शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र बन्ने नागमती बाँध पक्षी संरक्षण प्रतिकूल हुने देखिएको छ । काठमाडौँ उपत्यकामा मानव बस्ती र सहरीकरण बढ्दै जाँदा सो निकुञ्जसँगै उपत्यकाका पहाडी भेगमा बाँकी रहेका वनमा चराको बास खुम्चिएको छ । तर सोही स्थानमा चराको बासस्थान खोसिने गरी नागमती बाँध बन्न प्रस्ताव गरिएको छ । प्रस्तावित बाँध क्षेत्रमा धेरै रुखबिरुवा काट्नुपर्ने व्यवस्थाले यस्तो अवस्था सिर्जना गर्न लागेको हो । काट्नुपर्ने रुखको गणना पनि वन नियमावली प्रतिकूल रहेको पाइएको छ ।
विश्वव्यापी जलवायु परिवर्तनका समस्यासँग जुध्न अधिकांश मुलुक ‘गो ग्रिन’ अर्थात् हरित विकासतर्फ अग्रसर छन् । हालै युएईमा सम्पन्न जलवायु सम्मेलन (कोप–२८) ले पनि यस अवधारणालाई घोषणापत्रको प्राथमिकतामा राखेको छ । यसै गरी विकासका कुनै पनि संरचना निर्माण गर्दा प्रकृतिलाई कम क्षति पुर्याउने सरकारको नीति पनि छ तर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाँध निर्माण गर्दा यस्ता पक्षलाई उपेक्षा गरिएको छ । त्यसैले प्रस्तावित नागमती बाँधका सन्दर्भमा संरक्षित वन सम्पदा र जैविक विविधतामा पुग्ने क्षतिलाई बेवास्ता गरिएको छ । करिब २५ अर्ब रुपियाँको ऋण लगानीमा बन्न लागेको बाँधले सरकारको हरित विकासको लक्ष्यमा समेत प्रभाव पार्ने भएको छ ।
नागमती बाँध निर्माणका लागि प्राकृतिक रूपमा बनाउन सकिने ‘नो ड्याम’ विकल्पलाई अस्वीकार गर्दै ‘हाई ड्याम’ बाँधलाई नै प्रमुख विकल्पका रूपमा प्रस्तुत गरिएको पाइएको छ । कम जोखिम मोलेर बनाउन सकिने बाँध बढी जोखिम मोलेर बनाउन खोजिएको कुरा वन तथा वातावरण मन्त्रालयले गराएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) मा उल्लेख छ ।
काठमाडौँ उपत्यकाको प्रमुख जलाधार क्षेत्रका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम निर्माण हुँदा उच्च जोखिम सिर्जना हुने देखिएको छ । भूमिगत जल सञ्चयलाई बढावा दिने गरी पोखरी वा ड्याम बनाए पनि ठुलो आकारको बाँधयुक्त पोखरीले फाइदाभन्दा जोखिम बढाउने देखिएको हो ।
चालिस माइक्रोनभन्दा पातला झोला प्रयोग नगर्न सरकारले गरेको निर्णय कार्यान्यवन हुन सकेको छैन । ऐनमा देखिएको शून्यता तथा नीतिगत व्यवस्था अभावमा सो निर्णय प्रभावकारी हुन नसकेको हो । नियमित अनुगमन, सचेतना आदिले पनि त्यस्ता झोला प्रतिबन्ध गर्न नियमनकारी निकायलाई सकस परेको छ । जसकारण बजारमा प्रतिबन्धित पातला प्लास्टिकका झोला देखिन छाडेका छैनन् ।
भूकम्पका कारण घरबारविहीन भएकामध्ये अझै पनि अधिकांशले अस्थायी घरको ओत पाउन सकेका छैनन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अधिकांश घरबारविहीन भूकम्पपीडित त्रिपालकै सहारामा बस्न बाध्य छन् ।
फाँटभरी आलुखेतिको हरियाली । सिजनका काउली, बन्दा, लसुन, प्याजहरू उस्तै लहलहाउँदै थिए । सधैँ खेत बालीको स्याहारमा भुल्ने काभ्रेको कुन्त बेसीका किसानलाई शनिवार भने दसैँ आए जत्तिकै भयो । कोही खेतमा गएनन् । गाउँमा दुई वटा खसी ढालेर भोज बनाइयो ।
बिहान झिसमिसेमा कुकुरलाई सार्वजनिक सडक र स्थलमा फोहोर गराउने मालिकहरु कुकुरसँगै काठमाडौं महानगरपालिकाकोे फन्दामा परेका छन् ।
टिनका साना टहरामा दुई वटा कोठा छन् । पछाडि पट्टि भान्सा र अगाडि खाना खाने ठाउँ छ । भान्सामा स्थानीय राजेन्द्र गुरुङ र उहाँका भाइलाई भ्याइ नभ्याइ छ । एकातिर कराहीमा ट्राउट माछा तारिँदै थियो
संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको अपिलपछि संयुक्त राष्ट्रसङ्घले शान्ति मिसन बन्द गरेको हो । शान्ति मिसन बन्द भएसँगै त्यहाँ खटिएका नेपालसहित विभिन्न मुलुकका शान्ति सैनिकलाई फिर्ता बोलाइएको छ ।
हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो । एक महिनाको अवधिमा भुइँ भिज्ने गरी वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान समुदायमा पनि चिन्ता थपिएको छ ।
सन् १८१६ मा पहिलो पटक बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको नेपालको अहिले विश्वका १८१ मुलुक र २७ मुलुक आबद्ध युरोपेली सङ्घसँग कूटनीतिक सम्बन्ध विस्तार भएको छ । त्यस्तो सम्बन्धलाई प्रतिफलमूलक बनाउन वर्तमान सरकार गठन भएको एक वर्षमा धेरै काम भएको छ ।
नयाँ सरकारको एक वर्षको यात्रामा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई पुरानै लयमा फर्काउन सरकार सफल बनेको छ । कोभिड महामारी र राजनीतिक अस्थिरताले फितलो बनेको अन्तर्राष्ट्रिय सम्बन्धको लय एक वर्षयता आफ्नो लयमा फर्केको अनुभूति नेपाली तथा विदेशी दुवैले गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गल घना हुँदै गएपछि वन क्षेत्रमा वन्यजन्तुसहित जैविक विविधतामा समेत सुधार भएको छ । तर वन्यजन्तुका कारण स्थानीय बासिन्दालाई भने रातदिनको चिन्ता थपिएको छ । निकुञ्ज आसपासको ११८.६१ वर्गकिलोमिटर क्षेत्रलाई मध्यवर्ती क्षेत्रका रूपमा घोषणा गरिएको छ । निकुञ्जले ओगटेको कुल भूभाग १५९ वर्गकिलोमिटर रहेको छ । सिमचौर मध्यवर्ती क्षेत्रका बासिन्दा कुमार गुरुङले २०७२ सालमा मध्यवर्ती क्षेत्रको घोषणा गरेसँगै अब सुरक्षित भएर बाँच्न पाइएला भन्ने स्थानीयवासीको आशामा तुषारापात भएको बताउनुभयो । धेरै बासिन्दा वन्यजन्तुको डरले गाउँघर छोड्न थालेका छन् । स्थानीयवासीसँग पुस्तैनी जग्गा जमिन धेरै छ तर लगाइएका कुनै पनि बाली घर भित्रिन पाउँदैन । बँदेल, बाँदरले सबै खाइदिन्छ ।”
गत साता संयुक्त राष्ट्र सङ्घको आपत्कालीन महासभाले गाजा क्षेत्रमा जारी द्विपक्षीय युद्ध विरामका लागि अपिलसहितको प्रस्ताव पारित गर्यो ।