काठमाडौं, भदौ १ गते। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब ७० मा सीमित भएको छ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलब ६७ मा पुगेको छ। कुल दुई सय २० कम्पनीको ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता शेयर एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ मूल्यमा खरिद बिक्री भए।कारोबार भएका कुल १३ उपसमूहमध्ये बुधबार छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ। बैंकिङ तीन दशमलव ७५, व्यापार तीन दशमलव ८४, होटल तथा पर्यटन शून्य दशमलव १८, अन्य तीन दशमलव ४२, जीवन बीमा ४५ दशमलव ३३ र लगानी शून्य दशमलव १३ अङ्कले ओरालो लागेको छ।यस्तै, विकास बैंक २२ दशमलव ३२, जलविद्युत् १६ दशमलव ३२, वित्त सात दशमलव ८९, निर्जीवन बीमा ३३ दशमलव शून्य आठ, उत्पादन दुई दशमलव ५२, लघुवित्त तीन दशमलव शून्य नौ, सामूहिक लगानी कोष शून्य दशमलव शून्य पाँच अङ्कले उकालो लागेको छ। बुधबारको कारोबारपछि बजार पूँजीकरण २९ खर्ब १४ अर्ब १६ करोड ८४ लाख ३९ हजार ४४ बराबर छ।कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ। सो कम्पनीको १८ करोड ४३ लाख ११ हजार आठ सय ९८ बराबरको कारोबार भयो। यस्तै, शिवम् सिमेन्ट छ करोड ९० लाख ५० हजार दुई सय २९, नबिल बैंक चार करोड २६ लाख ६५ हजार ७९, आइसिएफसी फाइनान्स तीन करोड ६५ लाख ५६ हजार तीन सय ३७ र नेपाल दूरसञ्चार कम्पनी तीन करोड ३३ लाख १४ हजार एक सय ४१ बराबरको कारोबार भएर शीर्ष पाँचभित्र पर्न सफल भए।नेप्सेका अनुसार कमाउनेमा अधिकांश जलविद्युत् कम्पनीका लगानीकर्ता छन्। श्वेत गङ्गा हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लाग्यो। मन्दाकिनी हाइड्रोपावर नौ दशमलव ९९, अप्पर हेवा खोला हाइड्रोपावर नौ दशमलव ९९, अप्पर सोलु हाइड्रोपावर नौ दशमलव ९८ र सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन्।यस्तै, सामलिङ पावर कम्पनी पाँच दशमलव १४, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव शून्य पाँच, सिङ्गटी हाइड्रोपावर तीन दशमलव ६४, सबैको लघुवित्त तीन दशमलव २५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले दुई दशमलव २३ प्रतिशतले गुमाएका छन्। रासस
प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ । समिति गठन भएको करिब ६ महिनापछि बुधबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुङ्गो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको हो ।
बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र ४२ लाख रुपियाँ जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा परेकाे चितुवा समयमै उद्धार हुन नसक्दा मरेकाे छ ।
पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको दश कठ्ठाबाट प्रहरीले भन्सार छली गरी ल्याएको चिनीसहित पिकअप भ्यान समेत नियन्त्रणमा लिएको छ । सुनवल नगरपालिकाको बैरगनाथ प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले मंगलवार दिउँसो रामग्राम नगरपालिका १८ को दश कठ्ठाबाट अबैध रुपमा भारतबाट ल्याएको १५ क्वीन्टल चिनीसहित लु १ ज ४४०९ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकृत प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको जिम्मेवारी पालिका सरकारको भएको बताउनुभएको छ । नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा उपाध्यक्ष डा. पौडेलले सो कुरा बताउनुभएको हो ।
काठमाडौं, भदौ १ गते । सौन्दर्य प्रतियोगिता 'नेक्स्ट सुपर मोडल नेपाल २०२२'को लागि आवेदन खुला भएको छ । ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको यस प्रतियोगिताको पहिलो संस्करणका लागि आवेदन खुला गरिएको हो ।प्रतियोगितामा १८ वर्षदेखि माथिका उमेर समूहका व्यक्तिले सहभागिता जनाउन सक्नेछन् । युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाइ हुनुपर्नेछ । अडिसनमा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले ग्लोबल अनलाइनपेज मार्फत आफ्नो आवेदन दिनुपर्नेछ ।विजेताले २ लाख रुपियाँ पुरस्कारका साथै अन्तर्राष्ट्रिय फेसन र मोडलिङसम्बन्धी विभिन्न अवसर प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताको अडिसन भदौ ११ गते हुनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको गुनासो तत्काल सम्बोधन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन स्थानीय सरकारका जनप्रतिनिधिसँग आग्रह गर्नुभएको छ ।
भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ जना कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार २५६ जना कोराना भाइरस सङ्क्रमित भइसकेका छन् ।
जङ्गली बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–४ बिनासौं गाउँमा स्थानीयले बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुव फसेको हो ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं–३ को डुँग्री झिगिने, टुनीसैन लगायतका खोलामा पुल नहुँदा त्यहाँका स्थानीयलाई वर्खाको समय खोला तर्न निकै समस्या भएको छ ।
बाजुराका १९ जना महिलाहरुको कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको छ । बाजुराको नौ वटै स्थानीय तहका अधिकाशं महिलाहरु घरको आर्थिक स्थिति निकै कम्जोर भएकोले उनीहरु कामको खोजीमा प्रत्येक वर्षमा भारत जाने गर्दछन् ।
मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनका लागि अहिले कुन दलबाट को उम्मेदबार बन्ने भन्ने चर्चा चुलिएको छ । पूर्व मन्त्रीहरुले उम्मेदवार बन्न रुचि देखाएपछि सिरहामा गठबन्धन दललाई उम्मेदवार चयनमा सकस हुने देखिएको छ ।
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल प्रदेश १ का पहाडी भू–भागमा मौसम पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
जीवनमा छन्द छ, लय छ, गति छ । यिनैले साहित्य रच्छन् । साहित्यले बिहान ब्ल्याक/ ग्रिन/ लेमन/ हर्बल टीबाट उठाउँछ र भरे भरे ओल्ड दरबारमा सुताउँछ । यसले कतिपयलाई केही नगरी प्राज्ञ बनाइदिन्छ र प्रज्ञा जोडिएका तथाकथित साहित्यिक अड्डाहरूमा जागिर दिन्छ अनि राजनीतिकर्ममा प्रवृत्त गराउँछ । जादू । त्यस स्थितिमा साहित्य मधुर हुँदै मधुरसपूर्ण हुन्छ र विपरीतमा कटु कटुतर हुँदै कटुरसपूर्ण । त्यसैले जीवन कटुमधुमिश्र रसपूर्ण भनिन्छ । यसैका लागि हामीले साहित्य समाउँछौँ तर साहित्यले हामीलाई, समाजलाई पनि मुक्त गर्छ । यी सबैले संसार सुन्दर छ । कतिपय मानिस पुनर्जन्मको कामना गर्छन् । एक जीवनमा संसारको साहित्यले अघाइन्न ।