सामाजिक रूपान्तरणका चुनौती

yogendra timsinaयोगेन्द्र तिमिल्सिना

व्यक्तिका परम्परागत प्रवृत्ति, मूल्य र मान्यताहरूलाई समूल परिवर्तन गर्न राज्यका नियम र कानुनले मात्र पुग्दैन । एउटा व्यक्ति वा कुनै समूहले विद्रोह गरेर मात्र पनि समाज सहजै रूपान्तरण हुनसक्दैन । मानिसको सामूहिक चेतनामा परिवर्तन ल्याउनसके मात्र चिरस्थायी सामाजिक रूपान्तरण सम्भव हुनसक्छ । छोटो समयमा कुनै परिवर्तन नै हु“दैन भन्ने होइन तर परिवर्तित सामाजिक सन्दर्भमा मानिसका परम्परागत धार्मिक, सांस्कृतिक प्रवृत्ति तथा मूल्य मान्यताहरू स्थायी रूपमा परिवर्तन गर्न भने व्यापक रूपमा सामाजिक चेतनाका दीर्घकालीन अभियानहरू नै चलाउनु पर्ने हुन्छ । व्यक्तिका धार्मिक, सांस्कृतिक र परम्परागत मूल्य तथा मान्यताहरूलाई बलजफ्ती परिवर्तन गर्न खोजियो भने समाजले ठूलो क्षति व्यहोर्नु पर्ने हुन्छ भन्ने कुरा सन् १९६६ मा शुरु भई १९७५ मा समाप्त भएको दश वर्षे चिनिया“ सांस्कृतिक क्रान्तिले देखाइसकेको छ ।
सामाजिक कुरीति र कुसंस्कार आफैँ सिर्जित होइनन्, मानवीय संस्कार र सामाजिक रीति रिवाजहरू आदिमकालदेखि समाजले नै स्थापित गर्दै ल्याएका हुन् । विकास, सभ्यता र सामाजिक परिवर्तनको सन्दर्भमा वर्तमान अवस्थामा कतिपय कुरा असान्दर्भिक अथवा कुसंस्कारको रूपमा हेरिन्छ । उदाहरणको निम्ति नेपालमा छाउपडी यस्तै एउटा कुसंस्कार हो । कतिपय स्थानमा परिवारका सदस्यहरूको सहयोगमा यो कुसंस्कार हट्दै गएको समाचार पनि आएको छ । लामै समयको अन्तरालमा भए पनि जनचेतना र परिवारका सदस्यहरूको साथ पाएमा यस्तो कुप्रथा हटाउन सकिन्छ । परिवारहरूको सामूहिक नाउ“ नै समाज हो । विगत पाँच दशकमा आएका सामाजिक सुधारहरूले पनि समाजमा परिवर्तन क्रमशः सम्भव छ भन्ने देखाउ“छ ।
मुलुकी संहिताले छाउपडीलाई अपराध मानेपछि अछाममा सामूहिक छाउघरलाई बैठक घरमा परिणत गरी गाउ“मा हुने बैठक, तालिम र सामूहिक कार्यक्रमहरू त्यही घरमा सञ्चालन गरिने भनिए पनि समाजमा छाउपडी प्रथा हटेको छैन । सार्वजनिक रूपमा छाउघर बन्द गरिए पनि महिलाको मासिक चक्रको समयमा कसैलाई नछोई अलग्ग बसेर बार्ने चलन अब समाजमा हराएर गयो भन्न सक्ने अवस्था छैन । यद्यपि छाउघर बन्द गर्ने यस अभियानलाई पनि केही सुधार मान्नै पर्ने हुन्छ । महिलाको मासिक चक्रको समयमा बार्नु वा नबार्नु अथवा त्यसका फाइदा, बेफाइदा के हुन् भन्ने कुरा बुझ्न जबसम्म सरोकारवाला आफैँ सक्षम हु“दैन, उसले यस कुरालाई आत्मसात् गर्न सक्तैन । उसले आफै“ त्यस कुराको महसुस गर्नसके मात्र कुरीति अन्त भएर जान्छ । गाउ“भित्रैबाट शिक्षा र चेतनाका कार्यक्रमहरू व्यापक रूपमा ल्याई सबैले यस कुरालाई आत्मसात् गर्नसके मात्र परिवर्तन सम्भव हुन्छ । त्यसका लागि ऐन, कानुन भनेका डुब्न लागेको मानिसलाई त्यान्द्राको सहारा भनेजस्तै हो ।
बोक्सीको आरोप लागी पीडित कैलालीकी राधासँग गाउँलेहरूले बोल्न बन्द गरी उनलाई एक्ल्याएको समाचार मननयोग्य छ । राज्यको कानुनले अपराधीलाई दण्डित ग¥यो तर पनि उनलाई समाजले एक्ल्याउने प्रयास गरिरहेको छ । यो समाचारबाट हामीले एउटा महìवपूर्ण शिक्षा लिनुपर्छ, कुनै पनि सामाजिक परिवर्तनका लागि सबैभन्दा पहिले मानिसको सामाजिक–सांस्कृतिक रूपान्तरण आवश्यक पर्छ, परिवर्तन झ्वाट्ट एकैचोटि हु“दैन । राज्यको कानुनले राधालाई साथ दिए पनि उनको समाज रूपान्तरण हुन सकेको छैन । त्यसैले राजधानीको माइतीघर मण्डलामा भेला भई विरोधस्वरूप नाराजुलुस गर्दैमा सुदूर ग्रामीण क्षेत्रमा सामाजिक परिवर्तन सम्भव छैन । यस्ता नाराजुलुसले राज्यको नियम कानुन परिवर्तन गराउन भूमिका खेल्न सक्छन् तर शहरी नाराजुलुसको प्रभाव गाउ“का कुना कुनासम्म पुग्छ भन्न सकिँदैन । जबसम्म हामी राधाको गाउ“मा शिक्षा, स्वास्थ्य र जनचेतनाका कार्यक्रमहरू लिएर निरन्तर जाने गर्दैनौँ तबसम्म गाउ“मा राधा एक्लै हुनेछन् ।
राजनीतिक नेतृत्वले मानिसका धार्मिक–सांस्कृतिक आस्थालाई बलपूर्वक लाद्न चाह्यो भने त्यो सफल हुन सक्दैन । कम्युनिस्ट राजनीतिमा कुनै बेला धर्मलाई अफिम भनिन्थ्यो । सांस्कृतिक क्रान्तिका नाममा चीनमा मठ मन्दिर भत्काउने काम भयो तर त्यो सफल हुन सकेन किनभने चिनिया“ जनताले आर्थिक–सामाजिक रूपान्तरणमा साथ दिए पनि धार्मिक आस्था र पुराताìिवक महìवका निर्माणहरू मास्न चाह“दैनथे । नेपालमा पनि माओवादी द्वन्द्वकालमा समेत ठाउ“ ठाउ“मा अनिष्ट भयो, अनेकौँ पुराताìिवक महìवका निर्माणहरू ध्वस्त भए । यस्ता कार्यले मानिसहरूका मनमा घृणा मात्र पैदा ग¥यो, उपलब्धि केही हुन सकेन ।
आज हामी विश्वव्यापी खुला बजार अर्थतन्त्रको साइबर संस्कृतिस“ग जुझिरहेका छौँ । मोबाइल, ल्यापटप, ट्याबलेट जस्ता विद्युतीय सामग्रीहरूको सर्वसुलभता र इन्टरनेटमार्फत सूचनाको विश्वव्यापीकरणले गर्दा पश्चिमाहरूको संस्कृति र छाडापनले हामीलाई कति धेरै गा“जेको छ भने हामीलाई हाम्रा सबै परम्परा र मान्यता काम नलाग्ने हुन् भन्ने भ्रम परेको छ । स्कुले केटाकेटीहरू सानै उमेरदेखि पोर्न फिल्मदेखि जासुसी र अपराधिक गतिविधिका वेबसाइटहरूस“ग परिचित छन् ।
समाज सामाजिक नियमले मात्र सञ्चालन हुन सक्छ । ऐतिहासिक परम्परा र संस्कारअन्तर्गतका सामाजिक मर्यादा र नीति नियमहरूका आधारमा चलिरहेको समाजलाई नया“ उपभोक्तामुखी बजारीकरणको आधुनिक सिद्धान्तले गा“ज्दा पुराना मान्यताका डोरीहरू चु“डिए र नैतिक मान्यताका नया“ नियम र सीमाहरू हाम्रो सभ्यता अनुकूल भएन ।
लैङ्गिक दुव्र्यवहारका घटनाहरू नियमितजसो सञ्चार माध्यमहरूमा आइरहेको सन्दर्भमा यसका कारक तìवहरू के हुन् हामीले खोजी गर्नुपर्छ र तिनको निराकरण गर्न अहिलेदेखि नै पाइला चाल्नुपर्ने हुन्छ । व्यक्तिगत लाभ र सन्तुष्टिको निम्ति अहिले मानिसले न कुनै नैतिकता हेर्छ न समाज । विवाहजस्ता पवित्र संस्कार र नैतिक बन्धनबाट नियमित भएको प्राकृतिक यौन प्रजनन् प्रक्रियाले अब मनोरञ्जनको ठाउँ लिन थालेको छ । मानिसले नितान्त स्वार्थी र व्यक्तिगत मनोरञ्जन र आवश्यकता परिपूर्तिको निम्ति न नैतिकता हेर्छ र न त्यसको  परिणाम । अहिलेको पुस्ता ‘भर्चुअल’ र ‘डिजिटल’ यौनमा अभ्यस्त हुन थालेको छ । सानै उमेरदेखि केटाकेटीहरूले ट्याबलेट खोल्ने र अनेकौँ अश्लील, अपराधिक र उत्तेजक दृश्यहरू हेर्नसक्ने भएकोले उनीहरूमा एक प्रकारको कुण्ठा र उत्तेजनात्मक आवेशहरू बढ्ने भएको हुँदा विवाहपछि हुने जैविक यौन सम्बन्धप्रति यो पुस्ता सन्तुष्ट हुनसक्दैन । अहिले धेरै वैवाहिक सम्बन्धहरूमा असन्तुष्टि र कलह देखापर्नुको महìवपूर्ण कारण यो पनि हो । लैङ्गिक विभेदका विभिन्न घटनाको कारण पनि यसलाई लिन सकिन्छ । बलात्कारजस्ता अपराधजन्य क्रियाकलाप पनि यसैबाट प्रभावित छ । आर्थिक र सामाजिक विकासमा पछि परेका मुलुकका मानिसहरू जति जति बिग्र“दै जान्छन् आजको बजारलाई त्यति नै फाइदा पुग्छ । आजको उपभोक्तावादी बजारले नाफा हेर्छ, सामाजिक हित हेर्दैन ।
हाम्रो मुलुकमा राजनीतिक व्यवस्था परीक्षण गर्दा गर्दै सात दशक बितिसके । त्यसैले अब आर्थिक विकासका कार्यक्रमका साथै सामाजिक रूपान्तरणका प्रयासहरूको मात्र खा“चो छ । लैङ्गिक, जातीय वा क्षेत्रीय अन्तरविरोध मात्र चर्काएर परिवर्तन सम्भव हु“दैन । अब हामीले अन्तरविरोध चर्काउने कुरा गरेर मात्र हु“दैन, स्थिरता पनि खोज्नुप¥यो । महिला र पुरुषका बीचमा अन्तरविरोध छैन, अन्तरविरोध त अपराधिक गतिविधि, हिंसा र मनोविज्ञानमा छ । पितृसत्तात्मक समाजलाई परिवर्तन गर्न अब हामीले कस्तो व्यवस्थापन गर्नुपर्ने हो विधिवत स्थापना गरौँ, कसैलाई दोष दिने काम नगरौँ । जातीय र क्षेत्रीय द्वन्द्व उराल्ने बेला अब छैन । लोकतान्त्रिक प्रक्रियाबाट शासन गर्न पुगेका मानिसहरूलाई हटाउन अब लोकतान्त्रिक विधिबाट नै प्रतिस्पर्धामा आउ“ ।
हामीले जतिसुकै समानता र ठूला कुरा गरे पनि पहाड–मधेशका अशिक्षित र सीमान्तकृत विपन्न वर्गहरूको जबसम्म आर्थिक सुधार हुँदैन सामाजिक रूपान्तरणका कुरा पनि कल्पना मात्र हुनेछ । अहिले गाउँगाउँमा जनचेतना र आर्थिक सुधारको जिम्मेवारी हामीले विदेशी गैरसरकारी संस्थाहरूलाई सुम्पेका छौँ । यी संस्थाहरूले हाम्रो आफ्नो सभ्यता र संस्कृतिको ख्याल नगरी पश्चिमा रहनसहनका आधारमा यहाँ विकृति फैलाइरहेका हुन्छन् । जबसम्म विदेशी संस्थाबाट कार्यक्रमहरू खोसेर हामीले आफ्नै पहलमा गाउँगाउँमा पुगेर गाउँलेहरूकै सहभागितामा विकासका गतिविधिहरू सञ्चालन गर्न सक्दैनाँै तबसम्म सामाजिक रूपान्तरणको मुहान् खोज्ने कुरा पनि देखावटी नारा मात्र हुनेछ ।

(लेखक आख्यानकार, समालोचक हुनुहुन्छ)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना