नेता अधिकारी अस्वस्थ

काठमाडौँ, पुस २८ गते । पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना हुनुभएको छ । 

छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भँैसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उहाँका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिनुभयो ।
चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको उहाँले बताउनुभयो । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।
८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइ रहेको छ ।
उहाँको उपचारमा डा राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds