चीनमा ११ को मृत्यु, नौ घाइते

हेफेइ, चीन, माघ २७ गते । चीनको पूर्वी प्रान्तमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।
 
चीनको अन्हुइ प्रान्तमा भएका दुई सवारी दुर्घटनामा परी अरु ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
 
आइतबार बिहान अन्हुइमा भएको एउटा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने अरु चार जना घाइते भएका हुन् ।
 
स्थानीय समयअनुसार विहान ५.१२ मा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी चार जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
 
घाइते अरु चार जनाको अवस्था स्थीर रहेको जनाइएको छ । अर्को दुर्घटना स्थानीय समय अनुसार ८.११ बजे विहान लुजिङको हेफेइमा भएको हो ।
 
यस दुर्घटनामा पनि छ जनाको मृत्यु भएको र पाँच जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएका छन् । (रासस/सिन्ह्वा) 
थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds