logo
२०७७ श्रावण २२ बिहीवार

पोर्चुगलमा दूतावास स्थापनाको माग

विदेश |


2020-02-03-8130


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २० गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोर्चुगलमा दूतावास स्थापनाको माग गरेको छ ।
एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरेले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै दूतावास स्थापनाको माग गरेका हुन् ।
एनआरएनएले पोर्चुगल पछिल्लो समय यूरोपको हवका रुपमा विकसित भइरहेको र त्यहाँ नेपालीको संख्या बढ्दै गएकाले दूतावास स्थापनाका लागि यथाशक्य पहल गरिदिन परराष्ट्रमन्त्रीसँग आग्रह गरेको छ ।
दूतावास नभएकै कारण पोर्चुगलमा नेपालीलाई समस्या भएको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालमा लगानी प्रवद्र्धन र व्यापार तथा पर्यटन विस्तारका लागि पनि दूतावास अपरिहार्य रहेको उल्लेख छ ।
मन्त्री ज्ञावलीलाई पोर्चुगल एनआरएनएका तर्फबाट ज्ञापनपत्र बुझाउँदै एनआरएनए पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरेले लामो समयदेखि आफूहरुको माग सुनुवाइ नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सिंहदरवारस्थित मन्त्रालयको कार्यकक्षमै ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले एनआरएनएको प्रयासमा नेपाल सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । पोर्चुगलमा नेपाली दूतावास नहुँदा फ्रान्सबाट कार्यसम्पदान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?