विवाददेखि अदालतसम्म !

 डिल्लीराम मिश्र

जहाँ मर्यादा पालन हुन्छ, त्यहाँ कानुन चाहिँदैन । जहाँ मर्यादा पालन हुँदैन, त्यहाँ कानुन लागू हुँदैन । नेपालको सामाजिक इतिहासमा मर्यादाको पतन, बेथिति र अनुशासनहीनता अहिले जत्तिको कहिल्यै भएको थिएन । सन्दर्भ काव्यिक क्षेत्रको हो । कविले मात्रै प्रतिस्पर्धा गर्ने राष्ट्रिय कविता महोत्सवको घट्दो साख, अनुशासनहीनता र मर्यादा उल्लङ्घनका कारण बर्सेनि विवाद हुनेगरेको छ । कविता विधालाई उर्वर एवं प्रभावकारी बनाउने उद्देश्यले तत्कालीन नेपाल एकेडेमीले आफ्नो जन्मकालको आठ वर्षपछि वि.सं. २०२२ सालदेखि देशव्यापी रूपमा ‘राष्ट्रिय कविता महोत्सव’ प्रतियोगिता सञ्चालन गर्दैआएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको जन्मजयन्ती मनाउने सन्दर्भमा प्रत्येक वर्ष असार ९ गते देशव्यापी प्रतियोगितात्मक कविता महोत्सव आयोजना गरिने परम्परा आजसम्म कायम रहँदैआएको छ र ५५ वर्षमा ५० वटा प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल एकेडेमीका संस्थापक कुलपति एवं तत्कालीन राजा महेन्द्रद्वारा वि.सं. २०२२ देखि औपचारिक रूपमा समसामयिक विषयमा कविता लेख्ने परम्परा प्रारम्भ गरिएको थियो । यसले आजसम्म पनि निरन्तरता पाइरहेकै छ ।
देशव्यापी चासोको यो महोत्सवको जति चर्चा हुन्छ, उति नै विवाद पनि हुँदैआएको छ । यस्तै विवादको घेरोमा वि.सं. २०७२ को कविता प्रतियोगिता पनि प¥यो । कविले आफ्नो हक स्थापित गर्न अदालतको सहारा लिनुपर्ने अवस्था आयो । वैशाख १२ गते गएको विनाशकारी भूकम्पको कारण असार ९ गते सम्पन्न हुनुपर्ने प्रतियोगिता चैत १४ गते मात्र सम्पन्न भएको थियो । त्यो वर्षको कविता महोत्सवको रमाइलो पक्ष के देखियो भने प्रतियोगितामा कविता वाचन हुनुभन्दा चार दिन अगावै पुरस्कृत पाँच जना कविको नाम प्रथम, द्वितीय र तृतीयसहित जनआस्था साप्ताहिकमा ‘प्रज्ञाभित्र अनेकखाले प्रपञ्च’ शीर्षकमा प्रकाशित भयो । यसरी पहिले नै नाम सार्वजनिक हुनुमा दोषी को हो त ? छनोट समितिमा रहेकाहरूले नै सार्वजनिक गरेको होइन र ? dilliram mishra
छनोट समितिमा राजनीतिक दलसँग नजिक रहेका व्यक्तिहरूको नै भागवण्डाका आधारमा सहभागिता रहने गरेको हुँदा आफ्नो पार्टीको नजिक रहेको कविलाई पार्न सफल भएकोमा उनीहरूले नै नाम सार्वजनिक गरेको अनुमान गर्न सकिन्छ । छापामा जुनजुन कविका नाम बाहिर आएथे, प्रतियोगिताको नतिजा आउँदा तिनै नाम पुरस्कृत भएपछि अनुमान सही मान्नुपर्ने अवस्था देखियो । प्राज्ञिक मर्यादा, अनुशासन र गोपनीयताको ख्याल नगरिएपछि राष्ट्रिय कविता महोत्सवको साखमा नै आँच पुगेको धेरैले भन्दैआएका छन् । विगतमा हजारभन्दा बढीले प्रतियोगितामा भाग लिँदै आएकोमा यस्तै विवादका कारण सहभागीको सङ्ख्या घटेर दुई सयमाथि मात्रै हुने गरेको छ । कवि भइसकेका र हुने रहर गर्नेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको भए पनि प्रतियोगी कविहरू भने घटिरहेका छन् ।
झिनो सहभागिताका बीच सम्पन्न कविता महोत्सवमा निर्णायकका रूपमा योग्य, राम्रा कवि, समालोचक भन्दा पनि ‘हाम्रो मान्छे’ राखिँदा बर्सेनि महोत्सवको विवाद हुने गरेको देखिन्छ । प्रतियोगी र केही अतिथि कविहरूले अवसर पाउने राष्ट्रिय कविता महोत्सवले केही वर्षयता बढी नै बद्नाम कमाएको छ । विश्वास गुमाउँदै गएपछि अधिकांश युवा कविहरू महोत्सवबाट टाढिँदै गएका छन् । छनोटमा परेका कविता वाचन प्रतियोगितामा जतिसुकै उत्कृष्ट पाठकीय मूल्याङ्कनमा परेका भए पनि पुरस्कार घोषणामा राम्रालाई भन्दा हाम्रालाई पुरस्कृत गरिएको जस्तो देखिएपछि पुरस्कृतको पनि शिर निहुरिएको देखिँदैआएको छ ।
कुरा वि.सं. २०७२ कै । काव्य विभाग प्रमुख प्राज्ञ अमर गिरीको संयोजकत्वमा ‘राष्ट्रिय कविता महोत्सव–२०७२’ को आयोजना गरिएको थियो । राजनीतिक भागवण्डाको आधारमा कविता मूल्याङ्कनका लागि छनोट समिति गठन गरिएको थियो । नतिजा पहिले नै सार्वजनिक भैसकेपछि महोत्सवमा उहाँहरू उपस्थित हुन हिचकिचाउनु भयो । यो वर्षको महोत्सवमा प्रोल्लास सिन्धुलीयको ‘गाउँको वृद्धालय’ शीर्षकको कविता प्रथम घोषित भएथ्यो । उक्त कविता २०७२ कात्तिकको मधुपर्कमा प्रकाशित भइसकेको जानकारीमा आएपछि सामाजिक सञ्जाल र पत्रपत्रिकामा टीका–टिप्पणी सार्वजनिक भए । प्रज्ञाले पहिले नै कविता आह्वान गरेको भए पनि भूकम्पका कारण महोत्सव स्थगित गरिएथ्यो । महोत्सवको टुङ्गो नलागेसम्म कविले उक्त रचना कतै छाप्न दिनु हुँदैनथ्यो । अथवा प्रकाशित गरिएपछि प्रतियोगिताबाट नाम फिर्ता लिनुपथ्र्यो । यसो गरिनुमा कविले नैतिक धर्म पालन गरेको ठहथ्र्यो । त्यसो त प्रतियोगितामा बुझाउँदासम्म उहाँको रचना कतै छापिएको थिएन । कवि प्रोल्लास सिन्धुलीयले पटकपटक भन्दै आउनुभएको हो, मैले पुरस्कारका लागि कसैलाई नमस्कार गरेको छैन । पुरस्कार पाउनु या नपाउनुलाई महìव दिएको छैन । पुरस्कारको आशा र प्रयास गरेको भए यो
पुुरस्कार पाउन १९ वर्षसम्म कुर्नुपर्ने थिएन ।
त्यसो त यो आदर्शको कुरा हो, व्यवहार अर्कै कसी हो । सिन्धुलीय नै त्यस्तो प्रतिभाशाली कवि हो जसले विगत १९ वर्षदेखि अर्थात् २०५३ सालदेखि यस प्रतियोगितामा अविछिन्न रूपमा भाग लिँदै आउनुभएको थियो । उहाँका रचनाको एउटा विशेषता के भने १९ पटक नै प्रतियोगितामा वाचनका लागि छनोटमा पर्दै आएर २०७२ (१९ औंँ पटक)मा पुरस्कृत हुने अवसर प्राप्त गर्नुभयो ।
हरेक वर्ष कविता महोत्सवमा प्रतियोगिताको साख र आकर्षण घट्दो छ । एकले अर्काको नाममा कविता लेखिदिने परम्परा र प्रवृत्ति पनि दिन प्रतिदिन मौलाउँदो छ । कविता महोत्सवमा नक्कली कविको बिगबिगी पनि बढेको देखिन्छ । राष्ट्रिय कविता महोत्सव २०७२ मा सिन्धुलीका कवि प्रोल्लास सिन्धुलीयले प्रथम र पाँचथरकी कवयित्री सरस्वती दुमी राईले द्वितीय स्थान प्राप्त गरी विजयी घोषित भइसकेपछि नेपाल प्रज्ञा–प्रतिष्ठानको नेतृत्वले उनीहरूका कविता पहिले नै प्रकाशित रचना भन्दै पुरस्कार नदिने निर्णय ग¥यो । त्यस वर्ष तृतीय हुने तीन जनालाई मात्र राष्ट्रपतिका हातबाट पुरस्कृत गरियो । आफूलाई पुरस्कृत हुनबाट वञ्चित गरिएको भन्दै प्रोल्लास सिन्धुलीयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएथ्यो । जिल्लाले उहाँले पुरस्कार पाउने गरी गरेको फैसलाका बिरूद्धमा प्रतिष्ठानका तर्फबाट उच्च अदालतमा पुनः मुद्दा दायर गरियो । उच्च अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरेपछि दुवै जनालाई यस वर्षका पुरस्कृतहरूसँगै पुरस्कार प्रदान गरियो । असार ३ गते राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा २०७५ सालको राष्ट्रिय कविता महोत्सवमा प्रथम हुने काभ्रेका कवि पूmलमान वलसहित द्वितीय र तृतीय हुने कवि एवं २०७२ का दुई कविलाई एकसाथ पुरस्कृत गरिएको छ ।

मुद्दाको रोचक पक्ष
विपक्षी वादी प्रोल्लास सिन्धुलीयले २०७४ असार २० गते जिल्ला अदालत, काठमाडौँमा दर्ता गराएको आफ्नो फिरादपत्रमा मूल रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०७२ वैशाख १३ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरी कविता महोत्सवमा प्रथम हुनेलाई स्वर्ण पदकसहित रु. २० हजार दिने सर्त बमोजिम छनोट एवं मूल्याङ्कन समितिद्वारा प्रोल्लास सिन्धुलीय प्रथम घोषित भए तापनि २०७२ चैतमा प्राज्ञ परिषद्को निर्णयबाट पुरस्कार रकम र सम्मानपत्र नदिने गरी भएको निर्णयले आपूm अपमानित भएको ठहर गरी पुरस्कार पाउन अदालतसम्म पुग्नुभएको थियो । जिल्ला अदालत काठमाडौंँबाट २०७४ पुस ४ गते गरिएको फैसलामा भनिएको छ– ‘प्रतिवादी नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा तोकिएको कविता महोत्सव २०७२ असार ९ गतेभन्दा अगावै तोकिएको मितिमा प्रस्तुत गर्दासम्म कविता अप्रकाशित नै रहेको हुँदा प्रतिष्ठानमा प्रतिस्पर्धाको निमित्त प्रस्तुत गरिसकिएको फिराद दाबीको कविता सो प्रस्तुत गरी सकिएपछि पनि प्रकाशित गर्न प्रतिबन्ध लगाउने कुरा सूचना र अन्य कुनै कानुनमा रहेभएको देखिन नआएको एवं तोकिएको मिति २०७२ असार ९ गते कविता महोत्सव गराउन नसक्नुमा वादीको कुनै भूमिका देखिएको छैन’ भन्ने कुरा फैसलामा उल्लेख छ । तोकिएको समयमा आफ्नो पूर्वसूचना अनुरुप कविता महोत्सव गराउन नसकी सर्वप्रथम करारको उलङ्घन प्रतिवादी नेपाल प्रज्ञा–प्रतिष्ठानबाटै भएको पाइएको छ र वादीको कविता २०७२ कात्तिक महिनामा प्रकाशित हुनुले खासै कानुनी मान्यता राख्दैन । यसरी जिल्ला अदालतबाट वादी कविको पक्षमा फैसला भएपछि २०७४ चैत १८ गते नेपाल प्रज्ञा–प्रतिष्ठानले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । जिल्ला अदालतले कानुनी मान्यतामा रहेर फैसला गरेपछि पनि एउटा कविको विपक्षमा प्रज्ञाले पुनरावेदन गर्नु कति उचित थियो, त्यो प्राज्ञिक वर्गले नै बुझ्नुपर्ने कुरा हो । उच्च अदालतले समेत जिल्ला अदालतको फैसलालाई नै सदर गर्दै २०७५ फागुन १३ गते प्रज्ञा–प्रतिष्ठानको पुनरावेदन गर्ने यसपछिको बाटो नै बन्द गरिदियो । यस घटनामा व्यक्तिभन्दा पनि नेपाल प्रज्ञा–प्रतिष्ठानजस्तो एउटा प्राज्ञिक संस्था नै पराजित भएको साहित्यिकवृत्तमा चर्चा हुँदैआएको छ ।
हुन त राष्ट्रिय कविता महोत्सव प्रतियोगितामा यो नै नौलो घटना भने होइन । यसअघि वि.सं. २०४८ को कविता महोत्सवमा प्रथम पुरस्कार प्राप्त गरेका इलामका कवि उदय निरौलाको ‘दुबो’ शीर्षकको कविता २०४७ साल भदौको मधुपर्कमा प्रकाशित भएको थियो तर उहाँलाई भने पुरस्कार दिनबाट वञ्चित गरिएको थिएन । यस्तै घटना २०५३ सालको राष्ट्रिय कविता महोत्सवमा पनि दोहोरिन पुग्यो । त्यस वर्ष कवि श्रवण मुकारुङको ‘पूmलको कथा’ शीर्षकको कविता प्रथम घोषित भएको थियो । उहाँको नाम प्रथम पुरस्कारमा सार्वजनिक भएपछि कविता महोत्सव पुनः विवादको घेरामा तानियोे । मुकारुङको कविता २०५२ कात्तिकको गरिमामा प्रकाशित भइसकेको थियो । जनस्तरबाट चर्को बिरोधको आवाज उठाएपछि मुकारुङलाई प्राज्ञ परिषद्को आपत्कालीन बैठक बोलाएर नगद पुरस्कार र पदक दिनबाट वञ्चित गरियो ।
प्रत्येक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवमा शव्दसङ्ख्या तोकेर नेपाली–नेपालीबीच एकताको भावना झल्किने मौलिक कविता पठाउन सूचना जारी गरिन्छ । साथै कविता पूर्णतः नयाँ, अप्रकाशित तथा तोकिएका शब्दभित्रको हुनुपर्ने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ । कविताका बारेमा यस्तो स्पष्ट सूचना हुँदाहुँदै पनि कविहरूले लेखकीय स्वाभिमान र इमानदारितालाई समेत बिर्सेर सार्वजनिक भइसकेको कविता प्रतियोगिताका लागि प्रेषित गर्नु कविहरूको नियत र चरित्रमै खोट हो । अर्कोतिर छ÷सात जना कवि नै हौँ भन्नेहरूलाई छनोट समितिमा राखिसकेपछि राज्यबाट प्रकाशित हुने एकाध नाम चलेका साहित्यिक पत्रिका पनि उहाँहरूले नपढेको पुष्टि हुनुले कविको लाजमर्दो स्थितिलाई उदाङ्ग पारिदिएको छ ।

 यो पटक पनि विवादरहित भएन
यो पटकको प्रतियोगितामा पहिले नै दोस्रो पुरस्कार जितिसकेका धादिङका कवि हेम प्रभासले प्रथम पुरस्कार पाइसकेपछि पनि धेरै टीका–टिप्पणीहरू भइरहेका छन् । युवा कवि प्रभास राम्रा कविमा पर्ने र उहाँका यसअघिका कविता निक्कै उत्कृष्ट हुने गरेका भए पनि यो कविता चाहिँ फितलो भएको भन्ने टिप्पणीलाई कवि स्वयंले समेत सामाजिक सञ्जालमा जवाफ फर्काइरहेको देखिन्छ । त्यसो त सबै कविता सबैलाई मन पर्नुपर्छ भन्ने होइन तर राम्रोलाई धेरैले राम्रो नै भनिरहेका हुन्छन् । यो पटक विवाद नउठोस् भनेर वाचनमा समेत नम्बर दिने परिपाटी स्थापित गरिएको संयोजक डा. हेमनाथ पौडेलले बताउनुभएको थियो । वाचनको मूल्याङ्कन त श्रोताले पनि आफ्नै तरिकाबाट गरिहेकै हुन्छन् र आफ्नो एक किसिमको धारणा बनाएका हुन्छन् । आफ्नो धारणासँग मेल नखाएपछि विवाद त्यहीँबाटै प्रारम्भ हुनथाल्छ । प्रभासका कवितामा रहेका केही शब्द–विम्बमा ज्यादा पाठकीय आपत्ति प्रकट गरिएको देखिन्छ । त्यसैगरी, कोटा प्रणालीको नियमका कारण पनि राम्रा कविताले मात्रै पुरस्कृत हुने अवसर पाउँछन् भन्ने देखिँदैन । महिला एक जना, दलित–जनजाति एक जना, छन्दको एउटा पर्नैपर्ने नियम अघोषित रूपकै भए पनि पालन गरिँदैआएको स्पष्ट अनुभव हुन्छ । यसले गर्दा पनि राम्रा मात्रै कविताको चयन भएको छ भन्न सकिँदैन ।
अन्त्यमा, नेपाली पुरस्कार जगत्ले आत्मसात् गरेको योग्यता, क्षमता र प्रतिभा छनोटको मूल्याङ्कन मापनको लागि अन्तर्राष्ट्रियस्तरको एउटा प्रेरक प्रसङ्ग यस घटनासँग पनि प्रासङ्गिक छ– सन् २००३ मा कोरियन एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी संस्थाका अध्यक्ष प्रोफेसर इनक्यु हानको निमन्त्रणामा कास्टले आयोजना गरेको विज्ञान सम्मेलनमा भाग लिन नेपालका वैज्ञानिक प्रा.डा. दयानन्द बज्राचार्य दक्षिण कोरियाको राजधानी सोलमा सहभागी हुनुहुन्थ्यो । प्रोफेसर हानले सम्मेलनमा सहभागी सात जना नोबेल पुरस्कार विजेताका साथ डा. दयानन्द लगायत केही विदेशी वैज्ञानिकलाई कोरियाका राष्ट्रपति रोह मुहयुनसँग राष्ट्रपति भवनमा भेटघाट कार्यक्रमको आयोजना गरेका थिए । उक्त भेटघाट कार्यक्रमको अवसरमा राष्ट्रपति रोहले नोबेल पुरस्कार विजेता वैज्ञानिकहरूलाई प्रश्न सोधेका थिए– नोबेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिकमा के कस्ता गुण हुनु जरुरी छ ? प्रश्नको प्रत्युत्तरमा नोबेल पुरस्कार विजेता भौतिकशास्त्री वैज्ञानिक इभार गिभरले भनेका थिए– कुनै पनि वैज्ञानिकले नोबेल पुरस्कारको पूर्वयोजना बनाएर अनुसन्धान गर्न सम्भव छैन तर पुरस्कारको महìवकाङ्क्षा राख्ने व्यक्ति अध्ययनशील, कल्पनाशील, परिश्रमी, दृढनिश्चयी र अलिकति भाग्यमानी हुनुपर्छ ।
इभार गिभरको भनाइसँग नोबेल पुरस्कार विजेता अन्य वैज्ञानिकहरू पनि सहमत भएका थिए । यस प्रसङ्गमा यतिखेर यसो भनिरहनुको तात्पर्य के हो भने नेपालमा जति पनि पुरस्कार कार्यान्वयनमा रहेका छन्, तिनलाई प्रतिभा छनोटक्रममा माथिका यी आधारलाई मापनको धरातल बनाउन सक्नुपर्छ । प्रतिभा छनोटमा सही मूल्याङ्कन गर्नसक्नु सबैभन्दा ठूलो कुरा हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds