logo
२०७६ चैत्र २९ शनिवार

रौतहटमा ३६ जना क्वारेन्टाइनमा

प्रदेश |


2020-03-26-10937



मनोज तिमलसिना
रौतहट, चैत १३ गते । कोरोना भाइरसको निगरानी गर्न जिल्लामा बिहीबार साँझसम्ममात्र ३६ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रसाशन कार्यालय, रौतहटले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र संक्रमण फैलन नदिन देश बाहिरबाट आएकाहरुलाई तत्काल समाज र परिवारसँग घुलमिल हुन नदिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको हो । काम गर्न जाने क्रममा भारतको मुम्बइ, दिल्ली, पञ्जाब, हरियाणा तथा अन्य मुलुकबाट समेत आएका विभिन्न ३६ जनालाई प्रत्यक्ष निगरानी गर्न क्वारेन्टाइनमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्वारेन्टाइनमा वैदेशीक रोजगारीबाट फर्किएकाहरुलाई अलग रुपमा राखिएको हो । त्यसरी राखिएकामा कोरोना संक्रमित नरहेको र स्वास्थ्यमा कुनै किसिमको समस्या भने देखिएको छैन ।
नीजि र सरकारी अस्पतालमा गरि ३६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । चन्द्रनिगाहपुरमा मात्र १७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रौतहटका विभिन्न स्थानीय तहमा गरी कुल चार सय ९९ बेड सँख्या भएको क्वारेन्टाइन तयार गरिन लागिएको जनाइएको छ ।
हालसम्म जिल्लामा पाँचस सय क्षमताको सैयाको क्वारेन्टाइन तयार गरिसकेको र यस संख्यामा बृद्धि हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । गौरस्थित गौर नर्सिङ्ग इन्स्टिच्यूट र सिया प्यालेसमा गरी ९० सैयाको, चन्द्रनिगाहपुरपुरमा वृन्दावन, गुजरा र गढीमाई नगरपालिको संयुक्त रुपमा ८० बेडको क्वारेन्टाइन तयारी गरिएको छ । त्यस्तै, फतुवा विजयपुर नगरमा १५, राजपुर नगरमा २९, परोहा नगरमा २५, बौधीमाईमा एक सय, देवाही गोनाहीमा ४० र इशनाथ नगरपालिकामा ३०,गरुडामा १०, दुर्गाभगवती गाँउपालिकामा ३०, माधवनारायणमा ५० सैयाको क्वारेन्टाइन तयार हुने कार्यालयले जनाएको छ । यहाँको मौलापुर नगरपालिका र यमुनामाई गाँउपालिकाले भने हालसम्म क्वारेन्टाइनको तयारी गरेका छैनन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?