्ने, नयाँ बैङ्क खाता खोल्ने, प्रतिलिपि दिनुपर्ने हुन्छ र त्यसरी गर्नुपर्ने काम केही लामै भए पनि आधा घण्टाभित्र सम्पन्न गर्ने व्यवस्था मिलाइएको छ ।
उहाँ भन्नुहुन्छ, ‘नयाँ सेवाग्राहीले त अब झनै चाँडो सेवा पाउन छन् ।’ निवृत्तिभरण वापत पट्टावालाले पाउने रकम तत्कालै हिसाब किताब गरिने छ । हिसावपछि रकम बैङ्कमा पठाउने व्यवस्था गरिन्छ । बैंक खाता पहिल्यै छ भने एटीएम वा चेक मार्फत् तत्कालै सेवाग्राचहीले रकम पाउने व्यवस्था हुने उहाँले जानकारी दिनुभयो ।
विगतमा कार्यालय प्रविधिमैत्री नहुँदा काम गर्न सजिलो थिएन । लिखित ढड्डा अभिलेख पल्टाउनुपर्ने भएकाले काम ढिला हुने गरेको थियो । कर्मचारीलाई काम गर्न पनि कठिन थियो । अहिले सवै विवरण कम्प्युटर प्रणालीमा गएपछि व्यवस्थान गर्न सहज भएको प्रमुखको भनाइ छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना