नक्कली डीएसपी बन्ने पक्राउ

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २८ गते । पुतलीसडकस्थित होटल तिरुपतिबाट नक्कली डिएसपी बनेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । आफूलाई नेपाल प्रहरीको डिएसपी बताउने भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापालाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार होटल तिरुपतिको कोठा नम्वर–२०३ मा १४ दिनदेखि बस्दै आएका थापाले कार्यालय कामकाजको सिलसिलामा होटलमा बस्नुपरेको भन्दै कोठाको रकम नै नतिरेको गुनासो होटल ब्यवसायीको छ ।
अभियुक्त थापाले दरवारमार्ग र ठमेल क्षेत्रका रेष्टुराँहरूमा मदिरा तथा अन्य परिकार खाएको रकम समेत नतिरि हिँड्ने गरेका थिए । डिएसपीको नक्कली कार्ड देखाइ थापाले यस्तो बदमासी गर्ने गरेको जानकारी परिसर प्रहरीले दिएको हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds