नेपाली काँग्रेसमा आवश्यक सामूहिक नेतृत्व

Tarini datta chatautतारिणीदत्त चटौत

गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म नेपाली काँग्रेसको महासमिति बैठक काठमाडौँमा सम्पन्न भयो । महासमितिको मुख्य मुद्दा, नेपालको संविधानअनुसार पार्टीको विधान संशोधन गरी सङ्घीय संरचनामा जाने विधान निर्माण गर्नु थियो । महासमितिमा विधानकै विषयमा बढी छलफल र बहस पनि भयो, जुन स्वाभाविकै थियो तर नेतृत्वको अकर्मण्यताका कारण विधानको मस्यौदा समयमै महासमितिमा प्रस्तुत हुन सकेन ।
लामो समयपछि अन्ततः केन्द्रीय कार्यसमिति एउटा सहमतिमा पुग्यो र विधान संशोधन प्रस्ताव महासमितिको बैठकमा प्रस्तुत गरियो । यस कार्यमा यति विलम्ब किन गरियो वा भयो ? समयमै किन सहमति खोजिएन वा खोज्ने प्रयास गरिएन ? किन महासमितिका सदस्यलाई निराश भएर फर्किन बाध्य तुल्याइयो ? यसको उत्तर नेतृत्वको अकर्मण्यतामा छ । त्यसैकारण त्यस्तो परिस्थिति आयो, यो दुःखद विषय हो । नेपाली काँग्रेसको विधान, देशको संविधानअनुसार सङ्घीय ढाँचामा लैजानु पर्ने बाध्यात्मक परिस्थिति थियो ।
संविधानमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था राखिनु राम्रै पक्ष हो । केन्द्रमा यसभन्दा पहिले निर्वाचनबाट चुनिने कोषाध्यक्ष पदमा अहिले आएर निर्वाचनको प्रकृया हटाई निर्वाचित केन्द्रीय सदस्यमध्येबाट प्रस्तावित गरी सभापतिले मनोनित गर्ने प्रावधान किन अपनाइयो ? कोषाध्यक्ष मनोनित गर्ने नयाँ प्रावधान किन गरियो ? कोषाध्यक्षबाट सभापति अनुकूल बजेट सङ्कलन र संचालनमा सहुलियत हुने ध्येयले यसो गरिएको हो ? वा सभापतिको पदाधिकारीमा बहुमत कायम राख्न हो ?, जे सुकै सोचाइले भए पनि यो अमिल्दो छ ।
२०१२ सालमा नेपाली काँग्रेसको वीरगञ्ज महाधिवेशनबाट सुवर्णशम्शेर सभापतिमा निर्वाचित हुनु भयो । पार्टी सञ्चालनका लागि सुवर्णशम्शेर कुशल एवं त्यागी नेता हुनुहुन्थ्यो । सुवर्णजीले पार्टी सङ्गठन सुदृढ गर्न कुशलताका साथ नेतृत्व पनि गर्नुभयो । उदारता एवं त्यागका प्रतिमूर्ति सुवर्णशम्शेरले २०१४ साल, जेठमा विराटनगरमा पार्टीको विशेष महाधिवेशन बोलाउनु भयो । तत्कालीन परिस्थितिमा बी.पी. कोइरालाले नेतृत्व लिनु पर्छ र पार्टीलाई अभैm सङ्गठित पार्नुपर्छ भन्ने मन्तव्य राख्दै सुवर्णशम्शेरले बी.पी. लाई सर्वसम्मत रूपले सभापति चयन गराउनुभएको थियो ।
महान् नेताको त्याग र दूरदृष्टि सहितको अनुकरणीय आदर्श र पार्टीप्रतिको समर्पण थियो । यसको परिणामस्वरूप बी.पी. को नेतृत्वमा नेपाली काँग्रेसले २०१४ सालमा भद्रअवज्ञा आन्दोलन ग¥यो र राजाले आमनिर्वाचनको घोषणा गर्न बाध्य हुनुप¥यो । २०१५ साल, जेठमा नेपाली काँग्रेसका नेता सुवर्णशम्शेरको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भयो र २०१५ सालमा देशमा पहिलोपल्ट आम निर्वाचन सम्पन्न भयो । निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेको थियो । २०१६ साल, जेठमा बी.पी. कोइरालाको प्रधानमन्त्रीत्वमा नेपाली काँग्रेसको जननिर्वाचित सरकार बन्यो, र यो नेपाली काँग्रेसको गौरवमय इतिहास हो ।
अब नेपाली काँग्रेसको महाधिवेशन गराउने समय पनि त्यति टाढा छैन । यसलाई टार्दै जाने गर्नुहुन्न, समयभित्रै सम्पन्न गर्नुपर्छ । गत निर्वाचनमा उम्मेदवारको छनोटदेखि अरू कतिपय कुरामा विवाद भए । केन्द्रीय कार्यसमितिका सदस्यहरूले मात्र होइन, संसदीय बोर्डमा रहेका सदस्यहरूले पनि प्रत्यक्ष र समानुपातिक दुवै प्रकारको उम्मेदवारको नामावली देख्न नपाएको भन्ने व्यापक असन्तुष्टि प्रकट गरेका थिए । यस्ता कतिपय गुनासा अभैm पनि छन् । त्यतिबेला नेपाली काँग्रेसको नेतृत्वले एकलौटि किसिमले उमेदवार तोक्ने काम ग¥यो, धेरैलाई यसको जानकारीसम्म पनि भएन भन्ने कुरा आएको थियो । सबैको सल्लाहबाट टुङ्गोमा पु¥याउनु पर्ने उम्मेदवार छनौट सम्बन्धी विषय केवल सभापति एक्लैले गरे भन्नेसम्मका गुनासा सार्वजनिक रूपमै आए । पार्टी कस्तो तरिकाले सञ्चालन भइरहेको छ भन्ने उदाहरण हुन् यी ।
नेपाली काँग्रेस यस्तो अपारदर्शी एवं अप्रजातान्त्रिक ढङ्गले सञ्चालन गरिनु भनेको पार्टी र प्रजातन्त्रका लागि मात्र नभई राष्ट्रकै लागि चिन्ताको विषय हो । त्यसैले हामीले नेपाली काँग्रेसको इतिहासलाई हेर्दै अबका दिनमा नेपाली काँग्रेसलाई पुनः सामुहिक नेतृत्वमा सञ्चालन गरिनु अनिवार्य भइसकेको छ । २०१७ साल अघि नेपाली काँग्रेसका चार शीर्षस्थ नेता– बी.पी. कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय हुन् भन्ने प्रचलित भनाइ नै थियो; देश भरमा । नेपाली काँग्रेस यस्ता अनेक त्याग, तपस्या र महìवपूर्ण विशेषता भएका नेताहरूको काँधमा टिकेको पार्टी थियो । यिनै नेताको कुशल नेतृत्वमा नेपाली कँंग्रेसको सङ्गठन सबै प्रकारले संरक्षित पनि थियो, नेताहरूको आपसी सुझबुझबाट पार्टी अघि बढेको सत्यतथ्य मननीय छ । यी चार नेताको संयोजनबाट नेपाली काँग्रेसको सङ्गठन देशभर सुदृढतापूर्वक विस्तार भएको थियो ।
प्रत्येक नेता एक्लै पनि पार्टी सञ्चालन गर्न सक्षम एवं कुशल हुनुहुन्थ्यो । त्यसमा पनि बी.पी. त कुशाग्र बुद्धि भएका नेता भएको कुरा कतै लुकेको छैन । एक से एक यस्ता महारथी नेताले पनि सामूहिक नेतृत्वमा काम गरे र २००७ सालमा एकतन्त्रीय राणाशासनको अन्त्य गरेर प्रजातन्त्र स्थापना गर्न महìवपूर्ण योगदान गर्नुभएको कुरा स्मरणीय छ ।
बी.पी. कोइराला र गणेशमान सिंह राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर २०३३ साल, पुसमा स्वदेश फर्कनुभयो, विमानस्थलमै उहाँहरूलाई पक्राउ गरियो । २०३४ साल, जेठमा बन्दीगृहबाटै बी.पी. कोइरालालाई उपचारको निमित्त अमेरिका जान अनुमति मिलेपछि उपचार गराएर उहाँ असोजमा भारत पुग्नुभयो । सुवर्णशम्शेर त्यस बेला निकै अस्वस्थ हुनुहुन्थ्यो र बी.पी.लाई भेट्न खोजिरहनुभएको थियो । त्यसैले कलकत्ता पुगेर बी.पी.ले सुवर्णशम्शेरसित भेट्नुभयो । त्यतिबेलाको भेटमा सुवर्ण शम्शेरले आपूm अस्वस्थ भएकाले नेपाली काँग्रेसलाई अब वी.पी.ले नै सम्हाल्नु पर्छ भन्नुभएको थियो ।
देश प्रवेश गर्नै बित्तिकै आपूm पक्राउ पर्न सक्ने अवस्थालाई दृष्टिगत गरेर बी.पी.ले अरू केही समय सुवर्ण शम्शेरलाई नै पार्टी सम्हाल्न आग्रह गर्नुभयो तर सुवर्ण शम्शेरले मान्नु भएन । अनि पार्टी सञ्चालनको जिम्मा वी.पी.ले लिनु प¥यो । त्यसपछि सुवर्ण शम्शेरको स्वास्थ्य झन् बिगँ्रदै गयो भने गणेशमान सिंह नेपालको जेलमै हुनुहुन्थ्यो ।
बी.पी. कोइरालाले आपूmले पुनः नेपाल फर्कनुभन्दा पहिले २०३४ साल, कात्तिकमा भारतको पटनामा नेपाली काँग्रेसको सम्मेलन बोलाउनुभयो । देशभरिका सबै प्रतिबद्ध कार्यकर्ता त्यो सम्मेलनमा उपस्थित थिए । पटनामा भएको यही सम्मेलनमा बी.पी.ले कृष्णप्रसाद भट्टराईलाई नेपाली काँग्रेसको कार्यवाहक सभापति तथा गिरिजाप्रसाद कोइराला र परशुनारायण चौधरीलाई महामन्त्रीमा प्रस्तावित गरी अनुमोदन गराउनु भएको थियो । त्यसपछि नेपाली काँग्रेसलाई अरू कृयाशील पारेर सङ्गठन विस्तार गरियो । २०३४ साल, कात्तिकमै सुवर्णशम्शेरको देहावसान भएको थियो ।
त्यसपछि बी.पी. कोइरालाको स्वास्थ्य निकै गम्भीर हुँदै गयो । उहाँले पछिल्ला दिनमा गणेशमान, किसुनजी र गिरिजाबाबुले मिलेर पार्टी चलाउनु हुनेछ भन्नुभएको थियो । यसरी बी.पी. सदैव पार्टीलाई सामूहिक रूपमा चलाउनु पर्छ भन्ने पक्षमा रहनुभयो । नेपाली काँग्रेसको विगत र अहिलेको परिस्थिति हेर्दा पार्टीलाई सामूहिक नेतृत्वमा चलाउनु पार्टी हितमा हुनेछ । आगामी अधिवेशनमा सभापति जो सुकै भए पनि अब पार्टी पुनः सामूहिक नेतृत्वमा जानु पर्ने आवश्यकता छ । यस्तो भएमा मात्र पार्टीको सङ्गठनमा सुदृढता आउनेछ । पार्टी जनताका पक्षमा र राष्ट्रको समृद्धि एवं विकासका लागि काम गर्न सफल हुनेछ ।

(लेखक नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री हुनुहुन्छ)

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना