सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको खानेपानी तथा सरसफाई विधेयक २०७७ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–९ बर्दवा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन् ।
आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् । अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न मिडियाले सोमबार जानकारी दिएका छन् ।
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एवं गोलरक्षक किरण चेम्जोङले फुटबल मैदानमै आफ्नी प्रेमिका कन्चन निरौलालाई विवाह प्रस्ताव राख्नु भएको छ ।
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मङ्गलबार परम्परा अनुसार नागको पूजा गरी मनाइन्छ । यस वर्षको नाग पूजा साउन १७ गते मंगलबार परेको छ ।
नेपाल बौद्ध महासंघको अध्यक्षमा खेन्पो कमल भण्डारी निर्वाचित हुनु भएको छ । सोमबार साँझ सम्पन्न छैटौँ महाधिवेशनले भण्डारी सहित १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सुजित मैनाली नेपाली इतिहासको अध्ययन अनुसन्धानमा लागिरहने ‘स्कलर’ हुन् । उनका अघिल्ला दुई कृतिहरूले यस कुराको पुष्टि गरेका छन् । उनको सती– इतिहास र मीमांसा २०७८ सालमा प्रकाशित पछिल्लो कृति हो । प्रस्तुत कृति भारत र नेपालीय परिवेशमा इतिहासको कुनै कालखण्डमा चलेको ‘सतीप्रथा’को अध्ययन हो । उनले आफ्नो अध्ययनको क्षेत्रलाई निकै विस्तार दिएकाले यस ग्रन्थको साङ्गोपाङ्गो विवेचन गर्दा एउटा मोटो ग्रन्थ नै लेख्नुपर्ने हुन्छ । त्यसर्थ यस आलेखमा पुस्तकको समग्रतामा नगएर केही मूलभूत पक्षको विवेचन गरिने छ । लेखकले सुरुमै, पतिको मृत्युपछि विधवा स्त्रीको यौनजीवनलाई नियन्त्रण गर्न सतीप्रथा पुरुषले चलाएको क्रुर अस्त्र हो भन्ने पुस्तकको निष्कर्ष दिएका छन् । यसै निष्कर्षको सेरोफेरोमा समीक्ष्य पुस्तकको विवेचनको प्रयास रहने छ । सबैभन्दा पहिेले सतीप्रथा के हो ? र यो संंस्थागत भएको हो होइन यसमा छलफल गरौँ ।
प्रदेश नं १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड सङ्क्रमित हुनुभएको छ । सोमबार मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीन जनामा कोभिड संक्रमण देखिएको हो ।
बालबालिका पढ्ने, बुझ्ने र ऊर्जाशील बन्ने उमेर बाल्यकाल हो । भनिन्छ, स्कुले विद्यार्थी जीवन । विद्यार्थी जीवन एउटा रमाइलो, उत्साहित र बाल क्रियाकलाप पनि जीवनका लागि स्मरणीय अवस्थाका रूपमा लिइन्छ । यो समय मानिसको जीवन महत्त्वपूर्ण मानिन्छ । विद्यार्थी जीवनको अध्ययनले मानिसको भविष्यको दिशानिर्देश गरेको हुन्छ ।
सरकारले विपत्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ पारित गरेको छ। सो कार्ययोजनामा प्राकृतिक विपत्बाट बच्नका लागि सबै सरोकारवाला मन्त्रालय, प्रदेश तथा स्थानीय तहको भूमिका तथा जिम्मेवारी निर्धारण गरिएको छ।
लामो समयदेखि अवरुद्ध विधायिकी प्रक्रियालाई सङ्घीय संसद्को चालू बजेट अधिवेशनले गति दिएको छ। सामान्यतः बजेट अधिवेशनमा विधेयक प्राथमिकतामा नपर्ने भए पनि यस पटक सङ्घीय संसद्का दुवै सदनबाट १९ वटा विधेयक पारित भइसकेका छन् भने अन्य केही पारितको चरणमा छन्। सङ्घीय संसद्को चालू अधिवेशन प्रारम्भ हुँदा ५५ विधेयक विचाराधीन थिए। अधिवेशन प्रारम्भ भएपछि सरकारले अध्यादेश प्रतिस्थापन विधेयक पनि ल्याएको थियो। यौनजन्य हिंसा तथा संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि यस अवधिमा ल्याइएका थिए। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग विधेयक पनि दर्ता भएको छ। तर संवैधानिक परिषद् र बेपत्तासम्बन्धी विधेयकको प्रक्रिया अघि बढाइको छैन।
दशरथ चन्द नगरपालिका–४ बैतडीका हलिया मुक्ति अभियन्ता राजुराम भुललाई ‘२८औँ प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गरिएको छ। अनौपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा हलिया मुक्ति आन्दोलनका सक्रिय योद्धा तथा मानव अधिकार अभियन्ता भुललाई ५० हजार रुपियाँ नगद र इन्सेकको प्रतीकसहित पुरस्कृत गरिएको हो। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उहाँलाई पुरस्कार प्रदान गर्नुभयो।
पुर्वी पहाडी जिल्लामा केही दिनदेखि परेको अविरल वर्षाका कारण झापा, मोरङग र सुनसरीका अधिकांस भुभाग जलमग्न भएका छन् भने केही पहाडी जिल्लामा बाढी तथा पहिरोको खतरा कारण कटारीको जनजीवन प्रभावित भएको छ ।