टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको पहुँच विस्तारसँगै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
स्वार्थ समूहको चलखेलमा भएका निर्णय उल्टाउन प्रधानमन्त्रीसँग गोविन्द केसीको माग
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसमक्ष माग गर्नुभएको छ।
एन टिभी वर्ल्डकाे औपचारिक शुभारम्भ
युवा पुस्ताको सुशासन र विकासको चाहना पूरा गर्न ध्यान दिऔं : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चार माध्यमहरुको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ ।
जेनजी भन्छन्, ‘परिवर्तनका लागि निर्वाचन’
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जेनजी पुस्ता उत्साहित देखिन्छन् ।जेनजी प्रतिनिधि हिक्मत तिमल्सिना यसअघि जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनमतको सदुपयोग गर्न नसकेको बताउनुहुन्छ ।
प्रमुख समाचार
२४६ जना महिला तथा बालबालिकाको उद्धार
शान्ति पुनस्र्थापना गृहले कञ्चनपुरका विभिन्न क्षेत्रबाट २ सय ४६ जना महिला, किशोरी तथा बालबालिकाको उद्धार गरेको छ । पुनस्र्थापना गृहले गत आर्थिक वर्ष २०८१–८२ मा जिल्लास्थित सीमानाका तथा विभिन्न स्थानबाट उनीहरूको उद्धार गरिएको जनाएको हो ।
गृहमन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता
गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
विदेशबाटै नेपालीले मतदान गर्न सक्ने प्रविधि तयारीमा सरकार
प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिंदै गर्दा सरकारले फाल्गुन २१ गते हुने चुनावमा नयाँ प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका सबै नेपाली नागरिकलाई विदेशबाटै कसरी आफ्नो मतदानको अधिकार प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायबिच छलफल गरेको छ।
कांग्रेस बैठक : महाधिवेशनको विषयमा सर्वसम्मत निर्णय गर्ने प्रयास
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नियमित महाधिवेशन या विशेष महाधिवेशन गर्ने विषयमा सर्वसम्मत निर्णयका लागि निरन्तर छलफल हुँदै आएको छ।
गोरखापत्र ताजा
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका –४ मास्टारमा आज साँझ बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट गजुरीतर्फ आउँदैगरेको बाप्र ०१–०२७ च ०३४० नम्बरको बोलेरोको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी –४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो ।
‘आन्दोलनलाई अपराधीकरण गर्न खोजियो’
जेनजी युवा पुस्ताले गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको सहभागीहरुले बताएका छन् ।
नक्कली भुटानी शरणार्थी ठगी कसुरमा सङ्लग्न पक्राउ
नक्कली भुटानी शरणार्थी ठगी कसुरमा सङ्लग्न फरार प्रतिवादी निराजन भन्ने निरन्जन कुमार खरेल पक्राउ परेका छन् ।
डुम्रे–बेसीसहर–चामे सडक बन्द हुने
डुम्रे–बेसीशहर–चामे सडक योजनाअन्तर्गत पर्ने भानु नगरपालिकाको चाम्बासदेखि तुरतुरेसम्मको सडकखण्ड अस्थायी रूपमा बन्द हुने भएको छ ।
राष्ट्रिय
विदेशबाटै नेपालीले मतदान गर्न सक्ने प्रविधि तयारीमा सरकार
प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिंदै गर्दा सरकारले फाल्गुन २१ गते हुने चुनावमा नयाँ प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका सबै नेपाली नागरिकलाई विदेशबाटै कसरी आफ्नो मतदानको अधिकार प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायबिच छलफल गरेको छ।
गाेरखापत्र विशेष
चौँतिस स्थानीय तह अझै बजेटविहीन
कात्तिकको तेस्रो साता पुग्न लाग्दासमेत चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३४ वटा स्थानीय तहले बजेट सभाबाट पारित गर्न सकेका छैनन् । समयमै बजेट सम्बन्धित सभाबाट पारित गर्न नसक्दा दैनिक कामकाजमै अवरोध हुनका साथै कर्मचारीले तलब पनि पाउन सकेका छैनन् ।
प्रविधि
राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गर्नुभएको छ ।
अर्थ
आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताउनुभएको छ।
प्रदेश
खेलकुद
महिला गोल्डकपको उपाधिमा पुलिस र एपिएफको दाबी
झापाको शिवसताक्षी दुधे रंगशालामा आज हुने झापा महिला गोल्डकपको फाईनल खेलमा उपाधि रक्षा गर्ने दुई विभागीय टीम एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले दावी गरेका छन् ।
कला/साहित्य
स्याङ्जामा 'देवकोटा काव्य उत्सव' सम्पन्न
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा स्याङ्जामा ‘देवकोटा काव्य उत्सव-२०८२’ गरिएको छ ।
प्रवास
नेपाल–भारत नाका चार दिनका लागि बन्द हुने
भारतको बिहार राज्यमा हुन लागेको विधानसभा निर्वाचनका लागि धनुषा जिल्लाको सीमावर्ती नाकाहरू चार दिनका लागि बन्द हुने भएका छन् ।
कोरिया जान नपाउनेको विरोध
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै विरोध प्रदर्शन भएको छ । भाषा र सिप परीक्षा उत्तीर्ण गरेको दुई वर्ष बित्न लाग्दासमेत दक्षिण कोरिया जान नपाएकाले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखा घेराउ गरेका हुन् ।
प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : एक थोपा रगत नबगाई चुनाव गराउने लक्ष्य
प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताउनु भएको छ।
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घमा मास्के
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घको नयाँ अध्यक्षको जिम्मेवारी निरोज मास्केले पाउनुभएको छ ।
अन्तर्राष्ट्रिय
पाकिस्तानमा अफगान नागरिकको तिव्र पक्राउ जारी
संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)को संयुक्त प्रतिवेदन अनुसार पाकिस्तानमा पक्राउ परी हिरासतमा लिइएका अफगान नागरिकको सङ्ख्या एकै हप्तामा १४६ प्रतिशतले बढेको छ ।
टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु
उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार आगलागी हुँदा छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको क्षेत्रीय गभर्नरले बताउनु भएको छ ।