गायक विष्टलाई आर्थिक सहयोग


हुम्ला समाचारदाता

सिमकोट जेठ १९ गते । मोटरसाईकल दुर्घटनामा परी घाईते हुनु भएका कालिकोट जिल्लाका देउडा गायक पाण्डव विष्टलाई हुम्लाका युवाहरुले ७४ हजार ७४० रुपियाँ आर्थिक सहयोग गर्नु भएको हो । देउडा गायक विष्टको उपचारमा सहयोग पुर्याउनका लागि हुम्लाका युवाहरु मिलेर उक्त आर्थिक सहयोग संकलन गरेर विष्टलाई प्रदान गरिएको आर्थिक सहयोग संकलन गर्न पाण्डव बचाउ अभियानका सदस्य उजिर रावतले बताउनु भयो । उक्त अभियान खार्पुनाथ युवा क्लबले संचालन गरेको हो । घाईते अवस्थामै यतिखेर जिल्लामा संचालन भइ रहेको “बाईजाउ हुम्ला” कार्यक्रममा आउनु भएका गायक विष्टले हुम्लाका युवाहरुको मायाले आफ्नो उपचारमा सघाउ पुग्ने बताउनु भयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds