चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह बुधबार अन्तरिक्षमा पठाइएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरुलाई समय सुहाउँदो रुपमा परिमार्जित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताउनुभयो ।
संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध परेको रिटमा आज बुधबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो ।
भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको कैलाश मानसरोवर सडकखण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले एक वर्षको अवधिमा स्रोत नखुलेको एक करोड ९२ लाख ६५ हजार ३२० रुपियाँ बरामद गरेको छ ।
तिमीले दिएको माया ममताको छायाँ सम्झने छु सदा तिमीले दिएको माया,
काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख छ ।
भाइकिङ युगको छालाको जुत्ता इङ्ग्ल्यान्डको योर्कमा फेला पारिएको छ। योर्कको कपरगेटमा उत्खननका बेला परेका ती जुत्ता पानी जम्ने माटोमा समेत हजार वर्षसम्म सुरक्षित देखेर वैज्ञानिक हैरान छन्। योर्कको योर्भिक भाइकिङ सेन्टरमा ती जुत्ता प्रदर्शनीमा राखिएको छ ।
छ लाख वर्ष पहिले युरोपमा यस्तो मांसाहारी सिकारी कुकुर विचरण गर्दथ्यो जसको आकार भालुको जस्तो थियो। तौलमा करिब तीन सय २० किलोसम्म हुने यो कुकुर लोप भइसकेको छ। वैज्ञानिकले यस कुकुरको अवशेष फेला पारेका छन्। जसबाट यस प्रजातिका बारेमा वैज्ञानिकलाई अध्ययन गर्ने मौका मिलेको छ। आधा कुकुर र आधा भालुको जस्तो यस कुकुरलाई वैज्ञानिकले बियर डग नाम दिएका छन्। यसको वैज्ञानिक नाम द टारटेरोसियन हो। स्विट्जरल्यान्डको बासेलमा अवस्थित नेच्युरल हिस्ट्री म्युजियमका बास्टियन मेनेकार्टको टोलीले बियर डगको अवशेष खोजेको थियो।
(स्रग्धरा छन्द)आइन् वर्षा ऋतु यो क्षितिज–गगनमा मेघमाला उदायो ढाक्यो आकाश, कालो जलधर घनले घामको ज्योति भाग्यो ।दक्र्यो पानी रसीलो मन प्रमुदित भै खेतबारी टुसायो धर्ती सारा रसायो सुरभित पृथिवी मग्मगायो र नाच्यो ।।१डाँडा पाखा रसाए कलकल स्वरमा अम्बुका मूल जागे धर्तीमा बालिनाली मलजल थपिए कोख नै त्यो रसाए ।खेल्दै माटो, हिलोमा छुपुछुपु सबले धान रोपेर नाचेवर्षाको भेल झेल्दै कृषक सब मिली सिर्जना गीत गाए ।।२घन्क्यो रोदी, असारे, घरघर सबमा बाउसे नाच्न थाले ठोके डम्फू सबैले तनमन भरियो हर्ष उल्लास छाए ।उर्ले खोल्सा र झर्ना हिमनद चुलिई खेतबारी पटाएरोपाहाले रसीलो मधुर स्वर झिकी खेतमा प्राण हाले ।।३नाच्छन् डाँफे निकाल्दै मृदुल स्वरसुधा लेक–बेसी हँसाई नाच्छन् रङ्गीन भङ्गी सहित मुजुर अहा ! पङ्ख नै त्यो फिँजाई ।भाका हाल्छन् सुरीलो युवक र युवती दोहरीमा रमाई धर्ती नाच्छिन् र हाँस्छिन् सबतिर हरियो अन्नको बीज पाई ।।४झम्–झम्–झम् वृष्टि बर्सी अवनितल कतै ताल भै डुब्नथाल्छ डङ्–डङ्–डङ् भेल उर्ली बगर–तट यसै बाढमा बग्नथाल्छ।डाङ्डुङ् चट्याङ गर्जी गगनसतहमा त्रास–सन्ताप बढ्छछङ्छङ्छङ् नीर उर्ली नहर घर पसी शोकको गर्त बन्छ ।।५ वर्षा हुन् प्राणदात्री सकल भुवनमा हुन् यिनी अन्नपूर्णावर्षा नै हुन् रसीली अमृतसम छिटा रापिलो यो धरामा ।वर्षाले नै बगाई समय–समयमा मृत्युको मार थप्छिन्वर्षाले नै फुलाई लहलह बिरुवा सृष्टिमा प्राण भर्छिन् ।।६ थापाथली, काठमाडौँ
असारको रात उखर्माउलो गर्मी तृष्णाले मडारिएको आँत पानी बोकेर आफ्नै प्यासमा तिर्खाएको बादल
रात्रीको कहर कस्तो त्रास मै प्रातः जगाउँछ अविश्वासमा नै विश्वास कस्तो श्राप बनाउँछ कलियुग या परिवर्तनशील मौसमी प्रभाव हो, लामो आयु भए पनि रातमै अग्राख पलाउँछ ?
झापामा बिभिन्न खोलाहरुले कटान तिब्र बनाएपछि अस्थायी रुपमा खोला नियण्त्रणका लागि बाँसको बार (पाईलिङ) लगाउने कार्य बढ्दै गएको छ । नदी मोडिएर बाँध कटान गर्ने तथा क्षति पुर्याउने अवस्था उत्पन्न भएमा बाँसका किला र बार लगाएर पानीको बहाव नियन्त्रण गर्ने र फर्काउने अस्थायी प्रविधि (पाइलिङ) अपनाउने कार्य बढ्दै गएको पाईएको हो ।