निरन्तरको वर्षाले खोला बढेपछि माडी–ठोरी हुलाकी सडकखण्ड अवरुद्ध

चितवन, असार २७ गते । 

निरन्तरको वर्षाले खोला बढेपछि माडी–ठोरी हुलाकी सडकखण्ड अवरुद्ध बनेको छ । माडी नगरपालिका–३ र ४ को सिमानामा रहेको मगई खोला र घाङ्गर खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ८ः३० बजेदेखि बाढी बढेसँगै सडक अवरुद्ध भएको हो । यससँगै माडीका अन्य खोलाहरुमा पनि बाढी आएको छ । जसका कारण आवतजावत गर्न कठिन भएको स्थानीयवासीले बताएका छन् । खोला बढेर आवागमन अवरुद्ध भएसँगै स्थानीय प्रभावित भएका छन् । खोलाहरु बढेपछि पानी खेतमा पस्न थालेको छ । जसले लगाइएको धानबाली प्रभावित बनाउने त्रास माडीवासीमा रहेको छ । निरन्तर वर्षासँगै यहाँका ठूला दुई नदी नारायणी र राप्तीको बहाव समेत बढेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds