काभ्रेमा पहिरोले पुरिएर दुईको मृत्यु, दुई घाइते

मधुसुधन तिमल्सिना
काभे्|, असार २८ गते । बनेपा नगरपालिका वडा न ३ चुनातालमा अविरल बर्षाका कारण घर माथिबाट आएको पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन ।
बिहान १०ः४० बजे आएको पहिरोले घर भत्काउँदा ६० बर्षीय गोमा दंगाल र ७ बर्षीय नातिनी सुहाबी दंगालको घट्नास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख एव्म प्रहरी उपरीक्षक जयराज सापकोटाले स्थानीय र प्रहरीको सहयोगमा मृतक दुई जना शब संकलन र घाईते दुई जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ३० बर्षीय सुशीला दंगाल र तीन महिना की अनुष्का दंगाललाई उपचारका लागि बनेपाको शिरमेमोरियल अस्पताल पठाइएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना