असिनाबाट धानबाली नष्ट

डोटी, असोज २६ गते । जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ ।

असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “असिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ ।” दशैँको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds