logo
२०७६ चैत्र २९ शनिवार

निःशुल्क बस सेवा

प्रदेश |
समाज |


2020-03-22-10626



मधुसुदन तिमल्सेना

काभ्रे, चैत ९ गते । विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण दिननुदिन गाउँ फर्कर्ने बढ्दै गएका छन । सरकारले २५ भन्दा बढी भेला नहुन, सार्वजनिक साधनमा सिट क्षमता भन्दा बढी नबोक्न रोक लगाएपछि सयौ संख्यामा गाउँ जान चाहने अलपत्र परेका छन् ।
गाउँ जान चाहने तर बस नपाएर अलपत्र परेका यात्रुलाई मध्य नजर गर्दै नेपाल कम्युनिष्ट पार्टी भुम्लु गाउँ कमिटी र बेथानचोक जेसिजले आइतबारबाट निःशुल्क बसको व्यवस्थापन गरेका हुन् । बेथानचोक जेसिजका अध्यक्ष राजेश तिमल्सिनाले जेसिज बेथानचोकको संयोजनमा चैत ९ गते र १० गते बनेपाको तिनदोबाटोबाट निःशुल्क बस सेवा सञ्चालन गरेको जानकारी दिनुभयो ।
अहिले घर जाने बढ्दो छन तर प्रयाप्त बस नहुँदा अलपत्र परेको गुनासो आएसँगै जेसिजको संयोजनका बेथानचोक गाउँपालिका जानेलाई निःशुल्क बस व्यवस्थापन गरेको हौँ, भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी भुम्लु गाउँपालिका कमिटी र भुम्लु काठमाडौं सम्पर्क मञ्चले आइतबार निःशुल्क बसको ब्यवस्था गरेको जनाएको छ । मञ्चका इन्चार्ज क्रान्ति दोङले अधिकांशले सहर छोडिरहेको बेला खर्च नभएर गाउँ जान नभएकाहरुका लागि आइतबार दुईवटा बसको ब्यवस्था गरेर लगेको जानकारी दिनुभयो । यो सेवा दैनिक ज्याला मजदुर गर्न काठमाडौं पुगेका, आर्थिक रुपमा पछिपरेका वर्गका लागि मात्रै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार जडिबुटी देखि दोलालघाट, भुम्लुटार, सापिङ्ग, सिम्थली हुँदै बेखसिम्लेसम्म एउटा बस गएको थियो भने अर्काे बस जडिबुटी देखि दोलालघाट, फलाँटे, कोलाती, मुलाबारी, सल्ले हुँदैचौबाससम्म गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?