ताप्लेजुङको मैवाखोला हुँदै संखुवासभा, तेह्रथुमको बसन्तपुर जोड्ने सडक मदन भण्डारी राजमार्गलाई हिउँद–बर्खै सञ्चालन गर्नेगरी पहल सुरु गरिएको छ । हिउँद मौसममा मात्र सञ्चालन हुँदै आएको राजमार्गलाई बर्खामा पनि सञ्चालन गर्न पहल सुरु गरिएको हो ।
ताप्लेजुङमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षसहित १५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जिल्लामा कुल ३१९ जना जनप्रतिनिधि निर्वाचित भएकामध्ये १५ जना स्वतन्त्रतर्फका उम्मेदवार निर्वाचित भएका हुन् ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीकाअनुसार फुङ्लिङ नगरपालिका–६ को बतासेमा ना ६ त ४७४३ नम्बरको ट्याक्टर चारजना घाइते भएका हुन् ।
ताप्लेजुङ, वैशाख २३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा छोराले आफ्ना वृद्ध बाबुआमाको हत्या गरेका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको गोटीछाँगामा २५ वर्षीय आइतराज लिम्बूले आफ्ना बाबु ७० वर्षीय बृखबहादुर लिम्बू र आमा ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो । प्रहरी प्रमुख राईका अनुसार बिहीबार साँझतिर आइतराजले धारिलो हतियार खुकुरी प्रहार गरी बाबुआमाको हत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घरायसी विवादका कारण बाबुआमामाथि खुकुरी प्रहार गरेका प्रहरीको प्रारम्भिक अनुमान छ । यता घटनामा संलग्न आइतराजलाई बिहीबार राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको स्थलगत अध्ययन तथा मुचुल्का उठाउनलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दानबहादुर मिरिङ्तेनको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगिसकेको जनाएको छ । मृतकको पोष्टमार्टमका लागि सदरमुकाम फुङलिङतर्फ ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान पनि सुरु गरिएको राईले जानकारी दिनुभयो ।
जिल्लामा वडाध्यक्षसहित १० जना उम्मेदवार निर्विरोध हुनुभएको छ । दुर्गम गाउँ फक्ताङ्लुङ गाउँपालिका–५ ओलाङचुङगोलामा वडाध्यक्षसहित पाँचै जना निर्विरोध हुनुभएको छ भने अन्य विभिन्न वडाका सदस्यपदका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको हो ।