पोल ढल्दा विद्युत अवरुद्ध

हुम्ला समाचारदाता

bidhutसिमकोट माघ २९ गते । हिमपात पछि हुरी बतासले पोल ढल्दा दुई वटा गाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । पोल ढलेर विद्युत अवरुद्ध हुने सिमकोट गाउँपालिकाको वडा नम्बर १, २ र ८  रहेका छन् ।
तीन दिन अगाडी हिमपात पछि हावा हुरी लाग्दा विद्युतको पोल ढले पछि विद्युत सेवा अवरुद्ध भएको सिमकोट २ का अनिल परियारले बताउनुु भयो । ठुलो हावा लागे पछि गाडिएका पोल ढल्दा विद्युत अवरुद्ध भए पनि कार्यालय मौन बसेको परियारले आरोप लगाएका छन् । यसरी पोल ढलेर ठेहे र दोजाम गाउँका पाँच सय घरधुरीमा अन्धार छाएको उहाँले बताउनुु भयो ।
विद्युत अवरुद्ध हुँदा अन्धकार मात्र छाएको छैन विद्युतबाट हुने अन्य कामहरु पनि प्रभावित भएको उहाँले बताउनुु भयो । त्यसै गरि सोही हावा हुरीबाट सिमकोट आठको स्याँडा गाउँमा पनि विद्युत सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन् । कार्यालयले स्थानीयको गुनासो सुनुवाई नै नगरेको बताएका छन् । उक्त गाउँमा नब्बे घरधरी विद्युत सेवाबाट बन्चित भएका छन् । यस सम्बन्धमा हिल्दु विद्युत वितरण केन्द्र संग बुझ्दा ठुलो हिमपातले ठाँउ ठाँउमा क्षती पुर्याएको र तत्काल मर्मत गर्न सकिने अवस्था नभएको र घाम लागे पछि प्राविधिक कर्मचारी खटाएर मर्मत गरिने जनाएको छ ।
अर्को पाँच सय किलोवाट विद्युत उत्पादन गर्ने क्षमता भएको आयोजनाले कहिल्यै पनि पुरा क्षमताको विद्युत उत्पादन गर्न सकेको छैन । जसले गर्दा सिमकोटमा दैनिक आठ घण्टासम्म लोड सेडिङ भइरहेको छ । अहिले पनि २३० किलोवाट विद्युत उत्पादन हुने गरेको छ जब कि आयोजनाले विद्युत सप्लाई गरेका सिमकोट र खार्पुनाथ गाउँपालिकामा एक मेघावाट विद्युतको माग रहेको निमित्त प्रमुख खड्काले बताउनुु भयो । पुरा क्षमताको विद्युत उत्पादन गर्ने पानीको श्रोतको कमीले गर्दा पावर हाउसमा दुई वटा मेशिन भए पनि एउटा मेशिन कहिल्यै चलेको छैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना