काबेली करिडोरमा नियोजित अवरोध ः प्राधिकरण

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २७ गते । निर्माणाधीन काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा ‘नियोजित अवरोध’ उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एन्ड एस्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्स्ट्रक्सन कम्पनीका कारण पाँच दिनदेखि निर्माण अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ । पेटी ठेक्का लिएको भगवतीले स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो तर उनीहरूले काम गरे पनि पैसा नपाएको भन्दै निर्माण अवरुद्ध गरेका हुन् ।
प्रसारण लाइनको फिदिम (थापाटार)–अमरपुर ९पाँचथर० तेस्रो खण्डमा पर्ने १३ किलोमिटर प्रसारण लाइनमा करिब दुई किलोमिटर मात्रै तार तान्न बाँकी छ । यो आयोजनाको लखनपुर ९झापा०–गोदक ९इलाम० पहिलो र सोयाक ९इलाम०–फिदिम ९पाँचथर० खण्ड सञ्चालनमा आइसकेको छ । trans
लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा छन् । तेस्रो खण्ड असारभित्रमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो ।
काबेली करिडोर प्रसारण लाइनमा जोडिने जलविद्युत् आयोजनाका प्रवद्र्धकले प्रसारण लाइनको आफैँ पेटी ठेक्का लिएर नियोजित रूपमा निर्माणमा ढिलाइ गरिदिएको दाबी प्राधिकरणको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना ९पेनाल्टी० तिर्नुपर्ने अवस्था आएपछि उनीहरूले नियोजित रूपमा काममा अवरोध गरेको पाइएको छ ।”
रैराङले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने इवाखोलामा ९।९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत् काबेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेसनमा जोडिनेछ । प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौताअनुसार आयोजनाले विद्युत् उत्पादन गर्नुपर्ने मिति आगामी साउन १ मा छ ।
यसैगरी अमरपुर सबस्टेसनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजना जोडिनेछ । प्राधिकरणसँग पीपीएअनुसार आयोजनाको आरसीओडी गत ९ वैशाख हो ।
दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफैँले काम लगाएका व्यक्तिलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीको भनाइ छ ।
पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो । काबेली करिडोर प्रसारण लाइन निर्माण करिब १० वर्षअघि सुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले आयोजनाको काम ढिलाइ भएको हो ।
तीन करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना