अस्पताल फार्मेसीमा औषधि अभाव

धनगढी समाचारदाता

धनगढी, असोज २७ गते । कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि अभाव भएको छ । अस्पताल फार्मेसीमा दुई सय ८५ प्रकारको औषधि अभाव भएको हो । फार्मेसीले ४८५ प्रकारको औषधि उपलब्ध गराउँदै आएको छ । अस्पतालको फार्मेसीबाट हाल दुई सय प्रकारका औषधि मात्रै उपलब्ध भइरहेको जनाइएको छ । आवश्यक औषधि फार्मेसीमा उपलब्ध नहुँदा बिरामी निजी मेडिकलबाट महँगोमा औषधि खरिद गर्न बाध्य भएका छन् । सेती अञ्चल अस्पताल सुदूरपश्चिम प्रदेशको एक मात्र रिफरल अस्पताल पनि हो । औषधि खरिद गर्नका लागि अस्पतालको फार्मेसी पुग्नुभएकी धनगढी उपमहानगरपालिका–८ की सानु महतोले फार्मेसी औषधिविहीन रहेको बताउनुभयो ।
बच्चाका लागि आवश्यक औषधि फार्मेसीमा छैन, उहाँले भन्नुभयो, अस्पतालको फार्मेसीमा सामान्य औषधि पनि पाउन सकिएन । चालू आर्थिक वर्षको सुरुदेखि औषधि खरिद हुन नसकेको फार्मेसी स्रोतले जानकारी दिएको छ । फार्मेसी इञ्चार्ज भरत कुँवरले औषधि खरिद हुन नसक्दा अभाव भएको बताउनुभयो । फार्मेसीमा भएको दुई सय प्रकारका औषधि पनि पर्याप्त मात्रामा नरहेको उहाँले उल्लेख गर्नुभयो । अस्पताल फार्मेसीले अस्पतालमा भर्ना भएका बिरामीलाई पाँच प्रतिशत पनि औषधिको माग पूरा गर्न सकेको छैन ।
पर्याप्त औषधि नहुँदा दैनिक दुई सय ग्राहकलाई फर्काउनु परेको छ, उहाँले भन्नुभयो, औषधि आपूर्ति नियमित भएको बेला मागको ८० प्रतिशतसम्म माग धान्ने फार्मेसीले अहिले पाँच प्रतिशत पनि माग पूरा गर्न सकेको छैन । औषधि अभावको कारणले अचेल फार्मेसी प्रायः सुनसान रहने गरेको छ भने अस्पताल परिसरमै रहेको निजी मेडिकलमा औषधि खरिद गर्नेको भीडभाड देखिने गरेको छ । निमोनिया समस्या भएको आफ्नो छोराको उपचार गराउन आउनुभएका कञ्चनपुर पुनर्वासका महेशचन्द्र अधिकारीले फार्मेसीमा सिरिञ्ज पनि नपाएको गुनासो गर्नुभयो ।
डाक्टरले लेखेको औषधि किन्न पटक–पटक फार्मेसीमा गएँ तर औषधि छैन, मेडिकलमा किन्नु भनेर कर्मचारीले फर्काउने गरेका छन्, उहाँले अगाडि थप्नुभयो, फार्मेसी त नाम मात्रको रहेछ ।
औषधि खरिदका लागि आएका व्यक्तिले चिकित्सकले लेखेको कुनै पनि औषधि अस्पतालको फार्मेसीमा नपाएको गुनासो गरेका छन् । दुई दिनयता डाक्टरले तीन पटक लेखेको पाँच प्रकारको औषधि किन्न फार्मेसी धाएँ । एउटा पनि पाइएन, धनगढीकै राजेन्द्र जोशीले भन्नुभयो, फार्मेसीमा नपाएपछि निजी मेडिकलमा औषधि किन्न बाध्य भएँ ।

अनुदान लिनका लागि हुने झन्झटिलो प्रक्रिया भएकाकारण समस्या भएको भूकम्पपीडितहरू बताउँछन् । ‘तीन वर्ष अगाडि बस्नै नमिल्ने गरी पूर्णरूपमा घर भत्किएपछि जसोतसो पुनर्निर्माण गरियो, आयोजनाले अध्ययन गरेर लाभग्राहीको सूचीमा राखेको छ तर भुक्तानी लिनका लागि अनेक समस्या छ । ’ एक भूकम्प पीडितले भने । तीन वर्ष अगाडि निर्माण गरिएका संरचनाहरूमा कोण नमिलेको, रड वा डण्डी नराखिएको भूकम्प प्रतिरोधी नभएको जस्ता कुराले भुक्तानी अड्काइराखेको पीडितहरू गुनासो गर्छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना