रथ तान्ने साइत जेठ २३ मा

गोरखापत्र समाचारदाता

ललितपुर, जेठ ११ गते । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ ठटीबाट जावलाखेलतर्फ लगिने दिनको साइत जेठ २३ गते जुरेको छ । यही दिन रथ जावलाखेलमा आउन सक्यो भने भोटो देखाउने साइत जेठ २६ गते पर्नेछ ।
गुठी संस्थान पाटन शाखा प्रमुख शैलेन्द्र पौडेलका अनुसार, २३ गते साँझ जावलाखेलमा रथ पु¥याउने गरी नै यहाँ पूर्व तयारी भएको छ । रथ जावलाखेल आएको चौथो दिनमा भोटो देखाउने प्रचलन छ । यसका लागि रथको अवस्था अवलोकनसमेत गरिएको छ ।
रथलाई ठटीबाट जावलाखेलमा ल्याउने विषयमा ज्यापू समाजबीच विमर्श भइरहेको जावलाखेल जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिनुभएको छ ।
भोटो प्रदर्शनपछि मच्छिन्द्रनाथलाई तामदानीमा राखेर बुङ्गमतीमा लैजाने विषयमा पनि परामर्श भएको छ । नाथ भोटो जात्रा सक्याएर बुङ्मती लाग्नु भए पछि बुङ्मतीमै ६ महिना रहनुहुनेछ । ६ महिनाअघि नाथलाई बुङ्मतीबाट पाटन तःबहाल ल्याइएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds