यहाँको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलामध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई अकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ ।
काठमाडौँ उपत्यकाका नदीहरुमा जलसतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मध्यरात भएको बर्षाका कारण विष्णुमति, बाग्मती र धोवीखोलामा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् ।
बाह्रबिसे नगरपालिकाको १७ औं नगरसभाले निःशुल्क शिक्षा र मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्राथमिकताका साथ काम गर्ने लक्ष्य लिएको छ ।
यहाँको पाँचखाल नगरपालिकाका छ हजार परिवारको घरघरमा खानेपानी पुर्याइएको छ । पाँचखाल–सुनकोसी खानेपानी आयोजनाको काम सकिएसँगै शनिबारदेखि यहाँका ३१ हजार उपभोक्ताले घरघरमै खानेपानी सुविधा प्राप्त गरेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरीसिकारी नियन्त्रणका लागि ‘स्पाई क्यामेरा’ जडान गरेको छ । निकुञ्जको संवेदनशील क्षेत्रमा यो क्यामेरा जडान गरिएको हो ।
रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा सोमबार बिहान भएको बस दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
खेतमा सिँचाइका लागि जडान गरिएका विद्युत ट्रान्सफर्मरलाई तोडफोड गरिएपछि किसानलाई समस्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ६ मा जडान गरिएको विद्युत ट्रान्सफर्मर तोडफोड भएपछि धानबाली लगाउने बेला सिँचाइ गर्न किसानलाई समस्या भएको हो ।
इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल बङ्कर–बस्टर’ बमहरू प्रयोग गरेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतका सरोकार पक्षले त्यहाँका प्रदेश सभा बैठकमा उठाउनुपर्ने विषयवस्तुबारे प्रदेश सभा सदस्यलाई ध्यानाकर्षण गराएका छन् ।
नेकपा (एकीकृत समाजवादी) स्याङ्जाको नवौं अधिवेशनबाट शंकरध्वज कार्कीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला समिती चयन भएका छन् ।
कालीकोट जिल्लाको रासकोट नगरपालिकाका जनप्रतिनिधिले आफन्तलाई रोजगारी दिनका लागि राज्यकोषको विकासे रकम कटौती गरी दुई करोड २७ लाख ३३ हजार ९०६ रुपियाँ नियमविपरीत खर्च गरेको देखिएको छ ।
कैलालीका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार अर्ब ४७ करोड ३६ लाख रुपियाँको बजेट सार्वजनिक गरेका छन् ।