काँग्रेसमा आठ तहको पार्टी संरचना प्रस्ताव

काठमाडौं, भदौ २५ गते । नेपाली कांग्रेसको विधान मस्यौदा समितिमा पार्टीको नयाँ संरचना निर्माणका विषयमा छलफल हुन थालेको छ । विधान मस्यौदा समितिले गठन गरेको तीनवटा उपसमितिमा पार्टी संरचनाका विषयमा छलफल तीव्र बनाइएको र मूल समितिको बैठकमा छलफलको प्रतिवेदन प्रस्तुत गरिने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । Nepali-congress-750

विधान मस्यौदा समितिका संयोजकसमेत रहनुभएका खड्काले पार्टीको संरचनाका विषयमा उपसमितिमा छलफल भइरहेको जानकारी दिंदै मूल समितिमा प्रतिवेदन प्रस्तुत भएपछि खाका तयार हुने बताउनुभयो ।
पार्टीको संरचना तयार गर्न गठित उपसमितिका नेता फरमुल्लाह मन्सुरले पार्टीको केन्द्रदेखि मतदान केन्द्रसम्म आठ तहको संरचना बनाउने प्रस्ताव गरिएको बताउनुभयो । केन्द्रीय संरचनामा पदाधिकारीको संख्या थप्ने तयारी गरिएको छ ।
नेता मन्सुरका अनुसार, केन्द्रीय कार्य समितिको संख्या १३१ हुने छ । जसमा सभापति, दुई उपसभापति, वरिष्ठ नेता, दुई महामन्त्री, तीन सह–महामन्त्री र एक कोषाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ । हाल उपसभापति र सहमहामन्त्री एक एक जना रहने व्यवस्था छ ।
उहाँले केन्द्र, प्रदेश, जिल्ला, प्रदेशस्तरीय क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रस्तरीय कार्यसमिति, गाउँ–नगर समिति, वडा तह र मतदान केन्द्र लक्षित संरचनाको प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
उपसभापति पदमा एक महिला र एक पुरुष तोक्ने वा नतोक्ने भन्ने टुङ्गो भने लागेको छैन । नेपालको संविधानले राजनीतिक दलका पार्टी संरचनामा पनि महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनैपर्ने प्रावधान राखेको छ । यसले कार्य समितिको संख्या ठूलो हुनेछ । साथै पुरानो लोकतान्त्रिक पार्टी भएकाले त्यसै अनुसारको समावेशी संगठन बनाउन पनि नेताहरूको आग्रह रहँदै आएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना