ब्रेनट्युमर रोगबाट पीडित भुसाललाई सहयोग

बेझाड (पाल्पा), असार २७ गते ।

ब्रेनट्युमर रोगबाट पीडित बनेका एक युवालाई प्रवासी नेपालीले उपचारमा सहयोग गरेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–८ बस्ने ब्रेनट्युमर रोगले ग्रसित ३५ वर्षीय हरि भुसालको उपचारका लागि अमेरिकामा बसोबास गर्दै आएका प्रवासी नेपालीले उपचारमा सहयोग गरेका हुन् ।

सोही गाउँपालिका–९ घर भई हाल रोजगारीको सिलसिलामा अमेरिकामा बसोबास गर्दै आउनुभएका रामप्रसाद बस्याल, विष्णु बस्याल लगायतका प्रवासी युवाहरु मिलेर दुई लाख एक हजार ७७३ रकम पीडित भुसालको उपचारमा सहयोग गर्नुभएका छन् । भुसालको उपचारमा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालबाट पाँच हजार, क्राउन होटल तानसेनका सञ्चालक ज्ञानु कार्कीबाट चार हजार गरी दुई लाख १० हजार ७७३ रकम उपचारमा सहयोग जुटेको छ ।

अध्यक्ष बस्याललको पहलमा रोजगारीका सिलसिलामा अमेरिकामा रहेका नेपाली युवाबाट सो रकम सङ्कलन गरिएको हो । भुसालको आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि औषधि उपचारमा राहत पुगोस् भनेर सहयोग गरिएको सहयोगदाता रामप्रसाद बस्यालले बताउनुभयो । भुसालको अहिले काठमाडौँको वीर अस्पतालमा उपचार भइरहेको छ । सो रकम बिहीबार पीडित परिवारलाई अध्यक्ष बस्यालले हस्तान्तरण गर्नुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds