नेपालमा २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष भयो । त्यसपछि पनि लगातार भूकम्प र पराकम्पन जाने क्रम जारी छ । वैशाख १२ को भूकम्पको मात्र ६० हजारभन्दा बढी पराकम्पन गएका थिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र स्थापना भएयता पूर्वदेखि पश्चिम नेपालसम्म गएका प्रमुख भूकम्पसमेत गरेर डेढ लाखभन्दा बढी पराकम्पन गएका छन् । केन्द्र २०३७ सालमा स्थापना भएको हो ।
कतार सरकारले नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउँदै बृहत् साझेदारीको मार्ग प्रशस्त गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर सेख तमिम बिन हमाद अल थानीबिच भएको भेटवार्तामा साझेदारीका पक्षहरूबारे छलफल भएको हो । त्यस सम्बन्धमा केही सम्झौता र समझदारी बुधबार हुँदै छन् ।
नयाँ घर भन्नेबित्तिकै इँटा र सिमेन्टको बलियो हुन्छ भन्ने मान्यता मानिसमा विकास भएको छ । भूकम्प प्रभावितका लागि सरकार र अन्य दाताले बनाइदिने घर पनि त्यस्तै हुनुपर्ने धारणा आउँछ । तर त्यो स्रोत र साधनको पहुँच र आर्थिक अवस्थाले बनाउन सकिने सम्भावना जाजरकोट र पश्चिमरुकुमका सबैको रहेको छैन । त्यसैले सिमेन्टकै घरको झल्को दिने गरी बाँस र अन्य स्थानीय स्रोतसाधन प्रयोग गरी करिब साढे चार लाख रुपियाँमा नयाँ घर बनाउन सकिने बताइएको छ ।
सरकारले देशका विभिन्न भेगका घरबारविहीन भूकम्पपीडितलाई वर्षा अघि नै आफ्नै घरभित्र बस्ने वातावरण बनाउन थप अग्रसरता लिने भएको छ । जाजरकोट, रुकुमपश्चिम, बझाङलगायतका क्षेत्रका भूकम्प प्रभावित धेरै नागरिकले अस्थायी आवाससमेत नपाइरहेको अवस्थामा वर्षाअघि नै आफ्नै घरमा बस्न पाउने गरी अस्थायी अवास निर्माण सम्पन्न गर्न तदारुकता देखाएको हो । सोमबार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औँ बैठकमा कसरी भूकम्प प्रभावितलाई सहज रूपमा छिटो भूकम्प प्रतिरोधी घर प्रदान गर्न सकिन्छ भनेर सरकारका सबै सरोकारवाला निकायका उच्चाधिकारीबिच बहसै चल्यो ।
उद्धार केन्द्र र संरक्षित क्षेत्रको सुरक्षा घेरामा दुर्लभ पाटेबाघ धमाधम मर्न थालेका छन् । देशका विभिन्न राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रस्थित उद्धार केन्द्रमा राखिएका पाटेबाघ मर्ने क्रम जारी रहेपछि संरक्षणकारी निकायमा चिन्ता बढेको छ । उद्धार केन्द्रमा राखिएका बाघको रेखदेख राम्रो नहुँदा मर्न थालेको संरक्षणकर्मीले आरोप लगाएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका खरमजुरका बचेरा र अन्डा डढेलोको सिकार बनेका छन् । खडेरीका कारण डढेलो लाग्न थालेपछि अन्डा, बच्चा र माउ सखाप हुने वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो । “निकुञ्जभरि आगो लाग्ने र चराले बचेरा कोरल्ने समय एउटै पर्छ, त्यसैले ठुलो क्षति हुन्छ,” उहाँले भन्नुभयो । रुखको टुप्पामा बस्नेभन्दा बुट्यान र झाडीमा बस्ने चरा डढेलोले बढी प्रभावित हुन्छन् । लजालु चरा खरमजुरले आगो लागेर छेउमै आइपुग्दा पनि गुँड छाड्न मान्दैन । अन्तिम अवस्थामा मात्र उड्न खोज्छ । घाँसे मैदानमा रहने हुनाले डढेलोमा बचेरा र अन्डा बच्ने सम्भावना रहँदैन । अन्डाबाट निस्केलगत्तै बचेरा हिँड्न थाल्छन् तर प्वाँख नपलाएकाले उड्न सक्दैनन् ।
नेपालमा चट्याङको पूर्वानुमान गर्ने योजना अलपत्र परेको छ । चट्याङको पूर्वानुमानका लागि ल्याएको प्राविधिक उपकरणले काम गर्न छाडेपछि परीक्षणकालमै योजना अलपत्र परेको हो । यससँगै चट्याङको पूर्वानुमान गरेर आम नागरिकको जिउधन जोगाउने विभागको योजना अन्योलमा परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट गत असोज १० गते तीन वटा गैँडा कोशीटप्पु आरक्षमा स्थानान्तरण गरियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षणमा रहेका पुष्पा र अञ्जली नामका पोथी गैँडाले घर सर्ने क्रममा खासै विमति जनाएनन् तर मेघौली नामक भाले गैँडा भने चितवनबाट अन्त रुचाएन । वन्यजन्तु चिकित्सक डा. विजयकुमार श्रेष्ठले भन्नुभयो, “जाने बेला उसले गाडीमा राखिएको केजमै सिङ र मुखले हानिरह्यो ।” बाटोभरि पनि उसले त्यही व्रmम दोहो¥याइरह्यो । कोशी पुगेपछि राखिएको खोरले उसलाई अत्यासै गरायो । आफू रमेको सौराहा छाड्दाको पीडाका कारण उसले उग्रता देखायो । अनि खोरै फोडेर भाग्यो ।
सरकारले ‘आत्मस्वाभिमानी छोरी’सहितको देश निर्माण गर्ने अभियान थाल्ने भएको छ । यही नारासहित देशका ७५३ पालिकामार्फत सरकारले लैङ्गिक संवेदनशील सेवा प्रवाह गर्ने भएको छ ।
नेपालको विकासशील मुलुकमा स्तरोन्नतिका लागि आवश्यक तयारीलाई ध्यान दिँदै नयाँ रणनीति आउने भएको छ । राष्ट्रिय योजना आयोगले सो रणनीति चाँडै नै सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल सन् २०२६ को २४ नोभेम्बरदेखि विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यतालिका छ ।
विश्वमा महिलालाई पुरुष सरह श्रमको ज्याला र मतदानको अधिकारको मागलाई संस्थागत गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको ५० वर्ष भएको छ । महिलाको श्रमको समान कदर विश्वव्यापी रूपमै हुन नसकेको अवस्थामा यो वर्षदेखि महिलामा लगानीको नयाँ क्षेत्रको खोजी थालिएको छ ।
नेपालमा पहिलो पटक जल तथा मौसम विज्ञान नीति आउने भएको छ । विभिन्न नाम हुँदै करिब एक सय वर्षको यात्रा गरेको जल तथा मौसम विज्ञान विभाग आफ्नै नीतिमा उभिन खोजेको हो । हालसम्म विभागले जलस्रोत, ऊर्जा, सिँचाइलगायत छरिएर रहेका नीतिमा टेकेर काम गरिरहेको जनाइएको छ ।
शान्ति स्थापनामा नेपालले विश्वमा नै नेतृत्व लिने बेला आएको विज्ञहरूले सुझाउनुभएको छ । नेपालको शान्ति स्थापना र कार्यान्वयनमा भएको उच्च सुधारकै कारण नेतृत्व लिने बाटोमा अग्रसर हुनुपर्नेमा विज्ञहरूले जोड दिनुभएको हो । विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घमा शान्ति सैनिक पठाउन विश्वकै पहिलो मुलुक भएको, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो शान्ति सम्पदा पनि नेपालमै रहेको, १० बर्से सशस्त्र द्वन्द्वको पनि आफ्नै पहलमा टुङ्ग्याएर नमुना प्रस्तुत गर्नु शान्तिप्रियताको अर्को सूचक रहेको विज्ञहरूको भनाइ छ ।
सगरमाथाको फेदीमा एघार वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने भएको छ । बजेट अभावमा सन् २०१३ देखि बन्द रहेको प्रयोगशाला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान कूटनीतिको अवधारणा जागृत गर्दै बहुउपयोगी ढाँचामा पुनः सञ्चालन गर्न लागेको हो । केटु केन्द्रित अध्ययन अघि बढाउन बनेको सहमति र सिएनआरले बजेट दिने प्रतिबद्धता आएसँगै पिरामिड प्रयोगशालाको प्रयोग सुनिश्चित भएको हो । नेपाललाई विशिष्ट वैज्ञानिक अध्ययनको केन्द्र बनाउन प्रयोगशालाको सदुपयोगी रणनीतिको खाका बनिसकेको नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “उताबाट बजेट आउनेवित्तिकै अध्ययन अनुसन्धानको नयाँ बाटो खुल्छ ।” जसका लागि नास्टले सिएनआरसँगको सम्झौता पनि नवीकरण गरेर स्वामित्व लिएको छ ।
प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती हुनुहुन्छ । केही अघिसम्म प्रहरी पोसाकबिनै उहाँ कार्यालय जानुहुन्थ्यो । अहिले भने उहाँ बेग्लै पोसाकमा कार्यालय जानुहुन्छ । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उहाँ जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्यालय पुग्ने गरेका छन् ।