शाखा अधिकृत परीक्षाको नतिजा सार्वजनिक

गोरखापत्र समाचारदाता

LokSewaकाठमाडौँ, असोज ३० गते । लोकसेवा आयोगले गत मङ्सिरमा विभिन्न पदमा लिएको राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले प्रशासन सेवा, सामान्य प्रशासन समूह, लेखा समूह, प्रशासन सेवा राजस्व समूह, लेखापरीक्षण सेवा, परराष्ट्र सेवा, न्याय सेवालगायतमा जम्मा ३९० पदमा विज्ञापन गरिएको थियो । त्यसमध्ये सामान्य प्रशासन समूहमा १९१ जना, प्रशासन सेवा, लेखा समूहमा ६३ जना, प्रशासन सेवा राजस्व समूहमा ३५ जना, लेखा परीक्षण सेवामा १० जना, परराष्ट्र सेवामा पाँच जना, न्याय सेवामा ८६ जनाको लागि खुला तथा समावेशी समूहतर्फ विज्ञापन भएको थियो ।
विज्ञापन भएका पदहरूमध्ये खुलातर्फ २०६, महिलामा ५९, आदिवासी÷जनजातिमा ५२, मधेशीमा ३९, दलितमा १८, अपाङ्गता भएकामा नौ र पिछडिएको क्षेत्रमा सात जनाको लागि विज्ञापन प्रकाशन भएको थियो ।

केही पदमा सिफारिस नै भएनन्

आयोगले विज्ञपन गरेका कतिपय पदमा कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन् । न्याय सेवामा माग पद सङ्ख्या ८६ (न्याय समूहमा ४८, कानुन समूहमा १० र सरकारी वकिल समूहमा २८) रहेकोमा यस बर्ष ६१ जना उम्मेदवार सिफारिश गरिएको छ । सिफारिश गरिएका उम्मेदवारहरुमध्ये न्याय समूहमा ३५ जना, कानून समूहमा आठ जना र सरकारी वकिल समूहमा १८ जना छन् । न्याय समूहमा १३, कानुन समूहमा दुई र सरकारी वकिल समूहमा १० वटा पदमा कुनै पनि उम्मेदवार सिफारिश हुन सकेनन् । जसमध्ये महिलातर्फ ११, आदिवासी/जनजातितर्फमा ९, दलिततर्फ चार र अपाङ्गता भएकातर्फ एक पदमा उम्मेदवार सिफारिश हुन सकेनन् । प्रशासन सेवातर्फ माग गरिएका सबै २९९ पदमा उम्मेदवार सिफारिश भएका छन् ।
सफल हुनेमा २५ देखि ३० वर्षका धेरै
प्रशासन/लेखापरीक्षण सेवामा सिफारिश भएका उम्मेदवारको उमेर समूह २५ बर्षसम्मका ६३ जना, २५ देखि ३० बर्ष उमेर समूहका १२८ जना, ३० देखि ३५ बर्ष उमेर समूहका ८३ जना, ३५ देखि ४० बर्ष उमेर समूहका २४ जना र ४० बर्ष माथिका एक जना रहेका छन् ।
त्यस्तै न्याय सेवामा सिफारिश भएका उम्मेदवारहरुमध्ये २५ वर्ष सम्मका ११ जना, २५ देखि ३० बर्ष उमेर समूहका २४ जना, ३० देखि ३५ बर्ष उमेर समूहका २२ जना, ३५ देखि ४० बर्ष उमेर समूहका चार जना छन् ।

द्वितीय श्रेणीको बाहुल्य

शाखा अधिकृत वा सो सरह पदमा न्युनत्तम स्नातक उत्तीर्ण उम्मेदवारहरुले आवेदन दिनसक्ने व्यवस्था रहेको थियो जसमा सिफारिश भएका उम्मेदवारमध्ये स्नातक तहमा विशिष्ट तथा प्रथम श्रेणी हासिल गरेका ११९ जना, द्वितीय श्रेणी हासिल गरेका २३४ जना, तृतीय श्रेणीका ११ जना र श्रेणी नखुलेका एक जनाले आयोगको परीक्षा उत्तीर्ण गरेका थिए ।

उत्तीर्ण हुनेमा स्याङ्जाका धेरै
शाखा अधिकृत वा सो सरह पदमा सबैभन्दा बढी स्याङ्जा जिल्लाबाट २८ जना सिफारिश भएका छन् । गुल्मीका १९, झापाका १७, काठमाडौँ र मकवानपुरका १३÷१३ जना, अर्घाखाँचीका १२, पर्वतका ११, खोटाङ र बाग्लुङका १०÷१० जना, धनुषा, नवलपरासी र सुर्खेतका नौ/नौ जना सिफारिस भएका थिए ।

त्यस्तै कपिलवस्तु, काभ्रेपलाञ्चोक, कास्की, धनकुटा र मोरङ्गका आठ÷आठ जना, दाङ, सप्तरी, सर्लाही र सुनसरीका सात÷सात जना, उदयपुर, चितवन, धादिङ र प्युठानका पाँच÷पाँच जना, तनहुँ, ताप्लेजुङ, नुवाकोट र रुपन्देहीका पाँच÷पाँच जना, इलाम, पाँचथर, पाल्पा, बजाङ, बर्दिया, बारा, रौतहट, ललितपुर, सङ्खुवासभा र सिरहाका चार÷चार जना, ओखलढुङ्गा, कैलाली, गोरखा, जुम्ला, दैलेख, पर्सा, बाँके, महोत्तरी र म्याग्दीका तीन÷तीन जना छन् ।
सिफारिसमा अछाम, कञ्चनपुर, डडेल्धुरा, तेह्रथुम, दार्चुला, बैतडी, भक्तपुर, रुकुम र सोलुखुम्बुका दुई÷दुई जना र जाजरकोट, बाजुरा, भोजपुर, रामेछाप, रुकुम, सल्यान, सिन्धुपाल्चोक र हुम्लाका एक÷एक जना छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना