चियापानमा मौलाएको नेपाली राजनीति

khimlal devkotaखिमलाल देवकोटा


गत हप्ता सत्तापक्ष र प्रतिपक्षले देशैभर चियापान कार्यक्रम आयोजना गरेर मौसममा आएको चिसोपनलाई प्रतिवाद गर्न नेपाली राजनीति तताए । सामान्यतः चियापान चाडपर्वहरूको अवसरमा आयोजित शुभकामना आदानप्रदानका निम्ति आयोजित थिए । भर्खरै सकिएको वडादशँै, आउँदै गरेको तिहार, नेवारी नयाँ वर्ष, छठ र लोसारलगायतका चाडपर्वहरूको अवसरमा पार्टी कार्यकर्ता, नेता समर्थक शुभचिन्तकहरूका लागि आयोजना गरिने संस्कारका रूपमा आरम्भ गरिएको भए पनि यही बाहानामा विपक्षी पार्टीका छानिएका नेताहरूलाई आमन्त्रण गरिने, प्रत्यक्ष राजनीतिमा नदेखिएका तर विभिन्न ढंगले पार्टीलाई सघाउँदै आएका व्यावसायिक व्यक्तित्वहरू र राजनीतिक नियुक्ति खाएका मानिसहरूको अनिवार्य जस्तै लाग्ने गरी आमन्त्रण र उपस्थिति देखिने गरेको छ । यही बाहानामा नेपाल स्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूको आमन्त्रण र उपस्थिति पनि अर्थपूर्ण रहने गरेको छ ।
सांस्कृतिक सद्भावको आदानप्रदान
चियापनाको उद्देश्य अप्रत्यक्ष रूपमा थुप्रै भए पनि देखिने गरी लगाइने अर्थ भनेको सांस्कृतिक सद्भावको आदानप्रदान नै मुख्य हो । देशभित्र प्रचलित चाडपर्वहरूलाई अवसरका रूपमा मनाउने मात्रै हैन सांस्कृतिक परम्परालाई निरन्तरता दिने कुरा पनि प्रस्टै बुभ्mन सकिन्छ । गाउँबाट शहरतर्फ बसाइ सराइ र बढ्दो शहरीकरणका कारणले सामाजिक व्यवहारमा बढ्दै गएको वैयक्तिकीकरण निजित्व र एकांकी जीवनशैलीबाट आक्रान्त नेपाली समाजबाट वाक्क परेकै कारणले होला सामान्य ढंगले आयोजना गरिएका चियापान कार्यक्रममा मानिसहरूको उत्साहपूर्वक उपस्थिति र शुभकामना आदान प्रदानमा देखापरेको लहरले चियापान कार्यक्रमहरूको महìव दूरगामी हुने कुरामा शंका रहन्न । राजनीति व्यवस्था बदलियो, संविधान बदलियो, नेता बदलिए नीति बदलिए तर नेपाली समाजले परम्परागत रूपमा मान्दै र मनाउँदै आएका सांस्कृतिक चाडपर्वहरू अझ बढी रोमान्चक बन्ने कुराले नेपाली समाजको सांस्कृतिक पहिचान र वैभवप्रतिको नेपालीहरूको अगाध आस्था र विश्वास अतुलनीय नै देखियो । संस्कृतिमा समयानुकूल परिमार्जनको माग अस्वाभाविक नहोला तर भिन्न ढंगले नै सही सांस्कृतिक संरक्षणप्रतिको आम जनताको चासो हेर्न लायक र चर्चा गर्न लायक छ ।
नेता र कार्यकर्ता भेटको अवसर
चियापानको अवसरलाई नेता कार्यकर्ताको भेटघाटको उपयुक्त अवसरका रूपमा पनि अथ्र्याउन सकिन्छ । सत्तारुढ पार्टीले अन्दाजी पचास हजारलाई निम्ता गरेकोमा प्रमुख प्रतिपक्षले भने सोको दोब्बर संख्यामा आमन्त्रण गरेको खबर प्रसारण भएको थियो । जे होस् सत्तारुढ र प्रतिपक्षका नेता कार्यकर्ता र शुभचिन्तकहरू लाखौँको संख्यामा एक साथ भेटघाट भलाकुसारी र हात मिसामिस अवसर प्राप्त गरे । राजनीतिक व्यस्तताका कारणले नेताहरूलाई कार्यकर्ताले मात्रै हैन मध्यमस्तरका नेताहरूले समेत भेट्न कठिन हुने अवस्थामा पुगेको नेपाली राजनीतिमा कम्तीमा चियापान कार्यक्रमले यो अभावलाई भिन्न ढंगले मेटाउने काम गरेको छ । यस अर्थमा पनि चियापान राजनीति नेपाली समाजमा चासोको विषय बनेको छ । सत्तारुढ र प्रतिपक्ष दुवैका पार्टी कमिटीहरू अलमलमा नै छन् । नेतादेखि कार्यकर्तासम्म जिम्मेवारीविहीन जस्ता बनेका छन् । नेताहरूलाई काम गर्न र सोच्न समेत नभ्याउने तर कार्यकर्ताहरू बेरोजगार भएर फेसबुक मार्फत नेताहरूलाई सन्देश पठाउनुपर्ने अवस्थाबाट शीर्ष नेताहरूसँग प्रत्यक्ष भेट्ने, हात मिलाउने र सेल्फी खिच्ने अवसर प्रदान गर्ने चियापान कार्यक्रम निसन्देह सह्रानीय बनेको छ । पार्टीभित्रै र अरु पार्टीसँग समेत चिसो भएको बेला घनीभूत छलफल र बहस मार्फत मन माझामाझ गर्न नपाएका बेला शुभकामना आदानप्रदान गर्ने क्रममा हात मिलाउन पाएको परिघटना कम महìवको रहेन । आप्mना पार्टीभित्रका नेता कार्यकर्तासँग मात्रै हैन अरु पार्टीका नेता कार्यकतासँग पनि सामीप्य राख्न पाउने आप्mनै पार्टीका नेता कार्यकर्तासहित अरु पार्टीका नेता र कार्यकर्ता एकापसमा भेट्ने अवसरलाई कम आँक्न मिल्दैन ।
कूटनीतिक समुदायसँगको अन्तरक्रियाको अवसर
चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपालस्थित कूटनीतिक समुदाय र विकास साझेदारहरू पनि उत्साहजनक रूपमा सहभागी भए । आफूले भेट्न चाहेका तर समय उपलब्ध नभएका, दूतावासमा धाउँदा वा होटल रेस्टरामा भेट्दा अनावश्यक समाचार बन्ने डरले थातिराखेका मानिसहरूलाई भेट्ने अवसरका रूपमा उपयोग गरे । औपचारिक रूपमा नेपालका लागि कूटनीतिक प्रतिनिधि तर सही अर्थमा नेपालका लागि सूचनाका स्रोत मानिएका नेपाल स्थित नियोगहरूका लागि नेपाली राजनीतिक माहोल र अवस्था बुभ्mनका लागि उपयुक्त थलोका रूपमा उपयोग गरेको पनि पाइयो ।
चियापान अर्थतन्त्र
चियापान अर्थतन्त्रका बारेमो टिप्पणी गर्न थालेका छन् । सत्तारुढ पार्टीले पचास हजारलाई निम्ता दिँदा प्रतिपक्षले एकलाख मानिसलाई निम्तालु बनायो । प्रत्येकका लागि तयार गरिएको खाजाको हिसाब गर्दा कम्तीमा करोडको हिसाब निस्कन्छ । दशाँै लाख पार्टी सदस्य भएका पार्टीहरूका लागि करोडको खर्चलाई खर्च नै होइन भने पनि हुन्छ तर पनि यही खर्च कुनै विकास निर्माणमा लगाएको भए राम्रो हुने भन्ने सुझाव पनि समाजिक सञ्जालमा पढ्न र हेर्न पाइएको छ । दशौँ लाख पार्टी सदस्य भएका पार्टीहरूले पचास हजारलाई मात्रै निम्ता बाँड्दा उल्कापातै भयो भनेर सामाजिक सञ्जाल रंगाउनुको कुनै तुक छैन चियापानमा भएको खर्चका तुलनामा त्यसले आर्जन गरेको सामाजिक सद्भावको पुँजी कैयन गुणा बढी हुनेछ । त्यसो हो भने त राष्ट्रिय राजनीतिमा महìव राख्ने हरेक पक्षको क्रियाकलापको गुणात्मक अर्थ रहन्छ बरु राष्ट्रिय राजनीतिमा सिन्को भाँच्ने हैसियत नभएका पार्टीहरूले उस्तै उस्तै तरिकाले चियापान गर्नु, लाखौँ घरभाडा तिरेर पार्टी कार्यालय सञ्चालन गर्नु र लाखौँ नै खर्च गरेर पार्टी बैठकका नाममा महँगा रिसोर्टहरूमा जमघट गर्नु झन् हास्यास्पद नै होला । बरु राज्य आफैले बनाएको, राज्यले पालेरै राखेको र खारेज गर्न नचाहेको कानुन सामाजिक व्यवहार सुधार ऐनले गरेको व्यवस्थाको बर्खिलाप भएकोतर्फ भने चासो राख्न जरुरी छ । त्यो ऐन र यो व्यवहार कानुनका नजरमा मिल्दैनन् हेर्दा नै कुरी कुरी हुने हो कि चिन्ता भने त्यतिकै छ । त्यसो त यतिबेला भोजभतेर केन्द्रित अनुसन्धान र नियमन निकाय एवं सरोकारवालाको दृष्टि बन्द भएको छ । यसो हँुदाहँुदै पनि यसको अर्थतन्त्रका बारेमा हिसाब भने गर्न छाड्न हुँदैन । कम्तीमा लाखाँै मानिसहरूको समय, तिनको यातायात खर्च, तिनको व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरूको खर्च, उच्च पदस्थ पदाधिकारीहरूलाई निम्ता गरिएका कारणले तिनले राज्यलाई दिने सेवाको कटौतिका कारणले हुने घाटाको हिसाब गर्ने हो भने यो अर्थतन्त्रको आकार डरलाग्दो देखा पर्नेछ । यसका साथै चियापानको आयोजना पार्टी कोषबाट भयो कि कुनै दाताहरूबाट भयो भन्ने खोजी गर्न जरुरी होला । कुनै दाताको खर्चमा यो आयोजना भएको हो भने उसले असुल गर्ने अंक खर्चभन्दा धेरै गुणा ठूलो हुनेछ । त्यो पनि अप्रत्यक्ष रूपमा राज्यकै खर्च हुनेछ । पार्टी कोषबाट हुँदा पनि यो भन्दा जरुरी काममा खर्च गर्न कन्जुस्याइँ गर्ने तर चियापानमा मन फुकाएर गरिएको खर्चको पनि केही अर्थ त पक्कै लाग्दो हो । जेहोस् राज्यसँग जोडिएका सार्वजनिक संस्थाहरूका क्रियाकलापहरू त सार्वजनिक हुन्छन् नै तिनका आर्थिक कारोबार पारदर्शी हुनैपर्छ भन्ने तथ्य नजरअन्दाज गर्न सकिन्न ।
चियापान आयोजना आफैमा सद्भाव साटासाट गर्ने महìवपूर्ण अवसर हो । यो अवसर जुटाइदिने आयोजकहरू निसन्देह धन्यवादका पात्र छन् । केही आर्थिक पुँजी खर्च गरेर धेरै सामाजिक पुँजी आर्जन गरेको छ भन्ने कुरामा कुनै शंका छैन । यसका अलावा लामो समयदेखि गुम्सिएर रहेको आपसी सम्बन्धले उपयुक्त निकाससहित जीवन्तता प्राप्त गरेको हुनपर्दछ । वैचारिक राजनीतिक र सांगठनिक कामले भ्याइनभ्याई हुनुपर्ने बेलामा सत्तारुढ घटकको पार्टी एकीकरणको काम नटँुगिएका कारणले र प्रतिपक्षीको पनि पार्टीगत झमेलाका कारणले राजनीतिबाट फुर्सद पाए जसरी चियापान कार्यक्रम आयोजना कसैका लागि पनि सहज पक्कै हैन । कम्तीमा तिहार पछि भने यो अवस्थाको अन्त्य हुनेछ र राजनीतिक, वैचारिक र सांगठनिक कामले गति लिनेछ भन्ने आशा र अपेक्षा सबैको छ तर झट्ट हेर्दा राजनीति सकिएर सांस्कृतिक तरिका अवलम्बन गर्न दलहरू तँछाडमछाड गर्नपर्ने अवस्थामा नेपालको राजनीति पुगेको छ भन्नुप¥यो भने त्योभन्दा विडम्बनाको कुरा अरु हुनेछैन । यो पनि अर्थ नलागोस् कि राजनीति भनेको जनताभन्दा भिन्न र जनताले नरुचाउने काम मात्रै हो । जनताबाट टाढा रहने काम वा जनतासँग नजोडिने काम मात्रै राजनीति हो भन्ने परम्परागत राजनीतिबाट पृथक् जनतासँग हर तरहले जोडिने क्रियाकलाप आधुनिक राजनीतिको आयाम हो भन्ने अर्थमा यसबाट प्राप्त उपलब्धि र सामाजिक सद्भाव मात्रै भएछ भने पनि नेपाली राजनीतिको पुँजी बनोस् र राष्ट्र निर्माणको अभियानमा यसको योगदान रहोस् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds