बाँझो जग्गा भाडामा लिई तरकारी खेती

परशुराम, माघ २८ गते । डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका पाँच युवाले सामूहिक खेती गर्दै आएका छन् । पच्चीस वर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा रु २५ लाख आम्दानी गरेका छन् ।

स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले ‘भागेश्वर एग्रिकल्चर एण्ड लाइभस्टक’ स्थापना गरी सामूहिक रुपमा तरकारी खेती गर्न थालेका हुन् । उनीहरूले १२ जनालाई रोजगारीसमेत दिएका छन् । यस क्षेत्रका अन्य युवा