प्रज्ञामा पुस्तक प्रदर्शनी

काठमाडौँ, पुस १६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले रु दुईदेखि एक हजार ४०० सम्म मूल्य पर्ने पुस्तक प्रदर्शनीमा राखेको छ ।

प्रतिष्ठानले कार्यालय परिसरमा जारी राखेको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएको छ । आगामी पुस २९ गतेसम्म चल्ने मेलामा भाषा साहित्य, दर्शन, समाजशास्त्रबारे लेखिएको पुस्तक राखिएको मेलाका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार मैथिली, भोजपुरी, गुरुङ र लिम्बू जातिका भाषाको शब्दकोषसँगै मानिसको जन्मदेखि मृत्युसम्मको जातीय संस्कारबारे जानकारी दिने पुस्तक पनि बिक्रीका लागि राखिएका छन् ।

पृथ्वीजयन्तीको उपलक्ष्यमा आयोजना गरिएको प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पाठकको सुविधाका लागि छुटसहित पुस्तक प्रदर्शनीमा राखिएको बताउनुभयो । (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds