सरस्वती सेमिफाइनमा प्रवेश    

काठमाडौँ, वैशाख  १८ गते । ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लब दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा मङ्गलबार दिउँसो भएको तेस्रो क्वार्टरफाइनल खेलमा सरस्वती आयोजक दीपशिखा युवा समूहलाई २–० ले पराजित सेमिफाइनमा पुग्न सफल भएको हो । सरस्वतीको जितमा सुजित बुढाथोकी र सञ्जीव लामाले एक÷एक गोल गरे ।    
    
खेलको ३६औँ मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै सरस्वतीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए भने खेलको ७७औँ मिनेटमा सञ्जीव लामाले गोल गर्दै सरस्वतीलाई २–० को जित दिलाएका थिए । सरस्वतीका सुजित बुढाथोकी खेलको म्यान अफ दि म्याच घोषित भए । वैशाख १५ देखि शुरु भएको प्रतियोगितामा आयोजकसहित आठ समूहको सहभागिता रहेको छ । फाइनल खेल भने वैशाख २२ गते हुने आयोजक दीपशिखा युवा क्लबले जनाएको छ ।    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds