नेपाली जनताको मन जित्नेगरी एमसिसी परियोजनाको काम भइरहेको दाबी सरोकारवाला उच्चअधिकारीहरूले दाबी गर्नुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । वन्यजन्तुको सुरक्षाका लागि तोकिएको स्थललाई निकुञ्ज भनिन्छ । यो निकुञ्ज २०३० सालमा घोषणा भएको हो । यसको क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर रहेको छ । यो निकुञ्ज सन् १९८४ देखि विश्वसम्पदा सूचीमा सूचीकृत छ । बागमती प्रदेशको चितवन, मकवानपुर, पर्सा र नवलपरासीका भूभाग यस निकुञ्जले ओगटेको छ । यो निकुञ्ज राप्ती, नारायणी, रियु जस्ता ठुला नदीले घेरिएको छ । बर्सेनि हजारौँ पर्यटकले यस राष्ट्रिय निकुञ्जको भ्रमण गर्ने गरेका छन् । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको छ । यहाँ विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडा पाइन्छ ।
माथिल्लो भेगमा रहेका दुई वटा हिमताल विस्फोट भएका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे गाउँमा ठुलो भेलबाढी पसेको पुष्टि भएको छ । काठमाडौँबाट रक्षामन्त्री मानवीर राई, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, सांसद तथा स्थानीय जनप्रतिनिधिसहितको टोलीले शनिबार हेलिकोप्टरबाट गरेको अवलोकनपछि दुई वटा हिमताल विस्फोट भएर बाढी गएको निष्कर्ष निकालेको हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलका अनुसार थामे गाउँबाट उत्तरपूर्व ठाडो उकालो लागेपछि पाँच किलोमिटरमाथि दुई पहाडको खोँचमा लहरै जसो साना तथा मझौला आकारका पाँच वटा हिमताल छन् । तीमध्ये पहाडको भिर छुने गरी रहेको सानो हिमताल र त्यससँगै जोडिएको माथिल्लो अर्को हिमताल फुटेका छन् ।
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे गाउँमा भेलबाढी पस्दा सिङ्गो गाउँमा क्षति पुगेको छ । बाढीले कैयौँ घर, होटल र विद्यालयसमेत बगाएको छ । गाउँमा बाढीले १६ घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अरू सात वटा घर बाढीको उच्च जोखिममा परेका छन् । सात वटामध्ये पाँच वटा होटल बगाएको छ । ताल फुटेर बाढी गाउँ पसेको अनुमान गरिएको उहाँले बताउनुभयो । खुट्याउन माथिल्लो क्षेत्रमा जाने प्रयास गरे पनि प्रतिकूल मौसमका कारण जान नसकेको जानकारी उहाँले दिनुभयो । पाण्डेले भन्नुभयो, “सोलु सदरमुकामबाट हिँडेर जाँदा चार÷पाँच दिन लाग्छ, मोटर बाटो छैन, यहाँ हेलिकोप्टर पनि जान सकेन, स्थानीयको ज्यान जोगाउन यहीँबाट प्रयास गरिरहेका छौँ ।”
झन्डै एक महिना लामो सरकारविरुद्धको हिंसात्मक आन्दोलन थेग्न नसकेपछि बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले पद त्याग गर्दै देश छाड्नुभएको छ । बङ्गलादेशी जनताको साथकै कारण देशमा सबैभन्दा बढी समय शासन गर्ने प्रधानमन्त्रीको छवि बनाउनुभएकी हसिना अन्ततः जनताकै अस्वीकृतिका कारण पद त्याग्न बाध्य हुनुभएको हो । उहाँ विगत १६ वर्षदेखि लगातार निर्वाचित हुँदै पाँचौँ पटक बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय जनताको तीव्र आलोचना र आन्दोलन थेगिनसक्नु भएपछि जनताको चाहनाको सम्मान गर्दै सत्ता छाडेर भारततर्फ लाग्नुभएको छ ।
पाटेबाघ ‘जङ्गलको राजा’ हो तर मानव अतिक्रमणले बाघ मात्र हैन मानिसको जीवन नै सङ्कटमा पर्न थालेको छ । अहिले बाघ जङ्गलमा मात्र सीमित छैनन्, धमाधम बस्ती छिर्न थालेका छन् । बाघले मानिस मार्न थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०७५/७६ देखि यताको पाँच वर्षमा २१४ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मात्र ६९ जनाको ज्यान गएको विभागका महानिर्देशक सिन्धुप्रसाद ढुङ्गाना बताउनुहुन्छ । दुई दिनअघि मात्र कञ्चनपुरमा मान्छे खान पल्केको बाघले एक महिलाको ज्यान लिएको घटना सेलाएको छैन ।
नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस तथा सबै यात्रुको अवस्था पत्ता नलाग्दा हराएका व्यक्तिका आफन्त निराश बन्न
नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धको साझेदारीको ७७ वर्ष पुगेको अवसरमा नियोगले नेपालको सङ्घीय संरचना अनुसार आफ्ना कार्यक्रमलाई थप फलदायी बनाउन लागि परेको नेपालस्थित अमेरिकी दूतवासकी प्रवक्ता जेहरा नक्वीले बताउनुभएको छ ।
यो वर्षको मनसुनको एक महिनामा पूर्वतयारी र पूर्वसूचना प्रणाली बलियो रहँदा जनधनको क्षति कम रह्यो तर अधिक वर्षाका हिसाबले उच्च जोखिम थप बढेको विज्ञहरूले बताएका छन् ।
नेपालमा अबको केही दिन दोहोरो न्यूनचापीय प्रणालीका कारण मनसुन अधिक सक्रिय रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार विशेष मौसम बुलेटिन जारी गर्दै पूर्वबाट भित्रिएको मनसुनी
अविरल वर्षाका कारण हिमाली भेगका बासिन्दा पनि बाढीपहिरोसहितका प्राकृतिक विपत्को उच्च जोखिममा परेका छन् । हिमाली भेगमा भएको वर्षाका कारण हिमपहिरोपछि आएको बाढीले मानवीय क्षतिका साथै बाढीले बस्ती नै डुबानमा पार्न थालेपछि जोखिम बढेको हो । मनाङको मस्र्याङ्दी नदीमा बाढी आउँदा नासों गाउँपालिका–१ स्थित तटीय गाउँ तालगाउँ डुबानमा परेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशव्यापी वर्षाको अनुमान गर्दै मौसमी पूर्वसूचना प्रवाह ग¥यो । गत बिहीबार प्रवाह गरेको त्यस्तै सूचनाका आधारमा गृह मन्त्रालय र
अविरल वर्षाका कारण देशको पूर्वदेखि सुदूरपश्चिम भेगसम्म बाढीपहिरो र डुबानले जनजीवन अत्यधिक प्रभावित बनेको छ । लगातारको वर्षाले मध्यपहाडी भे
राजधानी उपत्यकासहित देशका विभिन्न भूभागमा अधिक वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । यो व्रmम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन सुरु भएयता विभिन्न भूभागमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, जनावर आक्रमणलगायत विपत्बाट ५७ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको हो । त्यसयता एक सय जना घाइते र एक हजार २३ घरपरिवार प्रभावित बन्न पुगेका छन् । २० करोड ७३ लाख बराबरको अनुमानित आर्थिक क्षति भएको छ । अबको केही दिन मनसुनी प्रभाव पूर्वदेखि सुदूरपश्चिमसम्म अझ बढ्ने सम्भावना छ । विगत २४ घण्टामा मात्र देशका विभिन्न भूभागमा २९ वटा पहिरो गएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मध्य तथा सुदूरपश्चिसम्मको भूभागमा मुसलधारेसम्म वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी पहिरोसहितका विपत्को जोखिम थप उच्च बनेको छ ।