logo
२०७६ फाल्गुन ९ शुक्रवार

गाउँपालिकाकाे सार्वजनिक यातायात सेवा शुरू

प्रदेश |


2020-02-14-8692
गाउँपालिकामा सेवा दिन ड्रमबाट कर्णाली नदी तारेर लैजाँदै कालीकोटको पलाँता गाउँपालिकाको आफ्नै गाडी । तस्बिर - प्रेमराज सिम्खडा



प्रेमराज सिम्खडा
कालीकोट, फागुन २ गते । कालीकोट जिल्लाको पलाँता गाउँपालिकाले आफ्ना नागरिकका लागि आफ्नै सार्वजनिक यातायात सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले दुई वर्षमा २२ किलोमिटर सडक निर्माण गरेपछि स्वागत पलाँता नामक यातायात सञ्चालनमा ल्याएको हो ।
एक करोड ५० लाखमा चारवटा गाडी खरिद गरेर गाउँपालिकाले आफ्नो क्षेत्रमा आफ्नै यातायात सेवा दिने उद्देश्यका साथ बिहीबारदेखि औपचारिकरुपमा यातायात सञ्चालनमा ल्याएको छ । कर्णाली नदीमा पुल नभएका कारणले तेलका खाली ड्रमको सहयोगबाट ती गाडीहरु तारेर पलाँता पु¥याइएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले गाउँपालिकाभित्रका नागरिकलाई गाडी चढाउने सपना पूरा भएको बताउनुभयो ।
कर्णालीमा पुल नबन्दासम्म आफ्नै गाउँपालिकामा मात्र यो सेवा उपलब्ध हुनेछ । संघीय सरकार र प्रदेश सरकारको सहयोगमा पुल बनेमा सबै ठाउँमा स्वागत पलाँता यातायात सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष बम बताउनुहुन्छ ।
केही मान्छेले विरोध गरे पनि आफूले गाउँपालिकाभित्र यातायात सञ्चालमा ल्याएर उदाहरणीय काम गरेको उहाँले जनाउनुभयो । पलाँताका बासिन्दाले अब गाडीबाट आउजाउ गर्न पाउने भएका छन् । गाउँपालिकाको वडा नं ९ थिर्पु हुँदै वडा नं १ को राडुनेटासम्ममध्ये २२ किलोमिटर यातायात सञ्चालन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?